पत्रकार मञ्चको नयाँ कार्यसमितिको पहिलो बैठकले गर्यो यस्ता निर्णय

काठमाडौं-  नेपाल पत्रकार मञ्चको सातौँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पहिलो बैठक काठमाडौंको सिनामंगलस्थित रोयल प्यालेसमा सम्पन्न भएको छ। अध्यक्ष युवराज विद्रोहीको अध्यक्षतामा बसेको बैठकले संस्थाको सल्लाहकार समिति तथा विभाग गठनबारे महत्वपूर्ण निर्णयहरू गरेको छ।

बैठकमा उपाध्यक्ष विमल थापा, महासचिव राजु भण्डारी, सचिवद्वय सन्तोष मिश्र र कमला नेपाल, कोषाध्यक्ष गीता थापा, सदस्यहरू प्रज्ज्वल थापा, टंककला तिमिल्सेना, सुशीला गौतम, लक्ष्मी भट्ट, केशवकुमार बस्नेत, केशवराज पौडेललगायतको उपस्थिति रहेको थियो। त्यस्तै, आमन्त्रित सदस्यका रूपमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मनुका कुँवर र मञ्चका निवर्तमान उपाध्यक्ष चन्द्रमणि भट्टराई सहभागी थिए।

बैठकले सल्लाहकार समितिमा रामकुमार अधिकारी, डा. सिर्जना थापा, डा. पियारत्न महर्जन र रघुनाथ त्रिपाठी (गृहनाथ)लाई मनोनयन गर्ने निर्णय गरेको छ। अनुभवी तथा विज्ञ व्यक्तिहरूको सुझावले संस्थालाई मार्गदर्शन गर्ने विश्वास मञ्चले लिएको छ।

यसैगरी, मञ्चले कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यले विभिन्न विभाग गठन गर्ने निर्णयसमेत गरेको छ। योजना निर्माण तथा अनुगमनका कामका लागि उपाध्यक्ष विमल थापाको संयोजकत्वमा महासचिव राजु भण्डारी र सचिव प्रितमसागर कर्माचार्य सम्मिलित योजना विभाग गठन गरिएको छ।

यस्तै, संगठन सुदृढीकरण र सदस्य परिचालनलाई प्रभावकारी बनाउन महासचिव राजु भण्डारीकै संयोजकत्वमा सचिवद्वय प्रितमसागर कर्माचार्य, सन्तोष मिश्र, कमला नेपाल र कोषाध्यक्ष गीता थापा सदस्य रहने गरी संगठन विभाग गठन गरिएको छ।

त्यस्तै, संस्थाको आर्थिक व्यवस्थापन तथा पारदर्शिता कायम गर्न कोषाध्यक्ष गीता थापाको संयोजकत्वमा प्रज्ज्वल थापा, श्यामबाबु आचार्य, सुशीला गौतम, केशवकुमार बस्नेत र अञ्जु श्रेष्ठ सदस्य रहने गरी आर्थिक विभाग गठन गरिएको छ।

सञ्चार प्रवाह तथा सूचना व्यवस्थापनलाई सशक्त बनाउन सचिव सन्तोष मिश्रको संयोजकत्वमा टंककला तिमिल्सेना र मिलन थापा सदस्य रहने सञ्चार विभाग पनि गठन गरिएको छ।

उता, अनुशासन सम्बन्धी विषयमा मार्गदर्शन गर्न निवर्तमान उपाध्यक्ष चन्द्रमणि भट्टराईको संयोजकत्वमा अधिवक्ता गणेशकुमार शर्मा र सीतादेवी श्रेष्ठ सदस्य रहने गरी अनुशासन विभाग गठन गरिएको छ।

बैठकले यी निर्णयमार्फत मञ्चको भावी योजना र कार्यशैलीको स्पष्ट संकेत दिएको छ। संरचनात्मक सुदृढीकरणसँगै मञ्चले पत्रकारिता क्षेत्रको हितमा अझ सशक्त भूमिका निर्वाह गर्ने अपेक्षा लिइएको छ।

सिफारिस

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेका छन्। , मन्त्री दिपक खड्कासँग बारम्बार विवादमा परेको र नेपाली कांग्रेसका सभापति शेरबहादुर...

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । भट्टराईले सोमबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएकी हुन् । प्रधानमन्त्रीको...

शिक्षकको माग वार्ता मार्फत समाधान गर्न सरकार प्रतिबद्ध छ : ऊर्जामन्त्री खड्का

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले आन्दोलनरत शिक्षकहरूको जायज मागप्रति सरकार सकारात्मक रहेको स्पष्ट पार्नुभएको छ। गृह जिल्ला संखुवासभाका शिक्षकहरूसँगको अन्तरक्रियात्मक...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा...

शिक्षकको माग वार्ता मार्फत समाधान गर्न सरकार प्रतिबद्ध छ : ऊर्जामन्त्री खड्का

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले...

ऊर्जामन्त्री खड्काको निमन्त्रणामा भारतका विद्युतमन्त्री नेपाल आउँदै

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको...

ग्याङटोक: प्राकृतिक सौन्दर्य र आत्मीय संस्कृतिको अनुपम संगम (तस्वीरहरू)

सिक्किमको राजधानी ग्याङटोकको मेरो हालैको भ्रमण एक अविस्मरणीय अनुभव...

फास्टफुड एसोसिएसन नेपालको ‘फास्टफ्यान’ कार्यक्रम 

काठमाडौं – फास्टफुड एसोसिएसन नेपालले राज्य, बैंक तथा आइटी...

‘जुनियर स्कूल प्रिन्सेस २०२५’ का प्रतियोगीहरुले देखाए आफ्ना प्रतिभा

काठमाडौं – जुनियर स्कूल प्रिन्सेस २०२५ का प्रतियोगीहरुले आफ्नो...

धेरै पढिएको