ऊर्जामन्त्री खड्कासँग जापानका राजदूतको भेट, के-के भयो छलफल ?

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि जापानका राजदूत मायदा तोरुले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । उर्जा मन्त्रालयमा बिहीबार  भएको भेटमा दुई देशबीचको ऊर्जा र सिँचाइ क्षेत्रका विविध विषयमा छलफल भएको जनाइएको छ ।
भेटमा मन्त्री खड्काले नेपालका लागि नवनियुक्त राजदूत तोरुलाई बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । उहाँले जापानले कालिगण्डकी ‘ए’, कुलेखानी जलविद्युत् आयोजना, तनहुँ जलविद्युत् आयोजना, ग्रामीण विद्युतीकरणलगायतका क्षेत्रमा गरेको सहयोगप्रति धन्यवाद दिनुभयो ।
      यस्तै, जापानले नेपालमा चन्द्रनगर सिँचाइ प्रणाली, उच्च जोखिममा रहेका कोशी, नारायणी, बागमतीलगायतका मुख्य नदीमा बाढी नियन्त्रणका लागि गरेको सहयोगप्रति आभार प्रकट गर्नुभयो । जापानले नेपालको ऊर्जा क्षेत्रमा प्राविधिक सहयोग गर्दै आइरहेको भन्दै उहाँले धन्यवाद दिनुभयो ।
      मन्त्री खड्काले जापान सरकारलाई नेपालको जलविद्युत् क्षेत्र, हरित हाइड्रोजन, स्मार्ट ऊर्जा प्रविधि, तथा ठूला सिँचाइ आयोजनामा लगानी गर्नसमेत अनुरोध गर्नुभयो । उहाँले मन्त्रिपरिषद्बाट भर्खरै पारित भएको ऊर्जा विकास मार्गचित्रलाई कार्यान्वयनमा सहयोग गर्नसमेत जापान सरकारलाई अनुरोध गर्नुभयो ।
      भेटमा राजदूत तोरुले विश्व बैंकको वित्तीय व्यवस्थापनको निर्माण हुन लागेको माथिल्लो अरुण जलविद्युत् आयोजनामा जापानले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपालको जलविद्युत् आयोजनाको विकासको प्राथमिकता हेरी सहयोग गर्ने उहाँको भनाइ थियो ।

सिफारिस

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एक वर्षः के-के भए काम ?

काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एकवर्षे कार्यकालमा मन्त्रालयले उल्लेखनीय नीतिगत सुधार, कानुनी पूर्वाधार विकास, विद्युत् उत्पादन–प्रसारण विस्तार तथा अन्तरदेशीय ऊर्जा व्यापारमा...

घट्यो पेट्रोल–डिजेलको मूल्य

बुधबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल–डिजेलको भाउ घटेको छ। नेपाल आयल निगमले मंगलबार एक विज्ञप्ति जारी गर्दै पेट्रोलको भाउ लिटरमा पाँच रूपैयाँ...

सुशील श्रेष्ठको तस्वीर पर्यटन बोर्डको उत्कृष्ट तीनमा, २५ हजार पुरस्कार

काठमाडौं – नेपाल पर्यटन बोर्डद्वारा आयोजना गरिएको मासिक अनलाइन फोटोग्राफी प्रतियोगिता ‘फोटोनेपाल’ को मे–जुन संस्करणका विजेताहरू घोषणा गरिएको छ। प्रतियोगितामा २४१ वटा तस्बिर प्राप्त...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

घट्यो पेट्रोल–डिजेलको मूल्य

बुधबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल–डिजेलको भाउ...

सुशील श्रेष्ठको तस्वीर पर्यटन बोर्डको उत्कृष्ट तीनमा, २५ हजार पुरस्कार

काठमाडौं – नेपाल पर्यटन बोर्डद्वारा आयोजना गरिएको मासिक अनलाइन...

बालुुवाटारमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको छलफल

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेकपा...

१५ दिने “मोबाइलबाट लघु चलचित्र निर्माण” कार्यशाला सम्पन्न

काठमाडौँ - इमेज एकाडेमीको आयोजना र इन्टरनेसनल एसोसिएसन अफ...

छाउपडीको पीडा र संसदको गरिमा: सांसद तारा लामा तामाङको मार्मिक आग्रह

काठमाडौं - प्रतिनिधिसभाको विशेष समयमा प्रतिनिधिसभा सदस्य तारा लामा...

४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजनाले पायो निर्माण अनुमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले बेतन कर्णाली सञ्चयकर्ता...

धेरै पढिएको