को हुन् प्रहरी महानिरीक्षक बनेका दीपक थापा?

नेपाल प्रहरीको ३१औं प्रहरी महानिरीक्षक (आईजीपी) मा दीपक थापा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रहरी महानिरीक्षकको जिम्मेवारी दिने निर्णय गरेको हो। आईजीपी वसन्त कुँवर अवकाशमा गएपछि सरकारले थापालाई यो जिम्मेवारी दिएको हो।

को हुन् थापा?

२०२८ मंसिर ८ गते भक्तपुरको सिपाडोलमा जन्मिएका थापाले कानुनमा स्नातक तथा राजनीतिकशास्त्र र जनप्रशासनमा स्नातकोत्तर गरेका छन्। उनी २०५२ साल भदौ १९ गते नेपाल प्रहरी सेवामा प्रवेश गरेका थिए। प्रहरी सेवामा आफ्नो करियरको क्रममा उनले विभिन्न महत्वपूर्ण जिम्मेवारीहरू सम्हालेका छन्।

प्रहरी सेवाको प्रारम्भिक दिनहरूमा थापाले बनेपा, बुटवल र गरुडा इलाका प्रहरी कार्यालयमा काम गरे। उनले नेपाल प्रहरी स्कुल साँगा, डोटी र रौतहटको विद्यालय प्रमुखको रूपमा समेत जिम्मेवारी सम्हाले।

थापा काठमाडौं उपत्यकामा महानगरीय प्रहरी वृत्त महाराजगन्जको प्रमुखको रूपमा कार्यरत रहेका थिए। उनले रुकुम, खोटाङ, सुनसरी, मोरङ, मकवानपुर र चितवन जिल्लाका प्रहरी प्रमुखको रूपमा पनि सेवा गरे। महाराजगन्ज र बुटवल प्रहरी तालिम केन्द्रको नेतृत्व लिएका उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत र बुटवल कार्यालयमा पनि प्रमुखको भूमिका निर्वाह गरेका थिए।

त्यसपछि उनी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, बागमती प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रधान कार्यालयको प्रबन्ध निर्देशनालय, प्रशासन विभाग, तथा काठमाडौं उपत्यका प्रहरी कार्यालयको नेतृत्व गर्दै आएका थिए।

शान्ति मिसनअन्तर्गत सुडान र लाइबेरियामा सेवा गरेका थापाले विदेश र स्वदेशमा गरी २५ वटा तालिमहरूमा सहभागिता जनाएका छन्। प्रहरी सेवामा उनले उल्लेखनीय योगदान पुर्‍याएबापत विभिन्न सम्मान प्राप्त गरेका छन्। उनलाई प्रबल जनसेवाश्री, सुप्रबल जनसेवाश्री तथा संयुक्त राष्ट्र संघका तीनवटा पदकसहित विभिन्न ८ वटा पदक तथा विभूषण प्रदान गरिएको छ।

थापा प्रहरी कार्य, मानव स्रोत व्यवस्थापन, अपराध अनुसन्धान, व्यवस्थापन तथा विपद् व्यवस्थापनका विज्ञको रूपमा परिचित छन्।

सिफारिस

पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुलको टोलीलाई राखेपद्वारा बिदाइ

काठमाडौं— राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठले फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुल आईबी...

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त उपसमितिले खानी तथा भूगर्भ विभागमा स्थलगत अनुगमन तथा अन्तरक्रिया गर्दै नेपालको खानी क्षेत्रलाई उत्पादन, उद्योग,...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ संस्करण आगामी असार २६ गते शुक्रबार आयोजना हुने भएको छ। रेडियो कान्तिपुरले मंगलबार काठमाडौंमा पत्रकार...

भर्खरै

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ...

हटाइयो गृहमन्त्रीकै सवारीबाट कालो स्टिकर

काठमाडौं - सवारी साधनमा जडान गरिएका अवैध कालो स्टिकर...

असार १५ मा किन खाइन्छ दही–चिउरा ? (तस्वीरहरू)

काठमाडौं — नेपालमा प्रत्येक वर्ष असार १५ लाई रोपाइँ...

धान खेती: हरितगृह ग्याँस उत्सर्जन तथा जलवायु परिवर्तन

आज असार-१५, अर्थात् राष्ट्रिय धान दिवस । नेपालको खाद्य...

बाली एक, जोखिम अनेक: चपेटामा ग्रामीण धान किसान

किसानले परिवारको पेट मात्रै पाल्दैनन्, सिंगो समाजको खाद्य सुरक्षाको...

धेरै पढिएको