ललितकलामा ‘वाटरकलर ओडिसी’ कला प्रदर्शनी सुरु (तस्वीरहरू)

काठमाडौं – नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सिद्धार्थ आर्ट ग्यालरीको संयुक्त आयोजनामा ‘वाटरकलर ओडिसी’ कला प्रदर्शनी सुरु भएको छ। प्रदर्शनीको उद्घाटन नेपालका लागि चिनियाँ राजदूत छेन सोङ (Chen Song) ले गर्नुभएको हो।

राजदूत सोङले नेपाल, बङ्गलादेश, र चीनलाई भौगोलिक रूपमा मात्र नभई कला र सांस्कृतिक सम्बन्धले पनि जोड्ने बताउनुभयो। साथै, उहाँले यस्ता प्रदर्शनीहरूले पारस्परिक सम्बन्ध प्रगाढ बनाउन मद्दत गर्ने धारणा व्यक्त गर्नुभयो।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले कला विश्व भाषा भएको उल्लेख गर्दै यसले संस्कृतिबीचको सेतुको भूमिका खेल्ने बताउनुभयो। नेपाल पर्यटन बोर्डकी निर्देशक नन्दनी लहे थापाले प्रदर्शनीमार्फत दक्षिण एसियाको पुरातात्विक सांस्कृतिक सौन्दर्य झल्किएको धारणा राख्नुभयो।

प्रदर्शनीका चिफ क्युरेटर तथा प्राज्ञसभा सदस्य प्रदीप शाक्यले नेपाल, चीन, र बङ्गलादेशबीचको सम्बन्धलाई ‘डाइमन्ड जेम’ सँग तुलना गर्दै यस्ता कार्यक्रमले कुशल जलरङ कलाकार जन्माउन सहयोग पुर्‍याउने बताउनुभयो।

प्रदर्शनीमा बङ्गलादेश, चीन, र नेपालका चर्चित कलाकारहरू सहभागी छन्। तीमध्ये बङ्गलादेशका अब्दुल्लाह अल बशीर, कमरुज्जोहा, कनक चम्पा चकम, मङ मङ शो, शाहानूर मामुन, सौरभ चौधरी, चीनका चेन लिउ, ली होङबिङ, ली यीशियाङ, लिआङ बिङयु, पेंग केयुए, वाङ होङयुन तथा नेपालका रतन कुमार राई, डी.राम पाल्पाली, जीवन राजोपाध्याय, सृजन राजभण्डारी, केशव राज खनाल, एन.बी. गुरुङ सहभागी छन्।

फागुन १० गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा ४० वटा कलाकृति राखिएका छन्। प्रदर्शनीको क्युरेटिङ टिममा मङ मङ शो, लिआङ बिङयु, प्रदीप शाक्य, र सौरगंगा दर्शनधारी रहेका छन्।

    

सुशील श्रेष्ठ
सुशील श्रेष्ठhttp://annapurnatimes.com
श्रेष्ठ फोटो पत्रकार हुन् । उहाँ विशेष गरेर वाइल्डलाइफ, कला संस्कृति र पर्यटन क्षेत्रमा रहेर फोटो पत्रकारिता गर्नुहुन्छ ।

सिफारिस

उत्कृष्ट कार्यसम्पादन गर्ने ३७ सैनिक सम्मानित (तस्वीरहरू)

काठमाडौं– नेपाली सेनामा उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र तथा कार्यकुशलताका साथ जिम्मेवारी निर्वाह गर्ने ३७ जना सकलदर्जालाई प्रधानसेनापति महारथी अशोक राज सिग्देलले सम्मान गर्नुभएको...

राखेप उपाध्यक्षमा विशाल श्रेष्ठ नियुक्त, चार बोर्ड सदस्य पनि मनोनित

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्षमा पूर्व राष्ट्रिय फुटबल टोलीका गोलकिपर विशाल श्रेष्ठलाई नियुक्त गरेको छ। लामो समय नेपाली...

मनसुनसँगै खेतका आलिमा भ्यागुताको ‘ट्वार–ट्वार’ (तस्वीरहरू)

काठमाडौँ — मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानका खेतबारी र सिमसार क्षेत्रमा भ्यागुताको आवाज गुञ्जिन थालेको छ। धान रोपाइँको तयारी भइरहेका बेला खेतका आलि...

भर्खरै

राखेप उपाध्यक्षमा विशाल श्रेष्ठ नियुक्त, चार बोर्ड सदस्य पनि मनोनित

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्...

मनसुनसँगै खेतका आलिमा भ्यागुताको ‘ट्वार–ट्वार’ (तस्वीरहरू)

काठमाडौँ — मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानका खेतबारी...

३ वर्षभित्रै जिम्मेवारी हस्तान्तरण गर्छु : मन्त्री महावीर पुन

काठमाडौँ - नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन...

रवि लामिछानेलाई अर्को राहत : कास्कीपछि पर्साले गर्‍यो संगठित अपराधको मुद्दा खारेज

वीरगञ्ज । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

मन्त्रीहरूलाई बाँडियो डीडीसीका चिजदेखि मोहीसम्म

काठमाडौँ– स्वदेशी उत्पादनको प्रवर्द्धन तथा दुग्ध क्षेत्रको सुदृढीकरणका लागि...

महिलाले धानेको कृषि क्षेत्र

विभिन्न समयकालमा देशका विभिन्न क्षेत्रमा गरिएका अध्ययन–अनुसन्धानबाट प्राप्त तथ्यांकले...

धेरै पढिएको