केपी ओली कप: आर्मी क्लबलाई पराजित गर्दै उपाधिमा मछिन्द्रको ह्याट्रिक (तस्वीरहरू)

काठमाडौँ : तेस्रो संस्करणको केपी ओली कप च्याम्पियनशिप फुटबल प्रतियोगिताको उपाधिमा मछिन्द्र फुटबल क्लबले ह्याट्रिक गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मछिन्द्रले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–० ले पराजित गर्दै लगातार तेस्रो पटक उपाधि जितेको हो।

आर्मीविरुद्ध मछिन्द्रले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो। दशरथ रंगशालामा खेलको २९औँ मिनेटमा आर्मीका विमल पाण्डेले आत्मघाती गोल गरेपछि मछिन्द्रले १–० को अग्रता कायम गरेको थियो।

त्यसपछि दोस्रो हाफमा आफ्नो दबदबा कायम राखेको मछिन्द्रले थप एक गोल गर्न सफल भयो। दोस्रो गोल मछिन्द्रका विदेशी खेलाडी स्टिफन जमाह जालीले खेलको ७३औँ मिनेटमा गरेका हुन्।

साँझ ६ बजे हुने फाइनल खेल हेर्नका लागि समर्थकहरु दिउँसो १ बजे नै मैदानमा पुगेका थिए। खेल सुरू हुनुअघि नै दशरथ रंगशालामा सिट भरिँदा पास र टिकट भएका कतिपय दर्शक रंगशालाबाहिरै अलपत्र परेपछि केही समय तनाव सिर्जना भएको थियो।

आयोजकले क्षमताभन्दा बढी पास बाँडेकाले भिआइपी पास भएका र टिकट काटेका सयौँ दर्शक रंगशालाबाहिरै अलपत्र परेका थिए।

फितलो व्यवस्थापनका कारण प्रवेशद्वारमा धकेलाधकेल हुँदा अफिसियललाई समेत भित्र पस्न कठिन भएपछि प्रहरीलाई भिड नियन्त्रणमा लिन हम्मेहम्मे परेको थियो।

फाइनल खेलमा फिफा विश्वकप विजेता इटलीका गोलकिपर जियानलुइजी बुफोन प्रमुख अतिथिको रूपमा मैदानमा पुगेका थिए। उनले रंगशालाको ट्र्याक परिक्रमा गर्दा दर्शकले हुटिङसहित स्वागत गरेका थिए।

हिजोमात्र नेपाल आइपुगेका बुफोनले आजै प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारी निवास बालुवाटरमा भेट गरेका थिए। त्यसपछि प्रधानमन्त्री ओली पनि खेल हेर्न र खेलाडीको हौसला बढाउन दशरथ रंगशाला पुगेका थिए।

खेलकुदमन्त्री तेजुलाल चौधरीले पनि फाइनल खेल हेरे। आजको खेलमा करिब १५ हजार दर्शक खेल हेर्न मैदानमा पुगेको आयोजकले जनाएको छ।

 

सिफारिस

पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुलको टोलीलाई राखेपद्वारा बिदाइ

काठमाडौं— राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठले फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुल आईबी...

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त उपसमितिले खानी तथा भूगर्भ विभागमा स्थलगत अनुगमन तथा अन्तरक्रिया गर्दै नेपालको खानी क्षेत्रलाई उत्पादन, उद्योग,...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ संस्करण आगामी असार २६ गते शुक्रबार आयोजना हुने भएको छ। रेडियो कान्तिपुरले मंगलबार काठमाडौंमा पत्रकार...

भर्खरै

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ...

हटाइयो गृहमन्त्रीकै सवारीबाट कालो स्टिकर

काठमाडौं - सवारी साधनमा जडान गरिएका अवैध कालो स्टिकर...

असार १५ मा किन खाइन्छ दही–चिउरा ? (तस्वीरहरू)

काठमाडौं — नेपालमा प्रत्येक वर्ष असार १५ लाई रोपाइँ...

धान खेती: हरितगृह ग्याँस उत्सर्जन तथा जलवायु परिवर्तन

आज असार-१५, अर्थात् राष्ट्रिय धान दिवस । नेपालको खाद्य...

बाली एक, जोखिम अनेक: चपेटामा ग्रामीण धान किसान

किसानले परिवारको पेट मात्रै पाल्दैनन्, सिंगो समाजको खाद्य सुरक्षाको...

धेरै पढिएको