उज्बेकिस्तानको टीमलाई पराजित गर्दै एपीएफ केपी ओली कपको क्वार्टरफाइनलमा (तस्वीरहरू)

काठमाडौं – एपीएफ एफसीले ट्राइब्रेकरमा उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसीलाई पराजित गर्दै केपी ओली कप च्याम्पियनसिप फुटबलको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। आइतबार एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफले ४–३ को जित निकाल्दै अगाडि बढ्ने अवसर प्राप्त गर्यो।

निर्धारित समयमा दुवै टोलीले गोल गर्न असफल भएपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो। ट्राइब्रेकरमा एपीएफका गोलकिपर एन्जल श्रेष्ठ नायक सावित भए, जसले ब्ल्याक बुल्सका दुई प्रहार रोक्दै टिमलाई जित दिलाए।

ब्ल्याक बुल्स यसअघि पोखरामा सम्पन्न २४औं संस्करणको आहा रारा गोल्डकपको विजेता टोली हो। तर, यो खेलमा भने उनीहरू एपीएफसँग पराजित हुन पुगे। अब एपीएफले सेमिफाइनल प्रवेशका लागि संकटासँग प्रतिस्पर्धा गर्नेछ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा सुरु भएको प्रतियोगितामा ९ टोलीले सहभागिता जनाएका छन्। फागुन १८ गतेसम्म चल्ने प्रतियोगितामा विजेताले १५ लाख ११ हजार १११ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख पाउनेछ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई १ लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीलाई समान ५० हजार प्रदान गरिनेछ। साथै, हरेक खेलको विजेता टोलीले २५ हजार र प्लेयर अफ द म्याचले १५ हजार पाउनेछ।

प्रतियोगिताको दोस्रो दिन सोमबार दुई खेल हुनेछन्। पहिलो खेल बिहान ११:३० बजे नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ भने दोस्रो खेल दिउँसो ३ बजे आयोजक केपी ओली एफसी र न्यूरोड टिमबीच हुनेछ।

 

सिफारिस

आजको मौसम : यी प्रदेशमा भारी वर्षा हुने

हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी...

ऋत एकेडेमीका प्राचार्य आनन्द कुमार यादवलाई थाईल्याण्डको दोस्रो IPA पुरस्कार

 ऋत एकेडेमीका प्राचार्य तथा हिसान बागमती प्रदेशका बरिष्ठ उपाध्यक्ष श्री आनन्द कुमार यादवलाई थाईल्याण्डको Universal Institute of Professional Management (UIPM) द्वारा आयोजित दोस्रो IPA...

एकता, अनुभव र लगानीलाई नेपालको समृद्धिमा रुपान्तरण गरौं : मन्त्री काफ्ले

दक्षिण कोरिया, साउन १० — बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले गैरआवासीय नेपालीबीचको एकता, अनुभव र लगानीलाई नेपालको समृद्धिमा रूपान्तरण गर्न सकिने...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ऋत एकेडेमीका प्राचार्य आनन्द कुमार यादवलाई थाईल्याण्डको दोस्रो IPA पुरस्कार

 ऋत एकेडेमीका प्राचार्य तथा हिसान बागमती प्रदेशका बरिष्ठ उपाध्यक्ष...

एकता, अनुभव र लगानीलाई नेपालको समृद्धिमा रुपान्तरण गरौं : मन्त्री काफ्ले

दक्षिण कोरिया, साउन १० — बागमती प्रदेशका आर्थिक मामिला...

जलवायु परिवर्तन र विपद्लाई साझा रूपमा सम्बोधन गर्नुपर्नेमा जोड

काठमाडौँ - युवालाई उद्यम, हरित अर्थतन्त्र र प्रविधिको साक्षरतासँग...

नेपालकै ठूलो टी–१० टेनिस क्रिकेट प्रतियोगिताका लागि खेलाडी दर्ता प्रक्रिया खुला

काठमाडौँ - डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लिको आयोजनामा...

दिव्य पशुपतिनाथ अभियान सुरू, पर्यटन मन्त्रीबाट वृक्षारोपण गरेर आम्भ

काठमाडौं - विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक पशुपतिनाथ मन्दिर...

साउन महिनामा धार्मिक आस्था र परम्पराप्रतिको समर्पण झनै बढ्दो (तस्वीरहरू)

नेपाली हिन्दू नारीहरूको जीवनशैली र धार्मिक संस्कारमा विशेष स्थान...

धेरै पढिएको