ऊर्जामन्त्री खड्कासँग जापानका राजदूतको भेट, के-के भयो छलफल ?

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि जापानका राजदूत मायदा तोरुले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । उर्जा मन्त्रालयमा बिहीबार  भएको भेटमा दुई देशबीचको ऊर्जा र सिँचाइ क्षेत्रका विविध विषयमा छलफल भएको जनाइएको छ ।
भेटमा मन्त्री खड्काले नेपालका लागि नवनियुक्त राजदूत तोरुलाई बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । उहाँले जापानले कालिगण्डकी ‘ए’, कुलेखानी जलविद्युत् आयोजना, तनहुँ जलविद्युत् आयोजना, ग्रामीण विद्युतीकरणलगायतका क्षेत्रमा गरेको सहयोगप्रति धन्यवाद दिनुभयो ।
      यस्तै, जापानले नेपालमा चन्द्रनगर सिँचाइ प्रणाली, उच्च जोखिममा रहेका कोशी, नारायणी, बागमतीलगायतका मुख्य नदीमा बाढी नियन्त्रणका लागि गरेको सहयोगप्रति आभार प्रकट गर्नुभयो । जापानले नेपालको ऊर्जा क्षेत्रमा प्राविधिक सहयोग गर्दै आइरहेको भन्दै उहाँले धन्यवाद दिनुभयो ।
      मन्त्री खड्काले जापान सरकारलाई नेपालको जलविद्युत् क्षेत्र, हरित हाइड्रोजन, स्मार्ट ऊर्जा प्रविधि, तथा ठूला सिँचाइ आयोजनामा लगानी गर्नसमेत अनुरोध गर्नुभयो । उहाँले मन्त्रिपरिषद्बाट भर्खरै पारित भएको ऊर्जा विकास मार्गचित्रलाई कार्यान्वयनमा सहयोग गर्नसमेत जापान सरकारलाई अनुरोध गर्नुभयो ।
      भेटमा राजदूत तोरुले विश्व बैंकको वित्तीय व्यवस्थापनको निर्माण हुन लागेको माथिल्लो अरुण जलविद्युत् आयोजनामा जापानले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपालको जलविद्युत् आयोजनाको विकासको प्राथमिकता हेरी सहयोग गर्ने उहाँको भनाइ थियो ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको