फास्टफुड एसोसिएसन नेपालको ‘फास्टफ्यान’ कार्यक्रम 

काठमाडौं – फास्टफुड एसोसिएसन नेपालले राज्य, बैंक तथा आइटी क्षेत्रसँगको सहकार्यलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरेको ‘फास्टफ्यान कार्यक्रम’ सफलतापूर्वक सम्पन्न भएको छ।

काठमाडौंको कोटेश्वरस्थित होटल एभन भेन्युमा सम्पन्न उक्त कार्यक्रममा व्यवसायी, सरकारी निकायका प्रतिनिधि, बैंक तथा वित्तीय संस्थाका पदाधिकारी, पत्रकार, उद्यमी र सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता फास्टफुड एसोसिएसन नेपालका अध्यक्ष होमराज श्रेष्ठले गरेका थिए भने नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत कसुरजन्य विभागका उपसचिव अमरदीप सुनुवार प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रममा प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदार, जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत भोगेन्द्र श्रेष्ठ, कोटेश्वर प्रहरी इन्स्पेक्टर दलकुमार राई तथा गोर्खा ब्रुअरी प्रालिका सिनियर म्यानेजर रवीन्द्र सुवेदी लगायतका वक्ताहरूले फास्टफुड व्यवसायसँग सम्बन्धित विषयमा धारणा राखेका थिए।

कार्यक्रममा फास्टफुड व्यवसाय सञ्चालनका अवसर र चुनौतीहरूका विषयमा विस्तृत अन्तरक्रिया गरिएको थियो। यस किसिमका कार्यक्रमले सरकारी र निजी क्षेत्रबीच सहकार्यलाई सुदृढ बनाउने विश्वास आयोजकले व्यक्त गरेका छन्।

फास्टफुड एसोसिएसन नेपालका महासचिव राकेश श्रेष्ठका अनुसार, बैंक तथा आइटी क्षेत्रसँग सहकार्य गर्दै व्यवसाय सञ्चालनलाई सहज बनाउने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान, संस्थाको नयाँ क्यालेन्डर लोकार्पण तथा सरकारी निकायसँग प्रत्यक्ष अन्तरक्रिया समेत गरिएको थियो।

सिफारिस

‘प्रचण्ड’ शौचालयमा लडेर घाइते

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन्। खुमलटारस्थित निवासमा गएराति शौचालयमा लडेर उनी घाइते भएका...

पूर्वमन्त्री तथा वामपन्थी नेता प्रदीप नेपालको निधन

काठमाडौं - पूर्वमन्त्री तथा वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । नेपालको मंगलबार नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पताल स्रोतले पुष्टि गर्‍यो...

स्वास्थ्य क्षेत्रमा माफियाको हस्तक्षेप: टेन्डर लुट्न मिडियाको दुरुपयोग

काठमाडौं - नेपालको स्वास्थ्य प्रणाली सुधारको प्रयास भइरहेका बेला यस क्षेत्रमै केही माफियातत्त्वहरू सक्रिय भएर टेन्डर प्रक्रियालाई आफ्नो पक्षमा पार्न खोजिरहेका छन्। यस्ता समूहरूले...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

पूर्वमन्त्री तथा वामपन्थी नेता प्रदीप नेपालको निधन

काठमाडौं - पूर्वमन्त्री तथा वामपन्थी नेता प्रदीप नेपालको निधन...

स्वास्थ्य क्षेत्रमा माफियाको हस्तक्षेप: टेन्डर लुट्न मिडियाको दुरुपयोग

काठमाडौं - नेपालको स्वास्थ्य प्रणाली सुधारको प्रयास भइरहेका बेला...

उर्जा राज्यमन्त्री गर्बुजाद्धारा पदबहाली

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले...

जनप्रतिनिधि र कर्मचारीका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउन निर्देशन

काभ्रेपलाञ्चोक - यहाँको मण्डनदेउपुर नगरपालिकाले स्थानीय जनप्रतिनिधिदेखि कर्मचारीसम्मका छोराछोरीलाई...

कक्षा १२ को परीक्षा आजदेखि, ५ लाख ११ हजार ५ सय २५ विद्यार्थी सहभागी हुँदै

भक्तपुर - राष्ट्रिय परीक्षा बोर्डले आज बिहानदेखि देशभरका परीक्षा...

२२ गतेदेखि नागढुंगा-नौबिसे सडकखण्ड रातिमा बन्द गरिने

त्रिभुवन राजपथको नागढुंगा-पिप्लामोड सडक निर्माण तथा सुधार गर्नुपर्ने भएकाले...

धेरै पढिएको