उसु प्राे नाईट्स भाईटमा निर्णायककाे रूपमा शंकर भुजेल, मंगलबार सिक्किम प्रस्थान गर्दै

काठमाडौँ — सिक्किम एमेचर उसु संघकाे आयाेजनामा हुन लागेको उसु प्राे नाईट्स भाईट प्रतियोगितामा नेपालकाे तर्फबाट निर्णायककाे रूपमा नेपालका शंकर भुजेल सहभागी हुने भएका छन्। उनी भाेली मंगलबार आठ सदस्यीय नेपाली टाेलीकाे नेतृत्व गर्दै सिक्किम प्रस्थान गर्दै छन्।

प्रतियोगिताकाे लागि नेपालकाे मार्सल आर्ट्स अर्गनाइजेसन नेपाललाई विशेष निमन्त्रणा प्राप्त भएकाे थियो । उक्त प्रतिस्पर्धामा नेपाल र सिक्किमका खेलाडीहरूबीच पाँच विभिन्न तौल समूहमा प्रतिस्पर्धा हुनेछ।

नेपालकाे प्रतिनिधित्व गर्दै सहभागी हुने खेलाडीहरूमामिलन राई – ५२ केजी तौल समूह, निश्चल तामाङ – ५६ केजी,कमल आचार्य – ६० केजी, मिलन तामाङ – ६५ केजी, विनोद श्रेष्ठ – ७० केजी समूहमा प्रतिस्पर्धा गर्ने छन् साथै, प्रशिक्षकको रूपमा राजिव महर्जन र टिम म्यानेजरको रूपमा किरण सिंह साउद रहनेछन्।

प्रतियोगितामा सहभागी टिमलाई आज किर्तिपुर नगरपालिकाका नगर प्रमुख कृष्णमान डगोलले एक कार्यक्रममार्फत बिदाई गर्दै सफलताको शुभकामना व्यक्त गरे। उनले खेलाडीहरूलाई “जितेर फर्किन बाघभैरवको आशीर्वाद” रहेको बताउँदै, खेल तथा खेलाडीहरूको प्रोत्साहनमा किर्तिपुर नगर सधैं तत्पर रहेको धारणा राखे।

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको