डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन ऊर्जामन्त्री खड्काको निर्देशन

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले डेडिकेटेड फिडर र ट्रंकलाईनको बाँकी बक्यौता रकम यकीन गरेर तत्काल उठाउन निर्देशन दिनुभएको छ ।

बुधवार मन्त्रालयमा ऊर्जा सचिव सुरेश आचार्य, विद्युत नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धिताल र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई बोलाएर ट्रंकलाइन र डेडिकेटेड फिडर लाइनको बक्यौता उठाउन निर्देशन दिनु भएको हो ।

मुलतः २०७२ माघदेखि २०७५ वैशाखसम्म उद्योगलाई विद्युत उपलब्ध गराइएको ट्रंकलाइन र डेडिकेटेड लाइनको महसुल सम्बन्धि विषयमा विवाद रहँदै आएको छ । विद्युत महसुल विवाद समाधान गर्न सरकारले सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठित समितिले दिएको प्रतिवेदनको आधारमा बाँकी बक्यौता उठाउन मन्त्री खड्काले निर्देशन दिनु भएको हो । आयोगको प्रतिवेदनमा ट्रंकलाइन र डेडिकेटेड लाइन प्रयोग गरेवापत टिओडी (टाइम अफ डे) मिटरसमेतको आधारमा अध्ययन गरी बक्यौता असुल गर्न सिफारिस गरेको थियो ।

नेपाल सरकार मन्त्रिपरिषदको मिति २०८१/७/२७ को निर्णयानुसार टिओडी मिटर समेतको डाटा रजु भइ आएमा विद्युत बक्यौता तिर्न उद्योगीहरु सहमत भएतापनि विद्युत प्राधिकरणले उपलब्ध गराएको ट्रंक लाइन र डेडिकेटेडलाइन प्रयोग गरे वापतको टिओडीबाट हिसाब नगरेको महसुलमा उद्योगीले असहमति राख्दै आएका छन् । उनीहरुले टाइम अफ डे (TOD) मिटर दिएमात्र महसुल तिर्ने बताउँदै आएका छन् । तर प्राधिकरणले समयमा टिओडी मिटर उपलब्ध गराउन नसक्दा विवाद सुल्झिनुको सट्टा बल्झिँदै आएको छ । मन्त्री खड्काले यसअघिका प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बाँकी बक्यौता रकम असुल-उपर गर्न निर्देशन दिएपनि कार्यान्वयन हुन सकेको थिएन

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको