राष्ट्रिय प्रसारण ग्रीडका सिइओ श्रेष्ठले लिए शपथ, उर्जामन्त्रीले दिए यस्तो निर्देशन

काठमाडौँ – राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड (आरपीजीसीएल) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्जिनीयर सागर श्रेष्ठले शपथग्रहण लिनुभएको छ ।
आरपीजीसीएलको चैत १८ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको सिईओमा नियुक्त हुनुभएका श्रेष्ठले आज उर्जा मन्त्रालयमा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको उपस्थितीमा शपथग्रहण लिनुभएको हो ।
उहाँलाई कम्पनीका अध्यक्ष एवम् उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सुरेश आचार्यले शपथग्रहण गराउनुभएको हो । यसअघि उहाँ ललितपुरस्थित जनकपुर ईन्जिनीयर कलेजको प्रिन्सिपल हुनुहुन्थ्यो ।
उहाँलाई चार वर्षको कार्यकालका लागि नियुक्त गरिएको हो । सात जना उम्मेदवारमध्ये अन्तिम प्रस्तुती तथा अन्तर्वार्ताबाट छनोट गर्दै उहाँलाई कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो ।
शपथग्रहण समारोहमा बोल्दै उर्जामन्त्री खड्काले सरकारले लिएको उर्जा विकासको लक्ष्यलाई पुरा गर्न प्रसारण लाइनको महत्वपूर्ण भूमिका रहेको भन्दै विद्युत् प्रसारण प्रणालीलाई व्यवस्थित, भरपर्दो तथा प्रभावकारी बनाउने गरी काम गर्न निर्देशन दिनुभयो ।
मन्त्री खड्काले कतिपय जलविद्युत आयोजना निर्माण सम्पन्न भएपनि प्रसारण लाईनको अभावका कारण उत्पादित विद्युत खेर जानुपर्ने अवस्था सिर्जना भएको भन्दै अब त्यस्तो समस्या उत्पन्न हुन नदिनेगरी काम गर्न निर्देशन दिनुभयो ।
“युवा हुनुहुन्छ, आम जनताको विश्वास र भरोसा नटुट्नेगरी अगाडि बढ्नुहोस्,”– उहाँले भन्नुभयो । उहाँले कम्पनीमा कार्यरत कर्मचारीलाई विश्वासमा लिएर आन्तरिक र अन्तरदेशीय प्रसारण लाइनलाई अगाडि बढाउन कम्पनीले भूमिका खेल्नुपर्ने उल्लेख गर्नुभयो ।
कम्पनीका अध्यक्ष एवम् मन्त्रालयका सचिव आचार्यले मन्त्रालयले सार्वजनिक–निजी साझेदारीअन्तर्गत प्रसारण लाईन निर्माण गर्ने निर्णय गरिसकेको भन्दै निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्न निर्देशन दिनुभयो ।
“कम्पनीमा कार्यरत कर्मचारीलाई विश्वासमा लिएर अरु कम्पनी र निजी क्षेत्रसँग सहकार्य गरी मन्त्रालयसँग समन्वय गरेर अगाडि बढ्नुहोस्,”– उहाँले भन्नुभयो । उहाँले नेपाल विद्युत प्राधिकरणसँग समन्वय गरेर कम्पनीलाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।
आरपिजीसियलका नवनियुक्त सिईओ श्रेष्ठले मन्त्रालयले दिएको जिम्मेवारीलाई इमान्दारीतापूर्वक पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कम्पनीलाई अगाडि बढाउन आफ्नो योग्यता र क्षमताको भरपुर प्रयोग गर्ने उहाँको भनाई थियो ।

सिफारिस

ज्वालामूखी गाउँपालिकाको नाममा लिखित जवाफ पेस गर्न आदेश

काठमाडौं - धादिङको ज्वालामूखी गाउँपालिकालाई लिखित जवाफ पेश गर्न राष्ट्रिय सूचना आयोगले आदेश गरेको छ । नेप्लिज टाइम्स डटकमका कार्यकारी सम्पादकसमेत रहेका ज्वालामूखी गाउँपालिका...

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेका छन्। , मन्त्री दिपक खड्कासँग बारम्बार विवादमा परेको र नेपाली कांग्रेसका सभापति शेरबहादुर...

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । भट्टराईले सोमबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएकी हुन् । प्रधानमन्त्रीको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले...

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा...

शिक्षकको माग वार्ता मार्फत समाधान गर्न सरकार प्रतिबद्ध छ : ऊर्जामन्त्री खड्का

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले...

पत्रकार मञ्चको नयाँ कार्यसमितिको पहिलो बैठकले गर्यो यस्ता निर्णय

काठमाडौं-  नेपाल पत्रकार मञ्चको सातौँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको...

ऊर्जामन्त्री खड्काको निमन्त्रणामा भारतका विद्युतमन्त्री नेपाल आउँदै

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको...

ग्याङटोक: प्राकृतिक सौन्दर्य र आत्मीय संस्कृतिको अनुपम संगम (तस्वीरहरू)

सिक्किमको राजधानी ग्याङटोकको मेरो हालैको भ्रमण एक अविस्मरणीय अनुभव...

धेरै पढिएको