प्रधानमन्त्री ओलीले कुलमानबारे संसदमा दिए यस्तो जवाफ 

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन कायम गर्ने सन्दर्भमा प्रश्न उठ्नु स्वाभाविक भएको बताएका छन्। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाइएको विषयमा प्रतिपक्षले संसद अवरोध गरेपछि आज संसदमा सम्बोधन गर्दै उनले कर्मचारी सरुवा तथा पदमुक्ति सामान्य प्रक्रिया भएको स्पष्ट पारे।

प्रधानमन्त्री ओलीले सरकारलाई राष्ट्रसेवक कर्मचारीसँग स्पष्टिकरण माग्न, सरुवा गर्न वा पदमुक्त गर्न कानुनी अधिकार रहेको बताए। उनले भने, “सामान्यतः कुनै पनि कर्मचारीबाट विभागीय मन्त्रीले आफूप्रति लोयल्टी फिल गरेन भने चेन अफ कमाण्डले काम गर्दैन। विभागीय मन्त्रीको निर्णय सही वा गलत छ भन्ने परीक्षण हुने ठाउँमा नै हुनेछ। सरुवा गर्ने, जगेडामा राख्ने वा स्पष्टिकरण माग्ने काम कुनै पनि सरकारले गर्दै आएको विषय हो।”

ओलीले कुनै निर्णयप्रति असन्तुष्टि भए कानुनी उपचार खोज्न सकिने जानकारी गराए। “चित्त नबुझ्ने पक्षले कानुनी उपचारको हक राख्छ, यो प्रक्रिया जहिले पनि हुँदै आएको छ।”

प्रधानमन्त्री ओलीले कुलमान घिसिङको नाम नलिई सरकारले लिएको निर्णयको बचाउ गरे। उनले संसद अवरोध हुनु अनुचित भएको बताउँदै भने, “महत्वपूर्ण संसदीय कार्यहरू प्रभावित हुने गरी संसद अवरोध गर्नु उचित होइन।”

प्रधानमन्त्री ओलीले यस विषयमा थप बहस आवश्यक नभएको उल्लेख गर्दै भने, “यो विषय सम्मानित अदालतमा विचाराधीन छ, त्यसैले संसदमा यसबारे थप चर्चा गर्नु विधिसम्मत हुँदैन।”

सिफारिस

सकियो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम, पाँच रेडियोलाई सम्मान

काठमाडौं — नेपाली सेनाद्वारा जङ्गी अड्डामा सञ्चालन गरिएको चार दिने “रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम (Defence Correspondent Orientation Programme, DCOP)” आज सम्पन्न भएको छ। वैशाख २८...

राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३ सम्पन्न

काठमाडौं — नेपाली सेनाको आयोजनामा जङ्गी अड्डामा सञ्चालन भएको छैटौँ संस्करणको एकदिने “राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३” आज सम्पन्न भएको छ। गोष्ठीको समापन प्रधान सेनापति...

एसईईको नतिजा सार्वजनिक, कति भए पास ?

काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज नतिजा सार्वजनिक गरेको हो। नतिजा अनुसार ६५.९८ प्रतिशत परीक्षार्थी उत्तीर्ण...

भर्खरै

राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३ सम्पन्न

काठमाडौं — नेपाली सेनाको आयोजनामा जङ्गी अड्डामा सञ्चालन भएको...

एसईईको नतिजा सार्वजनिक, कति भए पास ?

काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको...

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु

काठमाडौँ —  नेपाली सेनाको आयोजनामा ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’...

लेवनानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौँ - संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापना कार्यका...

सहकारी बचतकर्ताको रकम फिर्ता गर्न कोष स्थापना गरिने

काठमाडौँ - सरकारले समस्याग्रस्त सहकारी संस्थामा जम्मा गरेका बचतकर्ताको...

नीति तथा कार्यक्रमको पहिलो प्राथमिकता पर्यो संविधान संशोधन

काठमाडौं - सरकारको नीति तथा कार्यक्रमको पहिलो प्राथमिकतामा संविधान...

धेरै पढिएको