प्रभावकारी बन्दै ऊर्जा मन्त्रालयको हटलाइन सेवा, एक महिनामै १९ सय उजुरी

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सञ्चालनमा ल्याएको हटलाइन सेवा (११५१) प्रभावकारी बन्दै गएको छ। उक्त सेवाको प्रभावकारिताले नागरिकहरू खुशी भएका छन्। अनावश्यक ढिलासुस्ती, सूचना बिना नै बत्ती काट्ने, मिटर नपाउने, ट्रान्सफर्मर जल्ने, अनियमित मिटर रिडिङ तथा अनावश्यक झन्झट जस्ता विद्युत् प्राधिकरणका विभिन्न समस्याका गुनासोहरू समाधान गर्न हटलाइन सेवा प्रभावकारी सावित भएको छ।

मन्त्रालयको निर्देशनअनुसार हटलाइनमा आएका गुनासोलाई यथाशक्य चाँडो सम्बोधन गर्न समन्वय गरिने गरेको छ। ऊर्जामन्त्री दिपक खड्काले हटलाइन सेवाको प्रभावकारिता बढाउन निर्देशन दिएसँगै गुनासो टिपाउने तथा समाधान गराउने कार्य झन् प्रभावकारी भएको हटलाइन शाखाका कर्मचारीहरूले बताएका छन्।

नागरिकको सहजताका लागि ऊर्जा मन्त्रालयले हटलाइनलाई २४ घण्टे सेवा बनाएको छ, जसअन्तर्गत तीन सिफ्टमा कर्मचारी खटिएका छन्। हटलाइन सेवाका प्रमुख रामकृष्ण पौडेलका अनुसार गुनासो आउनेबित्तिकै सम्बन्धित कार्यालय र वितरण केन्द्रका प्रमुखलाई जानकारी दिइन्छ र समाधानका लागि तत्काल कदम चालिन्छ।

गुनासो र समाधानका प्राथमिकता हटलाइन सेवा मार्फत प्राप्त गुनासोहरूमध्ये गएको फागुन महिनामा १९०२ वटा उजुरी दर्ता भएका छन्। भने चालु चैत्र महिनामा मात्र पनि एक हजारभन्दा बढी गुनासो दर्ता भएको बताइन्छ । तीमध्ये धेरैजसो उजुरी ट्रान्सफर्मर जलेको, पोल ढलेको, विद्युत् आपूर्तिमा अवरोध, भोल्टेज कम आउनुजस्ता विषयमा रहेका छन्। ट्रान्सफर्मर फेर्ने, क्षमता घटबढ, आगलागीलगायतका समस्याहरू पनि दर्ता गराइएको हटलाइन सेवामा कार्यरत सुपरभाइजर एकबहादुर महर्जनले भने ।

फेसबुक, भाइबर लगायतका डिजिटल माध्यमबाट पनि सेवाग्राहीहरूले गुनासो गर्ने गरेका छन्। केही उजुरीहरू बायोग्यास तथा वैकल्पिक ऊर्जा सम्बन्धी, जल तथा मौसम सम्बन्धी जानकारीका लागि तथा इभी चार्जिङसम्बन्धी समस्या समाधानका लागि आउने गरेको महर्जनले बताए ।

“चुहावट नियन्त्रणमा पनि प्रभावकारी हटलाइन हटलाइन सेवामा विद्युत् चुहावटसम्बन्धी जानकारी प्राप्त भएपछि उजुरीकर्ताको परिचय गोप्य राखी सम्बन्धित निकायलाई निर्देशन दिइने गरिएको छ। यसबाट विद्युत् चुहावट नियन्त्रणमा सकारात्मक प्रभाव परेको छ”-महर्जनले भने ।

सबैभन्दा बढी गुनासो बागमती र मधेश प्रदेशबाट मन्त्रालयको हटलाइन सेवामा बागमती र मधेश प्रदेशबाट सबैभन्दा बढी गुनासो प्राप्त भएको छ। यी क्षेत्रहरूमा विद्युत् आपूर्तिका समस्याहरूलाई सम्बोधन गर्न थप जनशक्ति परिचालन गरिएको छ। हटलाइन सेवामा कार्यरत रामकृष्ण पौडेल, एकबहादुर महर्जन, भूपराज खनाल, भैरव चन्द, धर्मकुमारी लामिछाने, मैना थापा, गीता विष्ट लगायतका कर्मचारीहरूले निरन्तर सेवा दिइरहेका छन्।

मन्त्रालयमै सिधै गुनासो गर्न पाउने व्यवस्था भएपछि जिल्लास्थित कार्यालयमा हुने ढिलासुस्ती हाल हट्दै गएको उपभेक्ताहरु बताउँछन् ।

ऊर्जा मन्त्रालयको हटलाइन सेवा विस्तार र प्रविधिमा आधारित प्रभावकारी व्यवस्थापनका कारण नागरिकहरूको विश्वास बढ्दै गएको छ। सेवाग्राहीहरूको गुनासो तुरुन्त सम्बोधन गर्न सकिने भएकाले मन्त्रालयले आगामी दिनमा पनि सेवा अझ परिष्कृत गर्दै लैजाने जनाएको छ

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको