राष्ट्रिय प्रसारण ग्रीडका सिइओ श्रेष्ठले लिए शपथ, उर्जामन्त्रीले दिए यस्तो निर्देशन

काठमाडौँ – राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड (आरपीजीसीएल) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्जिनीयर सागर श्रेष्ठले शपथग्रहण लिनुभएको छ ।
आरपीजीसीएलको चैत १८ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको सिईओमा नियुक्त हुनुभएका श्रेष्ठले आज उर्जा मन्त्रालयमा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको उपस्थितीमा शपथग्रहण लिनुभएको हो ।
उहाँलाई कम्पनीका अध्यक्ष एवम् उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सुरेश आचार्यले शपथग्रहण गराउनुभएको हो । यसअघि उहाँ ललितपुरस्थित जनकपुर ईन्जिनीयर कलेजको प्रिन्सिपल हुनुहुन्थ्यो ।
उहाँलाई चार वर्षको कार्यकालका लागि नियुक्त गरिएको हो । सात जना उम्मेदवारमध्ये अन्तिम प्रस्तुती तथा अन्तर्वार्ताबाट छनोट गर्दै उहाँलाई कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो ।
शपथग्रहण समारोहमा बोल्दै उर्जामन्त्री खड्काले सरकारले लिएको उर्जा विकासको लक्ष्यलाई पुरा गर्न प्रसारण लाइनको महत्वपूर्ण भूमिका रहेको भन्दै विद्युत् प्रसारण प्रणालीलाई व्यवस्थित, भरपर्दो तथा प्रभावकारी बनाउने गरी काम गर्न निर्देशन दिनुभयो ।
मन्त्री खड्काले कतिपय जलविद्युत आयोजना निर्माण सम्पन्न भएपनि प्रसारण लाईनको अभावका कारण उत्पादित विद्युत खेर जानुपर्ने अवस्था सिर्जना भएको भन्दै अब त्यस्तो समस्या उत्पन्न हुन नदिनेगरी काम गर्न निर्देशन दिनुभयो ।
“युवा हुनुहुन्छ, आम जनताको विश्वास र भरोसा नटुट्नेगरी अगाडि बढ्नुहोस्,”– उहाँले भन्नुभयो । उहाँले कम्पनीमा कार्यरत कर्मचारीलाई विश्वासमा लिएर आन्तरिक र अन्तरदेशीय प्रसारण लाइनलाई अगाडि बढाउन कम्पनीले भूमिका खेल्नुपर्ने उल्लेख गर्नुभयो ।
कम्पनीका अध्यक्ष एवम् मन्त्रालयका सचिव आचार्यले मन्त्रालयले सार्वजनिक–निजी साझेदारीअन्तर्गत प्रसारण लाईन निर्माण गर्ने निर्णय गरिसकेको भन्दै निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्न निर्देशन दिनुभयो ।
“कम्पनीमा कार्यरत कर्मचारीलाई विश्वासमा लिएर अरु कम्पनी र निजी क्षेत्रसँग सहकार्य गरी मन्त्रालयसँग समन्वय गरेर अगाडि बढ्नुहोस्,”– उहाँले भन्नुभयो । उहाँले नेपाल विद्युत प्राधिकरणसँग समन्वय गरेर कम्पनीलाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।
आरपिजीसियलका नवनियुक्त सिईओ श्रेष्ठले मन्त्रालयले दिएको जिम्मेवारीलाई इमान्दारीतापूर्वक पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कम्पनीलाई अगाडि बढाउन आफ्नो योग्यता र क्षमताको भरपुर प्रयोग गर्ने उहाँको भनाई थियो ।

सिफारिस

अमेरिकाविरुद्ध नेपालको शानदार जीत, कुशल भुर्तेलले हाने शतक

काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले जित निकालेको छ। भर्खरै सम्पन्न खेलमा नेपालले अमेरिकालाई ९ विकेटले हराएको हो। १९६ रनको लक्ष्य नेपालले ३६.४...

सकियो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम, पाँच रेडियोलाई सम्मान

काठमाडौं — नेपाली सेनाद्वारा जङ्गी अड्डामा सञ्चालन गरिएको चार दिने “रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम (Defence Correspondent Orientation Programme, DCOP)” आज सम्पन्न भएको छ। वैशाख २८...

राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३ सम्पन्न

काठमाडौं — नेपाली सेनाको आयोजनामा जङ्गी अड्डामा सञ्चालन भएको छैटौँ संस्करणको एकदिने “राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३” आज सम्पन्न भएको छ। गोष्ठीको समापन प्रधान सेनापति...

भर्खरै

सकियो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम, पाँच रेडियोलाई सम्मान

काठमाडौं — नेपाली सेनाद्वारा जङ्गी अड्डामा सञ्चालन गरिएको चार...

राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३ सम्पन्न

काठमाडौं — नेपाली सेनाको आयोजनामा जङ्गी अड्डामा सञ्चालन भएको...

एसईईको नतिजा सार्वजनिक, कति भए पास ?

काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको...

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु

काठमाडौँ —  नेपाली सेनाको आयोजनामा ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’...

लेवनानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौँ - संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापना कार्यका...

सहकारी बचतकर्ताको रकम फिर्ता गर्न कोष स्थापना गरिने

काठमाडौँ - सरकारले समस्याग्रस्त सहकारी संस्थामा जम्मा गरेका बचतकर्ताको...

धेरै पढिएको