विश्व हिन्दू महासंघद्वारा पूर्वराजा ज्ञानेन्द्रको सन्देशप्रति स्वागत, राष्ट्रवादीहरूलाई एकजुट हुन आह्वान

काठमाडौं – प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा राष्ट्रका नाममा जारी भिडियो सन्देशलाई विश्व हिन्दू महासंघले स्वागत गरेको छ। महासंघकी अन्तर्राष्ट्रिय अध्यक्ष अस्मिता भण्डारीले जारी गरेको विज्ञप्तिमा राष्ट्रको एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र स्थायी शान्तिका लागि पूर्वराजाद्वारा व्यक्त विचारहरूप्रति पूर्ण समर्थन जनाइएको छ।

महासंघले नेपालमा बढ्दो धर्मान्तरणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसको रोकथामका लागि राष्ट्रवादी शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औंल्याएको छ। “नेपालको मौलिक पहिचान, हिन्दू-बौद्ध संस्कृति, सामाजिक सद्भाव र राष्ट्रिय अखण्डताको रक्षाका लागि सबै नेपालीले साझा रूपमा अघि बढ्नुपर्छ,” विज्ञप्तिमा उल्लेख छ।

महासंघले वर्तमान राजनीतिक परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै स्थायी शान्ति, समृद्धि र स्थायित्व कायम गर्न राष्ट्रप्रेमी, प्रजातन्त्रवादी र राष्ट्रवादी शक्तिहरूलाई संगठित भएर अघि बढ्न आह्वान गरेको छ।

पूर्वराजा ज्ञानेन्द्रले हालै राष्ट्रको हित र एकता सुदृढ गर्न सम्पूर्ण नेपालीलाई साथ दिन आग्रह गर्दै एक भिडियो सन्देश जारी गर्नुभएको थियो। उक्त अभिव्यक्तिलाई ऐतिहासिक सन्दर्भमा महत्वपूर्ण मान्दै महासंघले नेपाली जनता, धार्मिक तथा सांस्कृतिक संगठनहरू र सबै राष्ट्रवादी शक्तिहरूलाई राष्ट्रिय स्वाभिमान तथा अस्तित्वको रक्षा गर्न संगठित हुन अपिल गरेको छ।

महासंघको विज्ञप्तिमा नेपालको पहिचान धर्म, संस्कृति र परम्पराको संरक्षणसँग प्रत्यक्ष रूपमा जोडिएको हुँदा यसको रक्षा गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने उल्लेख छ। साथै, देशभरिका सबै राष्ट्रवादी तथा देशभक्त नागरिकलाई राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, शान्ति र समृद्धिका लागि सक्रिय सहयोग गर्न महासंघले आग्रह गरेको छ

सिफारिस

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एक वर्षः के-के भए काम ?

काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एकवर्षे कार्यकालमा मन्त्रालयले उल्लेखनीय नीतिगत सुधार, कानुनी पूर्वाधार विकास, विद्युत् उत्पादन–प्रसारण विस्तार तथा अन्तरदेशीय ऊर्जा व्यापारमा...

घट्यो पेट्रोल–डिजेलको मूल्य

बुधबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल–डिजेलको भाउ घटेको छ। नेपाल आयल निगमले मंगलबार एक विज्ञप्ति जारी गर्दै पेट्रोलको भाउ लिटरमा पाँच रूपैयाँ...

सुशील श्रेष्ठको तस्वीर पर्यटन बोर्डको उत्कृष्ट तीनमा, २५ हजार पुरस्कार

काठमाडौं – नेपाल पर्यटन बोर्डद्वारा आयोजना गरिएको मासिक अनलाइन फोटोग्राफी प्रतियोगिता ‘फोटोनेपाल’ को मे–जुन संस्करणका विजेताहरू घोषणा गरिएको छ। प्रतियोगितामा २४१ वटा तस्बिर प्राप्त...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

घट्यो पेट्रोल–डिजेलको मूल्य

बुधबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल–डिजेलको भाउ...

सुशील श्रेष्ठको तस्वीर पर्यटन बोर्डको उत्कृष्ट तीनमा, २५ हजार पुरस्कार

काठमाडौं – नेपाल पर्यटन बोर्डद्वारा आयोजना गरिएको मासिक अनलाइन...

बालुुवाटारमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको छलफल

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेकपा...

१५ दिने “मोबाइलबाट लघु चलचित्र निर्माण” कार्यशाला सम्पन्न

काठमाडौँ - इमेज एकाडेमीको आयोजना र इन्टरनेसनल एसोसिएसन अफ...

छाउपडीको पीडा र संसदको गरिमा: सांसद तारा लामा तामाङको मार्मिक आग्रह

काठमाडौं - प्रतिनिधिसभाको विशेष समयमा प्रतिनिधिसभा सदस्य तारा लामा...

४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजनाले पायो निर्माण अनुमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले बेतन कर्णाली सञ्चयकर्ता...

धेरै पढिएको