नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त कुलमान घिसिङको रिट निवेदन ‘हेर्न नमिल्ने’ भएको छ।
आज रिट सुनुवाइका लागि सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश सारंगा सुवेदीको संयुक्त इजलासमा तोकिएको थियो।
तर सो इजलासले उनको रिट हेर्न नमिल्ने भन्दै पन्छाएको हो। विद्युत् प्राधिकरणका नवनियुक्त हितेन्द्रदेव शाक्यको रिट पनि सोही इजलासमा परेको छ। शाक्यले आफू पनि यसअघि घिसिङझैं पदमुक्त भएका विवरण उल्लेख गर्दै उनी पदको हकदार नभएको जिकिर गरेका छन् ।
शुक्रबार न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले दुवै रिटका पक्ष र विपक्षलाई छलफलका लागि आज अदालत बोलाएको थियो।