प्राधिकरण प्रमुख शाक्यलाई स्वेतपत्र जारी गर्न र बक्यौता उठाउन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले मन्त्रालय अन्तर्गतका उच्च तहका कर्मचारीहरूसँगको छलफलमा कागजी प्रगतिमा होइन, प्रत्यक्ष देखिने परिणाममा केन्द्रित हुनुपर्ने स्पष्ट निर्देशन दिनुभएको छ।

“अब कागजमा मात्र प्रगति देखाएर हुँदैन, लगानीको प्रतिफल देखिने गरी काम गर्नुपर्छ,” मन्त्री खड्काले दोहोर्‍याउँदै भन्नुभयो। उहाँले नेपाल विद्युत् प्राधिकरणमा विगत १० वर्षदेखि थन्किएर बसेको डेडिकेटेड र ट्रंकलाइनको बक्यौता तत्काल उठाउन कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई निर्देशन दिनुभयो । साथै, सबै आयोजनाको प्रगति स्पष्ट हुने गरी श्वेतपत्र सार्वजनिक गर्न समेत मन्त्री खड़काले निर्देशन दिनुभयो।

सरकारी ढिलाइ र निजी क्षेत्रको फूर्ति
ऊर्जा मन्त्री खड्काले निजी क्षेत्रले छिटो सक्ने योजना अध्ययनको काममा सरकारी संयन्त्र ढिलो हुनु चिन्ताजनक रहेको भन्दै गम्भीर असन्तुष्टि व्यक्त गर्नुभयो। “हिजो मागिएको बजेटको प्रतिफल देखिएन भने अहिले फेरि किन माग गर्ने?” मन्त्री खड्काको यो प्रश्नले सरकारी संयन्त्रभित्रको कार्यशैलीमा गम्भीर आत्मसमीक्षा आवश्यक रहेको सन्देश दिएको छ।

बर्खे बजेटको बहानामा बजेट सिध्याउने प्रवृत्तिमा आपत्ति
“बर्खे बजेटको नाममा काम नगरी बजेट सिध्याउने प्रवृत्तिको अन्त्य हुनुपर्छ,” मन्त्री खड्काले भन्नुभयो। उहाँले कार्यसम्पादन मूल्याङ्कनमा सुधार गरी परिणाममुखी प्रणाली निर्माण गर्न समेत निर्देशन दिनुभयो।

ऊर्जा विकासका प्राथमिकता र दिशा
मन्त्री खड्काले ऊर्जा विकासका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रसारण लाइन निर्माणको गति तीव्र बनाउने तथा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो। सौर्य ऊर्जा जडान कार्यक्रममार्फत विपन्न वर्गको जीवनस्तर सुधार गर्न सकिने सम्भावना औँल्याउँदै उहाँले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रलाई समेत सक्रिय बन्न निर्देशन दिनुभयो।

सरकारी संयन्त्रलाई चनाखो बनाउने संकेत
ऊर्जा सचिव सुरेश आचार्य, जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडी, जल तथा ऊर्जा आयोगका सचिव मधुप्रसाद भेटुवाल लगायत उच्चतहका कर्मचारी सदस्यहरूसँग भएको छलफलमा मन्त्री खड्काले स्पष्ट रूपमा समन्वय, गति र परिणामलाई प्राथमिकता दिनुपर्ने सन्देश दिनुभयो। उहाँको निर्देशनले ऊर्जा क्षेत्रमा अब स्पष्ट लक्ष्यसहित परिणाममुखी कार्यसंस्कृति स्थापना हुने अपेक्षा गरिएको छ

सिफारिस

उपप्रधानमन्त्री सिंहद्वारा कीर्तिपुरस्थित क्रिकेट स्टेडियमकाे छड्के अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले कीर्तिपुर क्रिकेटमा निर्माणाधिन प्यारापिट र फ्लड लाइट जडान कार्यकाे छड्के अनुगमन गर्नुभएकाे छ । बिहीबार...

६ डीआईजी एआईजीमा बढुवा सिफारिस, को को परे ?

नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिस भएका छन्। बिहीबार बसेको बढुवा समितिको बैठकले ६ जनालाई एआईजीमा बढुवा गर्न...

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्डबाट सम्मानित

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित भएका छन् । शिलापत्र मल्टिमिडियामार्फत गहन विषयमा पनि सरल प्रस्तुति दिने क्षमता र सोसल मिडियामा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

६ डीआईजी एआईजीमा बढुवा सिफारिस, को को परे ?

नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक...

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्डबाट सम्मानित

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित...

व्यवसायी पूर्ण श्रेष्ठ नेसनल क्यापिटल अनर अवार्डबाट सम्मानित

काठमाडौँ - व्यवसायी पूर्ण श्रेष्ठ ‘नेसनल क्यापिटल अवार्ड २०८१’...

उपराष्ट्रपति यादवसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेटवार्ता

काठमाडौँ – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले उपराष्ट्रपति...

तस्वीरमा हेर्नुस् यसरी मनाइयो भक्तपुरको बोडेमा ‘जिब्रो छेड्ने जात्रा’

काठमाडौं – बिस्का जात्राको अन्तर्गत मङ्गलबार भक्तपुरको बोडेमा प्राचीन...

घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य (सूचिसहित)

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। आज...

धेरै पढिएको