वरिष्ठ पत्रकार भैरव रिसालको निधन

काठमाडौं – वरिष्ठ पत्रकार भैरव रिसालको ९७ वर्षको उमेरमा निधन भएको छ। उहाँको शनिबार राति पौने ८ बजे बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा निधन भएको हो।

रिसालले जीवित रहँदै आफ्नो शरीर मेडिकल अध्ययनका लागि दान गर्ने निर्णय गर्नुभएको थियो। सोहीअनुसार उहाँको पार्थिव शरीर पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिँदैछ।

पञ्चायतकालदेखि सक्रिय पत्रकारिता यात्रा सुरु गर्नुभएका भैरव रिसालले लामो समय राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत रहँदै पत्रकारितामा गहिरो योगदान दिनुभयो। राससमा प्रमुख संवाददाता भएर अवकाश लिनुभएका रिसाल वातावरण पत्रकारिता र रेडियो सगरमाथा सँग पनि संलग्न हुनुहुन्थ्यो। रेडियो सगरमाथाको स्थापना कालदेखि नै संलग्न रहनुभएका रिसाल “रेडियो कुराकानी” र “उहिले बाजेका पालामा” कार्यक्रममार्फत आफ्नो विचार प्रस्तुत गर्नुहुन्थ्यो।

उहाँ जयतु संस्कृतम् आन्दोलनमा समेत सक्रिय रहनुभएको थियो। जीवनभर समाज, भाषा, संस्कार र पत्रकारिताको सेवामा समर्पित भैरव रिसालको निधनले नेपाली पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको छ।

सिफारिस

कलात्मक गुँड बुन्दै प्रेम र सिपको प्रतीक तोप चरा (तस्वीरहरू)

काठमाडौँ - भँगेरा वर्गमा पर्ने तोप चरा (बया) आफ्नो अद्भुत गुँड निर्माण कला र रोचक प्रजनन व्यवहारका कारण परिचित छ। इन्जिनियरिङ सीपका कारण यसलाई...

यस्तो छ अर्थमन्त्री स्वर्णिमको पहिलो बजेट (पूर्णपाठ)

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट प्रस्तुत गरेको छ। संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा शुक्रबार...

बढ्यो कर्मचारीको तलब ,अब न्युनतम ४० हजार

सरकारले कर्मचारीको तलब २१ प्रतिशतले बढाएको छ। योसँगै उनीहरुले न्यूनतम ४० हजार पाउने भएका छन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका अनुसार आधारभूत तलबमानमा १० प्रतिशत,...

भर्खरै

यस्तो छ अर्थमन्त्री स्वर्णिमको पहिलो बजेट (पूर्णपाठ)

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २१ खर्ब...

बढ्यो कर्मचारीको तलब ,अब न्युनतम ४० हजार

सरकारले कर्मचारीको तलब २१ प्रतिशतले बढाएको छ। योसँगै उनीहरुले...

बजेट प्रस्तुत भइरहँदा सांसद हर्क साम्पाङ संसदबाट बाहिरिए

काठमाडौँ - आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत भइरहेका...

अब बन्छ देश भन्दै टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस (तस्वीरहरू)

काठमाडौं - संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १८ वर्ष...

रविन्द्र ढाँटले रचे इतिहासः यूएफसीको सेमिफाइनलमा प्रवेश

काठमाडौं- नेपालका रवीन्द्र ढाँटले यूएफसीको छनोट प्रतियोगिता रोड टु...

धेरै पढिएको