को हुन् प्रहरी महानिरीक्षक बनेका दीपक थापा?

नेपाल प्रहरीको ३१औं प्रहरी महानिरीक्षक (आईजीपी) मा दीपक थापा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रहरी महानिरीक्षकको जिम्मेवारी दिने निर्णय गरेको हो। आईजीपी वसन्त कुँवर अवकाशमा गएपछि सरकारले थापालाई यो जिम्मेवारी दिएको हो।

को हुन् थापा?

२०२८ मंसिर ८ गते भक्तपुरको सिपाडोलमा जन्मिएका थापाले कानुनमा स्नातक तथा राजनीतिकशास्त्र र जनप्रशासनमा स्नातकोत्तर गरेका छन्। उनी २०५२ साल भदौ १९ गते नेपाल प्रहरी सेवामा प्रवेश गरेका थिए। प्रहरी सेवामा आफ्नो करियरको क्रममा उनले विभिन्न महत्वपूर्ण जिम्मेवारीहरू सम्हालेका छन्।

प्रहरी सेवाको प्रारम्भिक दिनहरूमा थापाले बनेपा, बुटवल र गरुडा इलाका प्रहरी कार्यालयमा काम गरे। उनले नेपाल प्रहरी स्कुल साँगा, डोटी र रौतहटको विद्यालय प्रमुखको रूपमा समेत जिम्मेवारी सम्हाले।

थापा काठमाडौं उपत्यकामा महानगरीय प्रहरी वृत्त महाराजगन्जको प्रमुखको रूपमा कार्यरत रहेका थिए। उनले रुकुम, खोटाङ, सुनसरी, मोरङ, मकवानपुर र चितवन जिल्लाका प्रहरी प्रमुखको रूपमा पनि सेवा गरे। महाराजगन्ज र बुटवल प्रहरी तालिम केन्द्रको नेतृत्व लिएका उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत र बुटवल कार्यालयमा पनि प्रमुखको भूमिका निर्वाह गरेका थिए।

त्यसपछि उनी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, बागमती प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रधान कार्यालयको प्रबन्ध निर्देशनालय, प्रशासन विभाग, तथा काठमाडौं उपत्यका प्रहरी कार्यालयको नेतृत्व गर्दै आएका थिए।

शान्ति मिसनअन्तर्गत सुडान र लाइबेरियामा सेवा गरेका थापाले विदेश र स्वदेशमा गरी २५ वटा तालिमहरूमा सहभागिता जनाएका छन्। प्रहरी सेवामा उनले उल्लेखनीय योगदान पुर्‍याएबापत विभिन्न सम्मान प्राप्त गरेका छन्। उनलाई प्रबल जनसेवाश्री, सुप्रबल जनसेवाश्री तथा संयुक्त राष्ट्र संघका तीनवटा पदकसहित विभिन्न ८ वटा पदक तथा विभूषण प्रदान गरिएको छ।

थापा प्रहरी कार्य, मानव स्रोत व्यवस्थापन, अपराध अनुसन्धान, व्यवस्थापन तथा विपद् व्यवस्थापनका विज्ञको रूपमा परिचित छन्।

सिफारिस

टि२० विश्वकप छनोट: नेपालद्वारा जापान ५ विकेटले पराजित

टि२० विश्वकप छनोट अन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा जापानलाई ५ विकेटले पराजित गर्दै सुपर सिक्समा २ अंक जोडेको छ । यस हारले जापान...

एकनाथ ढकालले फिर्ता गरे कूटनीतिक राहदानी

काठमाडौँ - संघीय संसद्—प्रतिनिधि सभाका पूर्व सदस्य एकनाथ ढकालले आफ्नो सांसदकालमा प्राप्त कूटनीतिक राहदानी फिर्ता गरेका छन्। बिहीबार राहदानी विभाग पुगेर ढकालका स्वकीय सचिव जितेन्द्र...

कहीँ नभएको जात्रा हाँडी गाउँमा (तस्वीरहरू)

काठमाडौं - कार्तिक कृष्ण प्रतिपदाको अवसरमा आज हाडीगाउँका स्थानीयले परम्परागत चोक्ते नारायणको जात्रा मनाएका छन्। उल्टो रथमा देवतालाई राखेर परिक्रमा गराउने अनौठो चलनका कारण...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

एकनाथ ढकालले फिर्ता गरे कूटनीतिक राहदानी

काठमाडौँ - संघीय संसद्—प्रतिनिधि सभाका पूर्व सदस्य एकनाथ ढकालले...

कहीँ नभएको जात्रा हाँडी गाउँमा (तस्वीरहरू)

काठमाडौं - कार्तिक कृष्ण प्रतिपदाको अवसरमा आज हाडीगाउँका स्थानीयले...

आइयूसीएनको रिजनल काउन्सिलरमा नेपालकी रोशनी पाठकको एकल उम्मेदवारी

काठमाडौँ - अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (IUCN) को साउथ...

बलराम पुडासैनीको वर पिपलु बोलको गीत सार्वजनिक

हेटौंडा - गायक एवम् पत्रकार बलराम पुडासैनीको वर पिपलु...

कहाँ गए यी १८ प्रहरी जवान ? ७ दिनभित्र हाजिर नभए जागिर चैट

काठमाडौँ - प्रहरी प्रधान कार्यालय नक्सालले सम्पर्क बाहिर रहेका...

स्वम्भूबाट देखिएको काठमाडौं (तस्वीरहरू)

शुक्रबार र शनिबारको अविरल वर्षापछि आज(सोमबार)काठमाडौंको मौसम खुलेको छ...

धेरै पढिएको