विश्व हिन्दू महासंघद्वारा पूर्वराजा ज्ञानेन्द्रको सन्देशप्रति स्वागत, राष्ट्रवादीहरूलाई एकजुट हुन आह्वान

काठमाडौं – प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा राष्ट्रका नाममा जारी भिडियो सन्देशलाई विश्व हिन्दू महासंघले स्वागत गरेको छ। महासंघकी अन्तर्राष्ट्रिय अध्यक्ष अस्मिता भण्डारीले जारी गरेको विज्ञप्तिमा राष्ट्रको एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र स्थायी शान्तिका लागि पूर्वराजाद्वारा व्यक्त विचारहरूप्रति पूर्ण समर्थन जनाइएको छ।

महासंघले नेपालमा बढ्दो धर्मान्तरणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसको रोकथामका लागि राष्ट्रवादी शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औंल्याएको छ। “नेपालको मौलिक पहिचान, हिन्दू-बौद्ध संस्कृति, सामाजिक सद्भाव र राष्ट्रिय अखण्डताको रक्षाका लागि सबै नेपालीले साझा रूपमा अघि बढ्नुपर्छ,” विज्ञप्तिमा उल्लेख छ।

महासंघले वर्तमान राजनीतिक परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै स्थायी शान्ति, समृद्धि र स्थायित्व कायम गर्न राष्ट्रप्रेमी, प्रजातन्त्रवादी र राष्ट्रवादी शक्तिहरूलाई संगठित भएर अघि बढ्न आह्वान गरेको छ।

पूर्वराजा ज्ञानेन्द्रले हालै राष्ट्रको हित र एकता सुदृढ गर्न सम्पूर्ण नेपालीलाई साथ दिन आग्रह गर्दै एक भिडियो सन्देश जारी गर्नुभएको थियो। उक्त अभिव्यक्तिलाई ऐतिहासिक सन्दर्भमा महत्वपूर्ण मान्दै महासंघले नेपाली जनता, धार्मिक तथा सांस्कृतिक संगठनहरू र सबै राष्ट्रवादी शक्तिहरूलाई राष्ट्रिय स्वाभिमान तथा अस्तित्वको रक्षा गर्न संगठित हुन अपिल गरेको छ।

महासंघको विज्ञप्तिमा नेपालको पहिचान धर्म, संस्कृति र परम्पराको संरक्षणसँग प्रत्यक्ष रूपमा जोडिएको हुँदा यसको रक्षा गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने उल्लेख छ। साथै, देशभरिका सबै राष्ट्रवादी तथा देशभक्त नागरिकलाई राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, शान्ति र समृद्धिका लागि सक्रिय सहयोग गर्न महासंघले आग्रह गरेको छ

सिफारिस

गाभिए मन्त्रालय, राखियो नयाँ साइन बोर्ड तस्विरहरु)

सरकारले प्रशासनिक सुधार, मितव्ययिता र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित संघीय मन्त्रालयहरूको संख्या घटाउँदै १८ मन्त्रालय कायम गरेको छ । नयाँ मन्त्रालय बनेसँगै सिंहदरबारमा साइनबोर्ड...

प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता आजदेखि सुरु, कति खेलाडी छन् सहभागी ? (तस्वीरहरू)

काठमाडौँ - नेपाली सेनाको आयोजना प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता आजदेखि सुरु भएको छ । नेपाली सेनाका बलाधिकृत रथी प्रदीप जङ्ग केसीले जंगीअडास्थित टेनिस कोर्ट...

प्रकृतिको आराधनासँगै सकियाे उभौली (तस्वीरहरू)

ललितपुर - किरात राई समुदायको महान् सांस्कृतिक पर्व साकेला उँभौली समापन गरिएको छ । वैशाख शुक्ल पूर्णिमादेखि सुरु भएको साकेला ललितपुरको लुभुमा प्रकृतिपूजासहित समापन...

भर्खरै

प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता आजदेखि सुरु, कति खेलाडी छन् सहभागी ? (तस्वीरहरू)

काठमाडौँ - नेपाली सेनाको आयोजना प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता...

प्रकृतिको आराधनासँगै सकियाे उभौली (तस्वीरहरू)

ललितपुर - किरात राई समुदायको महान् सांस्कृतिक पर्व साकेला...

अमेरिकाविरुद्ध नेपालको शानदार जीत, कुशल भुर्तेलले हाने शतक

काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले जित निकालेको...

सकियो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम, पाँच रेडियोलाई सम्मान

काठमाडौं — नेपाली सेनाद्वारा जङ्गी अड्डामा सञ्चालन गरिएको चार...

राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३ सम्पन्न

काठमाडौं — नेपाली सेनाको आयोजनामा जङ्गी अड्डामा सञ्चालन भएको...

एसईईको नतिजा सार्वजनिक, कति भए पास ?

काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको...

धेरै पढिएको