केपी ओली कप: आर्मी क्लबलाई पराजित गर्दै उपाधिमा मछिन्द्रको ह्याट्रिक (तस्वीरहरू)

काठमाडौँ : तेस्रो संस्करणको केपी ओली कप च्याम्पियनशिप फुटबल प्रतियोगिताको उपाधिमा मछिन्द्र फुटबल क्लबले ह्याट्रिक गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मछिन्द्रले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–० ले पराजित गर्दै लगातार तेस्रो पटक उपाधि जितेको हो।

आर्मीविरुद्ध मछिन्द्रले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो। दशरथ रंगशालामा खेलको २९औँ मिनेटमा आर्मीका विमल पाण्डेले आत्मघाती गोल गरेपछि मछिन्द्रले १–० को अग्रता कायम गरेको थियो।

त्यसपछि दोस्रो हाफमा आफ्नो दबदबा कायम राखेको मछिन्द्रले थप एक गोल गर्न सफल भयो। दोस्रो गोल मछिन्द्रका विदेशी खेलाडी स्टिफन जमाह जालीले खेलको ७३औँ मिनेटमा गरेका हुन्।

साँझ ६ बजे हुने फाइनल खेल हेर्नका लागि समर्थकहरु दिउँसो १ बजे नै मैदानमा पुगेका थिए। खेल सुरू हुनुअघि नै दशरथ रंगशालामा सिट भरिँदा पास र टिकट भएका कतिपय दर्शक रंगशालाबाहिरै अलपत्र परेपछि केही समय तनाव सिर्जना भएको थियो।

आयोजकले क्षमताभन्दा बढी पास बाँडेकाले भिआइपी पास भएका र टिकट काटेका सयौँ दर्शक रंगशालाबाहिरै अलपत्र परेका थिए।

फितलो व्यवस्थापनका कारण प्रवेशद्वारमा धकेलाधकेल हुँदा अफिसियललाई समेत भित्र पस्न कठिन भएपछि प्रहरीलाई भिड नियन्त्रणमा लिन हम्मेहम्मे परेको थियो।

फाइनल खेलमा फिफा विश्वकप विजेता इटलीका गोलकिपर जियानलुइजी बुफोन प्रमुख अतिथिको रूपमा मैदानमा पुगेका थिए। उनले रंगशालाको ट्र्याक परिक्रमा गर्दा दर्शकले हुटिङसहित स्वागत गरेका थिए।

हिजोमात्र नेपाल आइपुगेका बुफोनले आजै प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारी निवास बालुवाटरमा भेट गरेका थिए। त्यसपछि प्रधानमन्त्री ओली पनि खेल हेर्न र खेलाडीको हौसला बढाउन दशरथ रंगशाला पुगेका थिए।

खेलकुदमन्त्री तेजुलाल चौधरीले पनि फाइनल खेल हेरे। आजको खेलमा करिब १५ हजार दर्शक खेल हेर्न मैदानमा पुगेको आयोजकले जनाएको छ।

 

सिफारिस

टि२० विश्वकप छनोट: नेपालद्वारा जापान ५ विकेटले पराजित

टि२० विश्वकप छनोट अन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा जापानलाई ५ विकेटले पराजित गर्दै सुपर सिक्समा २ अंक जोडेको छ । यस हारले जापान...

एकनाथ ढकालले फिर्ता गरे कूटनीतिक राहदानी

काठमाडौँ - संघीय संसद्—प्रतिनिधि सभाका पूर्व सदस्य एकनाथ ढकालले आफ्नो सांसदकालमा प्राप्त कूटनीतिक राहदानी फिर्ता गरेका छन्। बिहीबार राहदानी विभाग पुगेर ढकालका स्वकीय सचिव जितेन्द्र...

कहीँ नभएको जात्रा हाँडी गाउँमा (तस्वीरहरू)

काठमाडौं - कार्तिक कृष्ण प्रतिपदाको अवसरमा आज हाडीगाउँका स्थानीयले परम्परागत चोक्ते नारायणको जात्रा मनाएका छन्। उल्टो रथमा देवतालाई राखेर परिक्रमा गराउने अनौठो चलनका कारण...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

एकनाथ ढकालले फिर्ता गरे कूटनीतिक राहदानी

काठमाडौँ - संघीय संसद्—प्रतिनिधि सभाका पूर्व सदस्य एकनाथ ढकालले...

कहीँ नभएको जात्रा हाँडी गाउँमा (तस्वीरहरू)

काठमाडौं - कार्तिक कृष्ण प्रतिपदाको अवसरमा आज हाडीगाउँका स्थानीयले...

आइयूसीएनको रिजनल काउन्सिलरमा नेपालकी रोशनी पाठकको एकल उम्मेदवारी

काठमाडौँ - अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (IUCN) को साउथ...

बलराम पुडासैनीको वर पिपलु बोलको गीत सार्वजनिक

हेटौंडा - गायक एवम् पत्रकार बलराम पुडासैनीको वर पिपलु...

कहाँ गए यी १८ प्रहरी जवान ? ७ दिनभित्र हाजिर नभए जागिर चैट

काठमाडौँ - प्रहरी प्रधान कार्यालय नक्सालले सम्पर्क बाहिर रहेका...

स्वम्भूबाट देखिएको काठमाडौं (तस्वीरहरू)

शुक्रबार र शनिबारको अविरल वर्षापछि आज(सोमबार)काठमाडौंको मौसम खुलेको छ...

धेरै पढिएको