सांसद ढकाल र माल्दिभ्सका सभामुख अब्दुलबीच शिष्टाचार भेट

काठमाडौं – प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र माल्दिभ्सका नवनिर्वाचित सभामुख अब्दुल रहीम अब्दुल्लासँग शिष्टाचार भेट गर्नुभएको छ।

बिहीबार माल्दिभ्सको संसद भवनमा सम्पन्न भेटवार्तामा द्विपक्षीय हितका विषय, संसदीय आदानप्रदान अभिवृद्धि, तथा क्षेत्रीय सहकार्यबारे छलफल भएको ढकालको सचिवालयले जनाएको छ।

सांसद ढकालले नेपालका सभामुख देवराज घिमिरेको तर्फबाट माल्दिभ्सका सभामुखलाई बधाई तथा शुभकामना दिनुहुँदै सार्क मुलुकहरूबीच संसदीय आदानप्रदानलाई अझ सक्रिय बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो।

सभामुख अब्दुल रहीम अब्दुल्लाले नेपाल र माल्दिभ्सबीच सौहार्दपूर्ण सम्बन्ध रहँदै आएको उल्लेख गर्दै आगामी दिनमा दुई देशबीचको सहकार्य थप मजबुत बनाउने प्रतिबद्धता जनाउनुभयो।

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सदस्य रहेका सांसद ढकाल दुई दिने मैत्रीपूर्ण भ्रमणका क्रममा माल्दिभ्स जानुभएको हो। नेपाल र माल्दिभ्सबीच सन् १९८० मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।

सिफारिस

केपी ओली कप: आर्मी क्लबलाई पराजित गर्दै उपाधिमा मछिन्द्रको ह्याट्रिक (तस्वीरहरू)

काठमाडौँ : तेस्रो संस्करणको केपी ओली कप च्याम्पियनशिप फुटबल प्रतियोगिताको उपाधिमा मछिन्द्र फुटबल क्लबले ह्याट्रिक गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मछिन्द्रले विभागीय टोली...

काठमाडौंको बोसान डाँडाबाट देखिएको मनमोहक दृश्य (तस्वीरहरू)

काठमाडौं उपत्यकाको दक्षिण-पश्चिम भागमा पर्ने एक सुन्दर पहाड हो बोसान डाँडा, जुन चोभार र टौदह नजिकै अवस्थित छ। यहाँबाट लाङटाङ, गणेश, गौरिशंकर लगायतका हिमालहरू, काठमाडौं...

हस्तलेखन प्रतियोगितामा बाल विकास एनसीएमएसले राख्यो विश्व कीर्तिमान 

काठमाडौं – नेपालले शैक्षिक इतिहासमा अर्को महत्वपूर्ण कीर्तिमान कायम गरेको छ। बाल विकास NCMAS प्रा. लि. ले आयोजना गरेको सबैभन्दा ठूलो हस्तलेखन प्रतियोगिता (Largest...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

काठमाडौंको बोसान डाँडाबाट देखिएको मनमोहक दृश्य (तस्वीरहरू)

काठमाडौं उपत्यकाको दक्षिण-पश्चिम भागमा पर्ने एक सुन्दर पहाड हो...

हस्तलेखन प्रतियोगितामा बाल विकास एनसीएमएसले राख्यो विश्व कीर्तिमान 

काठमाडौं – नेपालले शैक्षिक इतिहासमा अर्को महत्वपूर्ण कीर्तिमान कायम...

उपत्यकाबाट देखिएका हिमालका मनमोहक दृश्य (तस्वीरहरू)

काठमाडौं – केही दिनदेखिको हल्का वर्षापछि काठमाडौं उपत्यकाको आकाश...

राष्ट्रिय फोटो पत्रकार समूह तनहुँको अध्यक्षमा विष्णु गौतम

दमौली - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल तनहुँ शाखाको...

तिब्बती मूलका शेर्पा समुदायले मनाए ग्याल्पो ल्होसार (तस्वीरहरू)

काठमाडौं – नेपालमा बसोबास गर्दै आएका तिब्बती मूलका शेर्पा...

स्वास्थ्य सचिव नियुक्ति : समावेशीकरणको बहससँगै शक्ति संघर्ष चर्कियो

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव पद रिक्त...

धेरै पढिएको