आज ९८ औं राष्ट्रिय फोटोपत्रकारिता दिवस, एनएफपिजेले अवार्ड कार्यक्रम गर्दै

काठमाडौं, वैशाख १३ – आज ९८ औं राष्ट्रिय फोटोपत्रकारिता दिवस, देशभर विविध कार्यक्रमहरू गरी दिवस मनाइदैछ। वि.सं. १९८४ बैशाख १३ गते गोरखापत्रमा पहिलोपटक समाचारमूलक फोटो छापिएको ऐतिहासिक दिनको स्मरण स्वरूप यो दिवस मनाउदै आएको हो।

दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे), नेपालले सम्पूर्ण फोटो पत्रकार, मिडिया क्षेत्रका श्रमजीवीहरू, सरोकारवाला निकाय तथा शुभेच्छुकहरूलाई शुभकामना ज्ञापन गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ।

एनएफपिजेका महासचिव घनश्याम श्रेष्ठद्वारा जारी विज्ञप्तिमा विगतका योगदानकर्ताप्रति सम्मान, वर्तमानमा क्रियाशील फोटो पत्रकारहरूका लागि एकता, सुरक्षा र पेशागत मर्यादाको माग तथा आगामी दिनमा अझ सुरक्षित वातावरणको निर्माणप्रति प्रतिबद्धता व्यक्त गरिएको छ।

यसै अवसरमा समूहले “पाँचौं राष्ट्रिय फोटोपत्रकारिता अवार्ड २०२५” आयोजना गर्ने लागेको छ । आज ललितपुरमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा आठ विधामा पुरस्कार वितरण गरिनेछ। साथै, सातै प्रदेशबाट एक–एक जना उत्कृष्ट फोटो पत्रकारलाई समेत सम्मान गरिनेछ।

संस्थाले सरकार, सञ्चारगृह, नागरिक समाज र अन्तर्राष्ट्रिय साझेदारहरूसँग फोटो पत्रकारहरूको श्रमको सम्मान, अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता र कार्यस्थलमा सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह समेत गरेको छ।

सिफारिस

हिमालदेखि जापानसम्मः नेपाली–जापानी फ्युजन परिकारमा शेफ भोलबहादुरको नयाँ प्रयोग

काठमाडौं - नेपाली मौलिक परिकार र जापानी पाककलाको दर्शनलाई संयोजन गर्दै शेफ भोलबहादुर विश्वकर्माले नेपाली–जापानी फ्युजन खानाको नयाँ अवधारणा अघि सारेका छन्। फेयरफिल्ड बाइ मेरियट...

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३०० मिटरको उचाइमा अवस्थित टिम्बुङ पोखरी प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाले भरिएको रमणीय गन्तव्य हो। हिमाली...

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ समारोह फाइनल स्पर्धाकै झल्को दिने गरी बिहीबार साँझ राजधानीमा सम्पन्न भएको छ। थापागाउँस्थित...

2 COMMENTS

भर्खरै

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३००...

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड...

विराटनगर किङ्समा चरिथ असलंका अनुबन्धित

काठमाडौं — विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को...

टीयू मैदानमा नेपाल र बंगलादेशीबिच पहिलोपटक टी–२० श्रृङखला हुने

काठमाडौं - आगामी मार्चमा बंगलादेशसँग नेपाल टी २० क्रिकेट...

हनुमानढोकामा जापानी फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी

काठमाडौं — नेपाल र जापानबीच कला, संस्कृति तथा फोटोपत्रकारितामार्फत...

विराटनगर किङ्सद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नगद सम्मान घोषणा

एसीसी प्रिमियर कप २०२६ को उपाधि जित्दै एसिया कप...

धेरै पढिएको