सांसद ढकाल र माल्दिभ्सका सभामुख अब्दुलबीच शिष्टाचार भेट

काठमाडौं – प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र माल्दिभ्सका नवनिर्वाचित सभामुख अब्दुल रहीम अब्दुल्लासँग शिष्टाचार भेट गर्नुभएको छ।

बिहीबार माल्दिभ्सको संसद भवनमा सम्पन्न भेटवार्तामा द्विपक्षीय हितका विषय, संसदीय आदानप्रदान अभिवृद्धि, तथा क्षेत्रीय सहकार्यबारे छलफल भएको ढकालको सचिवालयले जनाएको छ।

सांसद ढकालले नेपालका सभामुख देवराज घिमिरेको तर्फबाट माल्दिभ्सका सभामुखलाई बधाई तथा शुभकामना दिनुहुँदै सार्क मुलुकहरूबीच संसदीय आदानप्रदानलाई अझ सक्रिय बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो।

सभामुख अब्दुल रहीम अब्दुल्लाले नेपाल र माल्दिभ्सबीच सौहार्दपूर्ण सम्बन्ध रहँदै आएको उल्लेख गर्दै आगामी दिनमा दुई देशबीचको सहकार्य थप मजबुत बनाउने प्रतिबद्धता जनाउनुभयो।

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सदस्य रहेका सांसद ढकाल दुई दिने मैत्रीपूर्ण भ्रमणका क्रममा माल्दिभ्स जानुभएको हो। नेपाल र माल्दिभ्सबीच सन् १९८० मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।

सिफारिस

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन सकिने...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

भर्खरै

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

धेरै पढिएको