राष्ट्रिय फोटो पत्रकार समूह कास्कीको अध्यक्षमा योगेन्द्र श्रेष्ठ

पोखरा – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे), नेपाल कास्की शाखाको अध्यक्षमा योगेन्द्र श्रेष्ठ सर्वसम्मत चयन भएका छन्। मङ्गलबार सम्पन्न अधिवेशनले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्ष बसन्त शेर्पा, सचिव प्रेम थापा, कोषाध्यक्ष गणेश बज्रलामा, सहसचिव माधव पोखरेल चयन भएका छन्। त्यस्तै, कार्यसमिति सदस्यहरू हुमबहादुर गुरुङ, अभिनन्दन बजिमिया, मदनमणि तिमिल्सिना, र सागर ढकाल चयन भएका छन्।

अधिवेशनका अवसरमा बोल्दै केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तले संस्थागत रूपमा अग्रज फोटो पत्रकारहरूसँग समन्वय गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै नवनिर्वाचित कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए।

त्यसैगरी, राधिका कँडेलले फोटो पत्रकारहरूको हकहितका क्षेत्रमा प्रभावकारी रूपमा काम गर्न आग्रह गरिन्।

नवनिर्वाचित अध्यक्ष योगेन्द्र श्रेष्ठले आफ्नो कार्यकालमा फोटो पत्रकारहरूको हकहितका क्षेत्रमा सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता जनाउँदै, संस्थागत विकासका लागि केही महत्वपूर्ण योजना सार्वजनिक गरे।

उनका अनुसार, नयाँ वर्षको अवसरमा संस्थागत भित्तेपात्रो प्रकाशन गरिने, फोटो पत्रकारिताको प्रोत्साहनका लागि विभिन्न पुरस्कार स्थापना गरिने, पोखरामा भव्य फोटो प्रदर्शनी आयोजना गरिने, जसलाई सफल बनाउन सबैको सहकार्य आवश्यक हुने उनले बताए।श्रेष्ठले फोटो पत्रकारिताको प्रवर्द्धन र पेशागत विकासलाई सशक्त बनाउने लक्ष्यसहित अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सिफारिस

बारबरा फाउन्डेसनद्वारा खोजमूलक पत्रकारिता फेलोसिपको घोषणा

काठमाडौं - भ्रष्टाचार, सुशासन, वातावरणीय परिवर्तन, स्वास्थ्य, शिक्षा तथा सामाजिक न्यायजस्ता विषयमा गहिरो अनुसन्धान र खोज पत्रकारिता गर्न चाहने पत्रकारहरूलाई लक्षित गर्दै बारबरा फाउन्डेसनले...

मध्यपुर थिमि नगरपालिका मुलुककै उत्कृष्ट नगरपालिका पुरस्कारबाट सम्मानित

काठमाडौं - वातावरण, संस्कृति, र पर्यटन प्रवर्द्धनमा उत्कृष्ट कार्य सम्पादन गरेको उच्च मूल्यांकन गर्दै नेपाल नगरपालिका संघले मध्यपुर थिमि नगरपालिकालाई "मुलुककै उत्कृष्ट नगरपालिका पुरस्कार...

काठमाण्डू लिजेन्ड्सले ‘जिरी मेनिया २०२५’ आयोजना गर्दै

काठमाडौँ - नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्ने उद्देश्यले काठमाण्डू लिजेन्ड्स परिवारद्वारा जिरी नगरपालिकामा 'जिरी मेनिया २०२५' नामक भव्य कार्यक्रम आयोजना हुने भएको छ।...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मध्यपुर थिमि नगरपालिका मुलुककै उत्कृष्ट नगरपालिका पुरस्कारबाट सम्मानित

काठमाडौं - वातावरण, संस्कृति, र पर्यटन प्रवर्द्धनमा उत्कृष्ट कार्य...

काठमाण्डू लिजेन्ड्सले ‘जिरी मेनिया २०२५’ आयोजना गर्दै

काठमाडौँ - नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्ने उद्देश्यले...

आजदेखि एसईई, देशभरबाट पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी

माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ। राष्ट्रिय परीक्षा...

उद्योगमा लोडसेडिङ भए पनि घरायसी उपभोक्तालाई त्यो अवस्था आउँदैन : ऊर्जामन्त्री खड्का

काठमाडौ-  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले उद्योग...

चिनियाँ कम्पनीलाई समयमै भुक्तानी नगरेपछि विद्युत प्राधिकरणको सबै बैंक खाता रोक्का

काठमाडौं – गम्भीर वित्तीय संकटको सामना गरिरहेको नेपाल विद्युत...

उर्जामन्त्रीको पहलमा विपदमा वेपत्ता भएका नागरिकको परिवारले पाउने भए क्षतिपूर्ति

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको पहलमा...

धेरै पढिएको