राष्ट्रिय फोटो पत्रकार समूह तनहुँको अध्यक्षमा विष्णु गौतम

दमौली – राष्ट्रिय फोटो पत्रकार समूह नेपाल तनहुँ शाखाको अध्यक्षमा विष्णु गौतम निर्वाचित भएका छन् । शाखाको शनिबार सम्पन्न दोस्रो अधिवेशनबाट गौतमको अध्यक्षतामा नयॉ कार्यसमिति चयन भएको हो ।

शाखाको उपाध्यक्षमा अस्मिता खनाल, सचिवमा माधव पौडेल, सहसचिवमा सागर गिरी, कोषाध्यक्षमा शिला वाग्ले र सदस्यहरुमा श्रहरि पौडेल र उपेन्द्र खनाल चयन भएका छन् ।

यस्तै सल्लाहकारमा मदन वाग्ले, अमरराज नहर्की र शंकरराज नहर्की चयन भएका छन् ।

यसअघि अधिवेशनको उदघाटन गर्दै राष्ट्रिय फोटो पत्रकार समूह नेपालका केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तले फोटो बिना समाचार नहुने भएकाले फोटो पत्रकारिता सधै विश्वसनीय रहने बताए । फोटो पत्रकारहरु व्यावसायिक हुनुपर्ने बताउँदै वन्तले फोटो पत्रकारका लागि तालिम आवश्यक रहेको उल्लेख गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ तनहुँका पूर्व अध्यक्ष ओमकार आचार्य, प्रेस चौतारी नेपाल गण्डकी प्रदेशका कोषाध्यक्ष मदन तिमिल्सना, रिपोर्टस क्लव गण्डकी प्रदेश अध्यक्ष मदन वाग्ले लगायतले मन्तव्य राखेका थिए ।

सोही अवसरमा फोटो पत्रकारितामा योगदान पुर्याए बापत राष्ट्रिय समाचार समिति (रासस) का कृष्ण न्यौपाने, प्रादेशिक खबर दैनिकका मदन वाग्ले र प्रहार अनलाइनका शंकरराज नहर्कीलाई दोसल्ला र सम्मानपत्रले सम्मानित गरिएको थियो ।

सिफारिस

सकियो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम, पाँच रेडियोलाई सम्मान

काठमाडौं — नेपाली सेनाद्वारा जङ्गी अड्डामा सञ्चालन गरिएको चार दिने “रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम (Defence Correspondent Orientation Programme, DCOP)” आज सम्पन्न भएको छ। वैशाख २८...

राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३ सम्पन्न

काठमाडौं — नेपाली सेनाको आयोजनामा जङ्गी अड्डामा सञ्चालन भएको छैटौँ संस्करणको एकदिने “राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३” आज सम्पन्न भएको छ। गोष्ठीको समापन प्रधान सेनापति...

एसईईको नतिजा सार्वजनिक, कति भए पास ?

काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज नतिजा सार्वजनिक गरेको हो। नतिजा अनुसार ६५.९८ प्रतिशत परीक्षार्थी उत्तीर्ण...

भर्खरै

राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३ सम्पन्न

काठमाडौं — नेपाली सेनाको आयोजनामा जङ्गी अड्डामा सञ्चालन भएको...

एसईईको नतिजा सार्वजनिक, कति भए पास ?

काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको...

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु

काठमाडौँ —  नेपाली सेनाको आयोजनामा ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’...

लेवनानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौँ - संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापना कार्यका...

सहकारी बचतकर्ताको रकम फिर्ता गर्न कोष स्थापना गरिने

काठमाडौँ - सरकारले समस्याग्रस्त सहकारी संस्थामा जम्मा गरेका बचतकर्ताको...

नीति तथा कार्यक्रमको पहिलो प्राथमिकता पर्यो संविधान संशोधन

काठमाडौं - सरकारको नीति तथा कार्यक्रमको पहिलो प्राथमिकतामा संविधान...

धेरै पढिएको