लेबनानलाई पराजित गर्दै नेपाल फोर नेसन्स कपको फाइनलमा प्रवेश (तस्वीरहरू)

काठमाडौं – नेपालले ‘फोर नेसन्स कप’ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ। दशरथ रंगशालामा बिहीबार भएको खेलमा नेपालले लेबनानलाई १-० गोलले पराजित गर्दै उपाधि यात्रा तय गर्यो।

नेपालको कठिन जितमा सावित्रा भण्डारी ‘साम्बा’ ले ४२औँ मिनेटमा निर्णायक गोल गरिन्। खेलभरि लेबनानले दुई उत्कृष्ट गोल अवसर गुमायो, विशेष गरी इन्जुरी समयमा बारमा लागेको प्रहार गोलमा परिणत हुन सकेन।

नेपालले पहिलो खेलमा किर्गिस्तानलाई १-० ले पराजित गरेको थियो। लगातार दोस्रो जितसँगै नेपालले ६ अंक जोड्दै फाइनलमा स्थान पक्का गर्यो। यसैबीच, म्यानमार पनि फाइनल पुगेको छ। बिहीबार नै म्यानमारले किर्गिस्तानलाई ५-० को फराकिलो अन्तरले हराउँदै लगातार दोस्रो जित निकालेको थियो। म्यानमारले पहिलो खेलमा लेबनानलाई ३-१ ले हराएको थियो।

चार राष्ट्र सम्मिलित प्रतियोगिताबाट किर्गिस्तान र लेबनान बाहिरिएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले यस प्रतियोगितालाई आगामी एएफसी महिला एसियन कप २०२६ छनोट र फिफा महिला विश्वकप २०२७ को छनोटको तयारीका रूपमा लिएको छ।

सिफारिस

प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो

भारत सरकारले नेपालका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई औपचारिक रूपमा भारत भ्रमणको निम्तो दिएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले प्रधानमन्त्री बालेनलाई भारत भ्रमणका लागि...

समितिमा प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ, कसले के भने ? (तस्वीरहरू)

काठमाडौं - संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको निर्वाचन आयुक्त पदका लागि प्रस्तावित गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बा सँग मंगलबार संसदीय सुनुवाइ...

रहेनन् कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठ

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ को ८३ वर्षको उमेरमा निधन भएको छ। जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा मंगलबार उनको निधन भएको...

भर्खरै

समितिमा प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ, कसले के भने ? (तस्वीरहरू)

काठमाडौं - संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको...

रहेनन् कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठ

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ को...

सांसदहरूको स्वकीय ब्युँताउने निर्णयमा सर्वोच्चले के भन्यो ?

काठमाडौं - सर्वोच्च अदालतले संघीय संसद्का पदाधिकारी तथा सांसदका...

सात वर्षको प्रतीक्षापछि सञ्चालनमा आयो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं। काठमाडौं र धादिङलाई जोड्ने नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक...

आजदेखि सञ्चालनमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं- नेपालको पहिलो व्यवस्थित सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज...

धेरै पढिएको