प्रमाण देखाउनुस् राजीनामा दिएर तपाईको पछाडि झोला बोकेर हिँड्न तयार छु : ऊर्जामन्त्री खड्का

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सत्ता छोड्नेवित्तिकै एकले अर्कालाई आरोप लगाउँदा मुलुक कता पुग्छ भनी प्रश्न गर्नुभएको छ । गत माघ २४ गतेको प्रतिनिधिसभा बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा ऊर्जा मन्त्रालयसँग सम्बन्धित भएर उठाउनुभएको प्रश्नको उत्तर दिँदै उहाँले केही सञ्चार माध्यममा आएका समाचारका भरमा धारणा बनाउँदा मुलुक कहाँ पुग्छ भनी प्रश्न गर्नुभएको थियो ।

उहाँले पूर्वप्रधानमन्त्री प्रचण्डले विषयको गहिराई नबुझीकन सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका समाचारलाई धारणा बनाएर बोल्दा सांसदहरूको गरिमा र संसद्को गरिमा घट्दै जाने बताउनुभयो ।

‘सम्मानित पूर्वप्रधानमन्त्रीज्यूले म र मेरो मन्त्रालयसँग जोडेर जगदुल्लाका विषय लेनदेनका विषयका यो संसदमा कुरा उठाउनुभयो, मैले यसबारे पूर्वाधार समितिमा पनि धारणा राखिसकेको छु, जगदुल्ला आयोजना कर्णालीको महत्वपूर्ण आयोजना हो, यो आयोजना समयमै सम्पन्न हुनुपर्छ भन्ने मन्त्रालय र मेरो धारणा पनि थियो, म मन्त्रालयमा नजाँदै यो आयोजनाको ठेक्का प्रक्रिया सुरु भएको थियो र म गइसकेपछि दुई चार दिनमै त्यसको ठेक्का रद्द गरियो, मन्त्रालयमा मैले सोधेँ किन ठेक्का रद्द गर्नुभयो, उहाँहरूको उत्तर आयो प्रक्रिया पुगेन ठेकेदार हेर्न जान सकेनन् भन्ने दोस्रोपल्ट फेरी उहाँहरूले रद्द गर्नुभयो, नोटरी गर्नुपर्ने नोटरी नगरेका कारण ठेक्का रद्द गर्नुपर्ने भन्ने जवाफ आयो, यसरी चेक आदानप्रदान गरेर भ्रष्टाचार गर्न सम्भव होला र यो मन्त्रालय विगत आठ वर्षदेखि माओवादीका मन्त्रीहरूले सञ्चालन गर्दै आउनुभएको थियो । उहाँहरूले के के गर्नुभयो होला त्यसमा यस्तै गरिन्छ । यति ठूलो नेताले यस्ता प्रश्न सोध्दा ख्याल गर्नुपर्छ,’– उर्जामन्त्री खड्काले भन्नभयो ।

उहाँले तथ्यहीन कुरा रोष्टममा बोलेर एउटा माननीय, एउटा मन्त्रीलाई आरोप लगाउँदै गर्दा त्यसको समाजमा के असर पर्छ भन्ने कुरा ख्याल राख्नसमेत आग्रह गर्नुभयो । ‘म यो प्रमाणित गरिदिनुभयो भने उहाँको पछाडि खुरुखुरु झोला बोकेर हिँड्न तयार छु, यस्ता तथ्यहीन कुरा नगर्न आग्रह गर्दछु । केही माननीय ज्यूहरूले राजीनामाको कुरा गर्नुहुन्छ । प्रमाणित देखाउनुहोस् मन्त्री मात्र होइन सांसदबाट पनि राजीनामा दिएर तपाईँहरूको पछाडि झोला बोकेर हिँड्न तयार छु,’ उहाँले भन्नुभयो । ठूलाठूला कामहरू मुलुक र जनताप्रति गर्नुपर्ने बेला आएको उहाँको भनाई थियो । यस्ता आरोप लागेको देखेर आफूलाई आश्चर्यचकित बनाएको बताउनुभयो ।

उर्जामन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणको अध्यक्षका रूपमा प्राधिकरणमा हिजोको दिनमा पनि मन्त्रीको अफिस रहेको र विचमा नरहेको अवस्थामा आफू मन्त्री भएको समयमा अध्यक्ष बस्नका लागि एउटा कोठा बनाउँदा के को आकाश खस्यो भन्नुभयो । ‘अफिस बनाउँदा हुने के हो आठ वर्षदेखि भएको एमडीको विषयमा सबैलाई थाहै छ, त्यहाँ केही गलत भयो भने प्रश्न राख्न सक्नुहुन्छ,’ उहाँले भन्नुभयो ।

उहाँले प्राधिकरणका वर्तमान एमडीका कारणले लोडसेडिङ अन्त्य भएको भन्दै खुशी मान्नुपर्ने कुनै कारण नभएको बताउनुभयो । ‘तत्कालीन अवस्थामा ८ वर्ष अगाडि लोडसेडिङ हुन नदिन साँढे ४०० मेगावाटको आवश्यकता रहेछ र साँढे चार सय मेगावाट भारतबाट ल्याएर लोडसेडिङ मुक्त गरियो, भारतबाट विद्युत् ल्याउन प्रसारण लाइन केही अघि बढ्न पर्थ्यो होला नि ? प्रसारण लाइन कसका कारण बनेको हो ? उहाँ उत्पात देवता हुनुभयो ? अचम्म लाग्छ, केही राम्रा काम गर्नुभयो होला त्यसको विश्लेषण गरेर केही पुरस्कार वा धन्यवाद दिनुपर्ने हो दिउँला तर सञ्चालक समिति निर्णय गर्छ उहाँ कार्यान्वयन गर्नुहुन्न, सरकारलाई टेर्नुहुन्न,’ उहाँले भन्नुभयो ।

मन्त्री खड्काले शतप्रतिशत सरकारको लगानी रहेको प्राधिकरणका प्रमुख भाषण गर्दै हिँड्ने गरेको बताउनुभयो । “तपाईँहरूले पनि उहाँको गतिविधिको मूल्याङ्कन गर्नुभएको छ, यस्तो अराजक गतिविधिलाई सरकारले सधैँ हेरेर बस्ने कुरा त हुँदैन । लगाम त लगाउनुपर्छ । राम्रो काम गर्दा हामी स्याबास दिउँला, पुरस्कार दिउँला, एउटा कर्मचारीका विषयमा यत्रो प्रश्न उठाउनुपर्ने सम्मानित नेताहरूले के आश्चर्य यस्तो भयो मलाई अचम्म लागेको छ,’ मन्त्री खड्काले भन्नुभयो ।

उहाँले देश बनाउनका लागि के–के गर्नुपर्छ त्यसका लागि बसेर छलफल गर्न सकिने बताउनुभयो । ‘देश बनाउनका लागि के–के गर्नुपर्छ त्यसका लागि बसेर छलफल गरौँ, कहाँनेर त्रुटि छ भने त्रुटिलाई सच्याऊँ, वास्तवमा अहिले ऊर्जा क्षेत्रको विकास गर्न सक्यौँ भने मुलुक आमूल परिवर्तन हुन्छ, दश वर्षमा मुलुकको विकास हुन्छ, हामीले मागेर ल्याएको बजेट यहीँ निर्माण गर्न सकिन्छ, लाखौँलाई रोजगारी दिन सकिन्छ, यस्ता मिथ्या आरोप लगाएर अरूलाई खुइल्याउँदै गर्दा आफ्नो टाउकोमा फोहोर परेको ध्यान दिनुपर्छ,’ उहाँले भन्नुभयो ।

मन्त्री खड्काले लामो समयदेखि विवादमा रहेको डेडिकेटेड र टंकलाईन विवादलाई समाधान गर्न सरकार लागेर समिति निर्माण गरेको बताउनुभयो । ‘डेडिकेटेड र टंकलाईनको २२ अर्बको कुरा गर्नुभयो, ८/८ वर्ष तपाईँहरूले मन्त्रालय चलाउँदा के हेरेर बस्नुभयो, किन समाधान नभएको होला तपाईँलाई थाहा भयो होला नि, त्यसको जिम्मा तपाईँहरूले लिनुपर्दैन, लाल आयोग कसका पालामा निर्माण गरिएको थियो, लाल आयोगमा के लेखिएको छ त्यो किन लुकाएर राख्नुपरो, अहिलेको यो सरकारले लाल आयोग बाहिर ल्यायो, मन्त्रीपरिषद्ले लाल आयोग कार्यान्वयन गराउने निर्णयअनुसार समिति बनाएका हौँ,’ उहाँले भन्नुभयो ।

लाल आयोग कार्यान्वयनका लागि सरकारले एक निष्पक्ष समिति गठन गरेको उहाँको भनाई थियो । ‘मन्त्रालयले नै गठन गरेको समिति अवैधानिक भन्नुहुन्छ मन्त्रालयले गठन गरेको समिति कसरी अवैध भयो, उक्त समितिलाई एमडीसावले असहयोग गर्नुपर्ने के कारण छ, विल तिर भन्नेलाई तिम्रो विल यो हो भन्नुपरो होला नि, आठ÷आठ वर्ष तपाईँहरु सरकारमा बस्नुभएको थियो त । कार्यान्वयन किन नगराएको मेरा पनि प्रश्न छन्,’– मन्त्री खड्काले भन्नुभयो ।

उहाँले भन्नुभयो, “आउनुहोस् तपाईँहरु पनि बसौँ निष्पक्ष छानविन गरौँ, छानविन भएपछि पैसा तिराऊँ, किन छुट दिनुपरेको छ, कसैले कसैलाई छुट दिनुपर्ने आवश्यक छैन, कति उपयोग गरेको हो त्यसको यकिन गरेर तिराउनुपर्छ । यी आरोपहरू मिथ्या आरोपहरू हुन्’ ।

उर्जामन्त्री खड्काले प्राधिकरण सञ्चालक समितिको बैठकलाई असहयोग गरेको कारण बोर्ड सदस्यलाई हटाएको बताउनुभयो । ‘बोर्ड मिटिङ बोलायो बोर्ड सदस्यहरू आउँदै आउनुहुन्न, आज आउनुहुन्न, अर्र्कोदिन बोलायो आउनुहुन्न, त्यस्ता बोर्ड सदस्यहरू किन राख्नुपरो,’ उहाँले भन्नुभयो ।

उहाँले पत्रपत्रिकामा आएका भरमा मिथ्या समाचार सुनेका भरमा सम्मानित नेताहरूले यस्ता अभिव्यक्ति दिँदै गर्दा संसद्को गरिमा पनि नरहने र सांसदको गरिमा पनि नरहने बताउनुभयो । सत्यपरक भएर आफ्ना अभिव्यक्ति दिन उहाँले नेताहरूलाई आग्रह गर्नुभयो । सत्य तथ्य भए स्वीकार गर्न पनि सहज हुने उहाँको भनाई थियो ।

उर्जामन्त्री खड्काले सत्य तथ्य भए प्रमाण लिएर आउन चुनौती पनि दिँदै आधार प्रमाणित भए सामना गर्न र कारबाही भोग्न आफू तयार रहेको स्पष्ट पार्नुभयो । उहाँले ऊर्जा क्षेत्रमार्फत राष्ट्र निर्माणमा सबैको सकारात्मक अपेक्षा समेत व्यक्त गर्नुभयो ।

सिफारिस

सर्वोच्चमा आज कुलमान र हितेन्द्रको पेसी : न्याय कसको पक्षमा जाला ?

काठमाडौँ - नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ र हालै नियुक्त भएका हितेन्द्रदेव शाक्यबीचको कानुनी लडाइँ सर्वोच्च अदालतमा प्रवेश गरेको छ। बिहीबार...

ऊर्जामन्त्रीको पहलमा भारतबाट आउने भयो थप विद्युत, उद्योगमा लोडसेडिङ हट्ने

काठमाडौँ- ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काको कुटनीतिक पहलमा भारतले थप ४ घण्टा विद्युत दिने सहमति जनाएको छ । इण्डियन इनर्जी एक्सजेञ्जबाट थप...

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको पनि रिट दर्ता

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट निवेदन पनि सर्वोच्च अदालतमा दर्ता भएको छ। यसअघि निवेदनको ढाँचा नमिलेको भन्दै सच्याउन पठाइएकोमा,...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ऊर्जामन्त्रीको पहलमा भारतबाट आउने भयो थप विद्युत, उद्योगमा लोडसेडिङ हट्ने

काठमाडौँ- ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काको कुटनीतिक...

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको पनि रिट दर्ता

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव...

कुलमानलाई पदमुक्त गर्दा मन्त्रिपरिषद्ले लिएको १० प्रमुख आधार र कारणहरू

काठमाडौ - नेपाल सरकार मन्त्रिपरिषद्ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी...

उज्ज्वल कोइराला नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागको सदस्यमा मनोनित

काठमाडौँ – नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागको...

राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५ घोषणा, के-के छन् मापदण्ड ?

काठमाडौं – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले ‘राष्ट्रिय...

बारबरा फाउन्डेसनद्वारा खोजमूलक पत्रकारिता फेलोसिपको घोषणा

काठमाडौं - भ्रष्टाचार, सुशासन, वातावरणीय परिवर्तन, स्वास्थ्य, शिक्षा तथा...

धेरै पढिएको