नयाँ बसपार्क सहकारीको अध्यक्षमा सुदीपकुमार श्रेष्ठ चयन

काठमाडौँ – काठमाडौँ महानगरपालिका–२६, गोँगबुमा अवस्थित नयाँबसपार्क बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ।

दियालो फुडल्याण्डमा आयोजित सभामा संस्थाका निवर्तमान अध्यक्ष लिलाप्रसाद ढकालको अध्यक्षता रहेको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित वडा नं २६ का वडाध्यक्ष ख्यामराज तिवारीले सहकारी संस्था प्रतिको जनविश्वास पुनःस्थापना गर्न अनुशासन र पारदर्शिता अत्यावश्यक रहेको धारणा राखे।

“सहकारीलाई मर्यादित रूपमा अघि बढाएमा नागरिकमा पुनः भरोसा जाग्नेछ,” वडाध्यक्ष तिवारीले भने, “चाँडो लाभ कमाउने आशामा गरिने गैरजिम्मेवार कार्यले संस्थाको छवि धूमिल हुने भएकाले सजग रहनुपर्छ।”

निवर्तमान अध्यक्ष ढकालले संस्थाले आरम्भदेखि नै शेयरधनीको विश्वास जित्दै अघि बढेकाले हालसम्म कुनै ठूला समस्या नआएको जानकारी दिए। वि.सं. २०६७ सालमा २५ जना संस्थापक शेयरधनीद्वारा स्थापना गरिएको यो सहकारीमा हाल करिब ५०० जना शेयरधनी आबद्ध छन्।

अधिवेशनले नयाँ नेतृत्व समेत चयन गरेको छ। सुदीपकुमार श्रेष्ठको अध्यक्षतामा गठन भएको नयाँ कार्यसमितिमा उपाध्यक्षमा देवराज नेपाल, सचिवमा जानुका ढकाल नेपाल, कोषाध्यक्षमा देवी कार्की चयन भएका छन्। यस्तै, सदस्यहरूमा होम गिरी, हिमकुमार मल्ल र ओमनाथ भट्टराई रहेका छन्।

लेखा समिति संयोजकमा दामोदर घिमिरे चयन भएका छन् भने सदस्यहरूमा शिव श्रेष्ठ र मनिषा ढुंगाना नेपाल रहेका छन्।

संस्थाले आगामी दिनहरूमा सदस्यहरूको हितमा आधारित कार्यक्रमलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।

सिफारिस

किंग्स टी–१० सिजन–२ को उपाधि रोयल स्पोर्ट्स पार्क ब्लूलाई

काठमाडौं : किङ्स टी–१० इन्डोर टुर्नामेन्ट सिजन–२ को उपाधि रोयल स्पोर्ट्स पार्क ब्लूले जितेको छ। रोयल स्पोर्ट्स पार्कमा हिजो सम्पन्न भएको फाइनलमा ब्याकयार्ड बीलाई...

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय फुटसल: रातो बंगला, जेम्स, राई र लोयल्टीले उचाले उपाधि

८ औँ एसजी सिनियर अन्तरविद्यालय फुटसल प्रतियोगिता २०२६ सम्पन्न भएको छ। प्रतियोगितामा अन्डर–११ छात्र, अन्डर–११ छात्रा, अन्डर–१२ छात्र तथा अन्डर–१४ छात्र विधामा विभिन्न विद्यालयका...

बंगलादेशी फोटो पत्रकारद्वारा अन्नपूर्ण केबलकारमार्फत सराङकोट भ्रमण (तस्वीरहरू)

पोखरा - राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा नेपाल भ्रमणमा आएका बंगलादेश फोटो पत्रकार संघका अध्यक्ष एकेएम मोहसिनको नेतृत्वमा रहेका १२ जना वरिष्ठ...

भर्खरै

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय फुटसल: रातो बंगला, जेम्स, राई र लोयल्टीले उचाले उपाधि

८ औँ एसजी सिनियर अन्तरविद्यालय फुटसल प्रतियोगिता २०२६ सम्पन्न...

बंगलादेशी फोटो पत्रकारद्वारा अन्नपूर्ण केबलकारमार्फत सराङकोट भ्रमण (तस्वीरहरू)

पोखरा - राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा...

आस्था र प्रकृतिको संगम बडीमालिका (तस्वीरहरू)

बाजुरा - सुदूरपश्चिमकै प्रमुख धार्मिक आस्थाको धरोहर बाजुराको बडीमालिका...

नेपाल मोबाइल वितरक संघको दशौँ साधारण सभा सम्पन्न

काठमाडौँ -नेपाल मोबाइल वितरक संघको दशौँ वार्षिक साधारण सभा...

प्रधान सेनापतिद्वारा पदोन्नति भएका अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ : नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

आहा ! मनमोहक रसुवाको भाङ्गे झरना (तस्वीरहरू)

रसुवा – सडकको एकछेउ त्रिशूली नदी आफ्नै वेगमा सुसाइरहेको...

धेरै पढिएको