राष्ट्रिय फोटो पत्रकार समूह तनहुँको अध्यक्षमा विष्णु गौतम

दमौली – राष्ट्रिय फोटो पत्रकार समूह नेपाल तनहुँ शाखाको अध्यक्षमा विष्णु गौतम निर्वाचित भएका छन् । शाखाको शनिबार सम्पन्न दोस्रो अधिवेशनबाट गौतमको अध्यक्षतामा नयॉ कार्यसमिति चयन भएको हो ।

शाखाको उपाध्यक्षमा अस्मिता खनाल, सचिवमा माधव पौडेल, सहसचिवमा सागर गिरी, कोषाध्यक्षमा शिला वाग्ले र सदस्यहरुमा श्रहरि पौडेल र उपेन्द्र खनाल चयन भएका छन् ।

यस्तै सल्लाहकारमा मदन वाग्ले, अमरराज नहर्की र शंकरराज नहर्की चयन भएका छन् ।

यसअघि अधिवेशनको उदघाटन गर्दै राष्ट्रिय फोटो पत्रकार समूह नेपालका केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तले फोटो बिना समाचार नहुने भएकाले फोटो पत्रकारिता सधै विश्वसनीय रहने बताए । फोटो पत्रकारहरु व्यावसायिक हुनुपर्ने बताउँदै वन्तले फोटो पत्रकारका लागि तालिम आवश्यक रहेको उल्लेख गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ तनहुँका पूर्व अध्यक्ष ओमकार आचार्य, प्रेस चौतारी नेपाल गण्डकी प्रदेशका कोषाध्यक्ष मदन तिमिल्सना, रिपोर्टस क्लव गण्डकी प्रदेश अध्यक्ष मदन वाग्ले लगायतले मन्तव्य राखेका थिए ।

सोही अवसरमा फोटो पत्रकारितामा योगदान पुर्याए बापत राष्ट्रिय समाचार समिति (रासस) का कृष्ण न्यौपाने, प्रादेशिक खबर दैनिकका मदन वाग्ले र प्रहार अनलाइनका शंकरराज नहर्कीलाई दोसल्ला र सम्मानपत्रले सम्मानित गरिएको थियो ।

सिफारिस

पशुपतिनाथ मन्दिर परिसरमा शतबीज छर्नेको भिड (तस्वीरहरू)

प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन आज बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज मनाइएको छ । आजको दिन पशुपतिनाथसहित देशभरका शिवालय परिसरमा दिवंगत पितृको...

कर्णालीलाई चितवनले ४ विकेटले हरायो (तस्वीरहरू)

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा कर्णाली याक्सलाई चितवन राइनोजले ४ विकेटले पराजित गरेको छ । टस हारेर पहिला व्याटिङ गरेको कर्णालीले...

एनपिएल: आज पनि र्कीतिपुरमा खेल हेर्नको भिड (तस्वीरहरू)

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज दुई खेल भइरहेका छन्। चारवटै टोलीमा विदेशी खेलाडीको सहभागिताले र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदानभित्र...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

कर्णालीलाई चितवनले ४ विकेटले हरायो (तस्वीरहरू)

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा...

एनपिएल: आज पनि र्कीतिपुरमा खेल हेर्नको भिड (तस्वीरहरू)

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज...

फ्लड लाइटको उज्यालोमा एनपीएल हेर्न झुम्मिएका दर्शक (तस्वीरहरू)

मौसम चिसिदै गएको मंसिरको प्रारम्भमा सुरु भएको नेपाल प्रिमियर...

 एनपिएल : उद्घाटन खेलमा जनकपुरविरुद काठमाडौंको जित

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा...

सुदूरपश्चिबाट एनपीएल खेल्ने क्रिस लिन नेपाल आइपुगे

काठमाडौँ - सुदूरपश्चिम रोयल्सबाट दोस्रो संस्करणको नेपाल प्रिमियर लिग...

फ्लड लाइटमा यस्तो देखियो त्रिवि क्रिकेट रंगाशाला (तस्वीरहरू)

काठमाडौँ - सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निमार्ण...

धेरै पढिएको