भारतसँग किन्ने बिजुलीको मूल्य आफूखुसी वृद्धि गरेपछि कुलमानलाई सोधियो स्पष्टीकरण

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई २४ घण्टे स्पष्टीकरण माग गरेको छ। यसअघि २२ पुसमा घिसिङलाई पदबाट किन नहटाउने भन्दै सातदिने स्पष्टीकरण सोधिएको थियो।

मन्त्रालयले २८ पुसमा घिसिङद्वारा पेस गरिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै पुनः २४ घण्टे स्पष्टीकरण सोधेको हो। पछिल्लो स्पष्टीकरण पत्रमा सरकारको स्वीकृति नलिई भारतको बिहार तथा उत्तर प्रदेशबाट आयात गर्ने विद्युत्को भाउ बढाउने सहमति किन गरिएको भन्ने प्रश्न पनि उठाइएको छ।

सरकारको सहमतिविना विद्युत् दर वृद्धिको निर्णय?

हालै भारतमा सम्पन्न १६ औं पावर एक्सचेञ्ज कमिटीको बैठकमा बिहार र उत्तर प्रदेशबाट १३२ केभी क्षमताको प्रसारण लाइनमार्फत आयात हुने विद्युत्को भाउ १.५ प्रतिशत बढाउने सहमति घिसिङले गरेका थिए। यसअघि प्रतियुनिट ७ रुपैयाँ ९८ पैसा रहेको दर मूल्य वृद्धिपछि ८ रुपैयाँ १० पैसा पुगेको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिए।

प्राधिकरणका अनुसार भारतबाट अत्यावश्यक अवस्थामा सीमित मात्रामा मात्र विद्युत् आयात हुने गर्छ, विशेष गरी पिक आवरमा। भारतीय पक्षले विद्युत् दर वृद्धि गर्नुपर्ने माग गरेपछि १.५ प्रतिशत वृद्धिमा सहमति जनाइएको बताइएको छ। यो नयाँ दर आगामी अप्रिलदेखि लागू हुने जनाइएको छ।

अन्तर्राष्ट्रिय भ्रमण र स्वीकृतिसम्बन्धी प्रश्न

मन्त्रालयले घिसिङलाई नेपाल–भारत द्वीपक्षीय विद्युत् विनिमय समितिको बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेताका रूपमा सहभागी हुनुपूर्व कुन निकायको स्वीकृति लिइएको थियो भन्नेबारे पनि स्पष्ट पार्न आग्रह गरेको छ। सरकारको नियमावलीअनुसार अर्थ मन्त्रालयको स्वीकृति नलिई आर्थिक दायित्व बढ्ने गरी द्वीपक्षीय वार्तामा संलग्न भएको विषयमा स्पष्टीकरण सोधिएको छ।

त्यसैगरी, कार्यकारी निर्देशकको आन्तरिक तथा अन्तर्राष्ट्रिय भ्रमण, बिदा तथा अन्य व्यवस्थापनसम्बन्धी स्वीकृति नलिएको विषयमा पनि प्रश्न उठाइएको छ। ऊर्जा मन्त्री दीपक खड्काले घिसिङले सञ्चालक समितिको स्वीकृति लिएर कति भ्रमण गरेका छन्, कुन भ्रमण स्वीकृति नलिई गरेका छन् भन्ने विस्तृत विवरण माग गरेका छन्।

डेडिकेटेड र ट्रंकलाइन विवादका बीच सरकार–घिसिङ द्वन्द्व

नेपाल विद्युत् प्राधिकरण र सरकारबीच डेडिकेटेड तथा ट्रंकलाइन व्यवस्थापनसम्बन्धी विवाद चर्किरहेका बेला ऊर्जा मन्त्रालयले घिसिङमाथि प्रशासनिक निर्णय प्रक्रियामा त्रुटि देखाउँदै पटक–पटक स्पष्टीकरण माग्दै आएको छ। यद्यपि, हालसम्म घिसिङलाई पदबाट हटाउने कुनै आधिकारिक निर्णय गरिएको छैन।

सिफारिस

१५ दिने “मोबाइलबाट लघु चलचित्र निर्माण” कार्यशाला सम्पन्न

काठमाडौँ - इमेज एकाडेमीको आयोजना र इन्टरनेसनल एसोसिएसन अफ वुमन इन रेडियो एण्ड टेलिभिजन (IAWRT) नेपालको सहकार्यमा १५ दिने "मोबाइलबाट लघु चलचित्र निर्माण" कार्यशाला...

छाउपडीको पीडा र संसदको गरिमा: सांसद तारा लामा तामाङको मार्मिक आग्रह

काठमाडौं - प्रतिनिधिसभाको विशेष समयमा प्रतिनिधिसभा सदस्य तारा लामा तामाङले समाजको गहिरो पीडा र संसदको गरिमामाथि गम्भीर प्रश्न उठाउँदै सरकार र सांसदहरूप्रति तथ्यपरक र...

४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजनाले पायो निर्माण अनुमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडमार्फत निर्माणाधीन ४३९ मेगावाट क्षमताको अर्ध जलाशययुक्त बेतन कर्णाली जलविद्युत् आयोजनालाई ऊर्जासचिव स्तरीय...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

छाउपडीको पीडा र संसदको गरिमा: सांसद तारा लामा तामाङको मार्मिक आग्रह

काठमाडौं - प्रतिनिधिसभाको विशेष समयमा प्रतिनिधिसभा सदस्य तारा लामा...

४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजनाले पायो निर्माण अनुमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले बेतन कर्णाली सञ्चयकर्ता...

ऊर्जा क्षेत्रमा साना र मझौला आयोजनालाई बेवास्ता नगर्न ऊर्जामन्त्री खड्काको निर्देशन

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले...

सिन्धुलीको फिक्कल डाँडा : जहाँबाट देखिन्छ सगरमाथा र तराईका समथर भूभागहरू (तस्वीरहरू)

सिन्धुली, फिक्कल — सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–५ मा अवस्थित...

कतारी राजदूतद्वारा नेपाली–फिलिपिनी संघ प्रतिनिधिमण्डलको स्वागत

काठमाडौं-  कतारका नेपालका लागि राजदूत, महामहिम मिश्रल बिन मोहम्मद...

धेरै पढिएको