शिवरात्रीको पूर्वसन्ध्यामा पशुपति पुगे प्रधानमन्त्री ओली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ महाशिवरात्री, पर्व, २०८१ को पूर्वसन्ध्यामा पावन पशुुपतिनाथ मन्दिरको दर्शन र अवलोकन गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले मन्दिरमा पूजा र आरती गर्नुका साथै महाशिवरात्रीको व्यवस्थापन तयारीबारे पशुुपति क्षेत्र विकास कोषका पदाधिकारीसँग जानकारी लिई पर्वलाई सुरक्षित, अनुुशासित, मर्यादित तथा व्यवस्थित बनाइ सहजरुपमा भक्तजनको दर्शनको व्यवस्था मिलाउन निर्देशन दिनुुभयो ।

प्रधानमन्त्री ओलीका साथ संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डे, मन्त्रालयका सचिव विनोदप्रकाश सिंह, काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलगायत पशुुपतिनाथ मन्दिर पुुग्नुुभएको थियो । हिन्दु धर्मावलम्बीका आराध्यदेव भगवान पशुुपतिनाथ मन्दिरमा दर्शनार्थीका रुपमा प्रधानमन्त्री ओलीलाई पाउँदा मन्दिर परिसरमा रहेका सर्वसाधारण भक्तजनले प्रशन्नता र उत्सुकता व्यक्त गरेका थिए ।

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गरी यही फागुन १२ गतेदेखि १५ गतेसम्म पशुुपतिनाथ मन्दिरको चार किल्लाभित्र मासुु, मदिरा तथा नसालुपदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न निषेध गरेको छ

सिफारिस

पुल्चोकमा रथारोहणसँगै रातो मच्छिन्द्रनाथ जात्रा प्रारम्भ (तस्वीरहरू)

काठमाडौं — वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथ को रथारोहण शनिबार सम्पन्न गरिएको छ। हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकालेर मच्छिन्द्रनाथलाई...

मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड (तस्वीरहरू)

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिनमा आमालाई श्रद्धा तथा भक्तिसाथ आमालाई मीठा मीठा खानेकुरा खान...

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) का प्रतिनिधिहरूले सभामुख डीपी अर्यालसँग भेट गरी संसदीय रिपोर्टिङका क्रममा फोटो पत्रकारहरूले भोग्नुपरेका विविध समस्याबारे...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड (तस्वीरहरू)

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन ।...

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे)...

एक समयको जीवनरेखा ‘हेटौंडा–काठमाडौं रोपवे’ आज इतिहासमै सीमित (तस्वीरहरू)

काठमाडौं — नेपालको यातायात इतिहासमा स्वर्णिम अध्याय मानिएको हेटौंडा–काठमाडौं...

दीपक खड्का पक्राउ कानुनसम्मत देखिएन थुनामुक्त गर्नुस् : सर्वाेच्च

सर्वोच्च अदालतले पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई थुनामुक्त...

महिला क्रिकेटर खुशी डंगोल ‘फेस अफ कर्पोरेट टि–१०’ नियुक्त

काठमाडौं — काठमाडौँ स्पोर्ट्स एन्ड एभेन्ट्स प्रा.लि.ले आयोजना गर्न...

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई क्यानले बुधबार...

धेरै पढिएको