राष्ट्रिय फोटो पत्रकार समूह कास्कीको अध्यक्षमा योगेन्द्र श्रेष्ठ

पोखरा – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे), नेपाल कास्की शाखाको अध्यक्षमा योगेन्द्र श्रेष्ठ सर्वसम्मत चयन भएका छन्। मङ्गलबार सम्पन्न अधिवेशनले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्ष बसन्त शेर्पा, सचिव प्रेम थापा, कोषाध्यक्ष गणेश बज्रलामा, सहसचिव माधव पोखरेल चयन भएका छन्। त्यस्तै, कार्यसमिति सदस्यहरू हुमबहादुर गुरुङ, अभिनन्दन बजिमिया, मदनमणि तिमिल्सिना, र सागर ढकाल चयन भएका छन्।

अधिवेशनका अवसरमा बोल्दै केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तले संस्थागत रूपमा अग्रज फोटो पत्रकारहरूसँग समन्वय गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै नवनिर्वाचित कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए।

त्यसैगरी, राधिका कँडेलले फोटो पत्रकारहरूको हकहितका क्षेत्रमा प्रभावकारी रूपमा काम गर्न आग्रह गरिन्।

नवनिर्वाचित अध्यक्ष योगेन्द्र श्रेष्ठले आफ्नो कार्यकालमा फोटो पत्रकारहरूको हकहितका क्षेत्रमा सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता जनाउँदै, संस्थागत विकासका लागि केही महत्वपूर्ण योजना सार्वजनिक गरे।

उनका अनुसार, नयाँ वर्षको अवसरमा संस्थागत भित्तेपात्रो प्रकाशन गरिने, फोटो पत्रकारिताको प्रोत्साहनका लागि विभिन्न पुरस्कार स्थापना गरिने, पोखरामा भव्य फोटो प्रदर्शनी आयोजना गरिने, जसलाई सफल बनाउन सबैको सहकार्य आवश्यक हुने उनले बताए।श्रेष्ठले फोटो पत्रकारिताको प्रवर्द्धन र पेशागत विकासलाई सशक्त बनाउने लक्ष्यसहित अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको