महर्षि स्कुलका पाठकलाई अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनशिपमा स्वर्ण पदक

काठमाडौं – महर्षि स्कुल, सामाखुशीका कक्षा ५ का विद्यार्थी सोहन पाठकले जापानको ओसाकामा सम्पन्न २१औं वाटा (WATA) अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनशिपमा स्वर्ण पदक जितेका छन्।

टोलीका प्रशिक्षक सरोज तामाङका अनुसार, सोहनले पुरुष २४ केजी तौल समूहमा स्वर्ण जितेका हुन्। त्यस्तै, नेपालकै हृदयणी बस्नेतले महिला २९ केजी तौल समूहमा स्वर्ण पदक जितेकी छन्।

अप्रिल २५ देखि २७ तारिखसम्म भएको प्रतियोगितामा नेपाली खेलाडीहरूले थप १ रजत र २ कांस्य पदक जित्न सफल भएका छन्। महिला ३४ केजीमुनि जोलिना बस्नेतले रजत पदक जितिन् भने, एकल पुम्सेको पुरुष १४ वर्षमुनि आश्रय उपाध्याय र १२ वर्षमुनि सक्षम श्रेष्ठले कांस्य पदक प्राप्त गरे।

महर्षि स्कुलका प्राचार्य निर्मल पौडेलले खेलाडीहरूको समर्पण र अथक मेहनतको प्रशंसा गर्दै विद्यालयले अन्तर्राष्ट्रिय प्रतियोगितामा उपाधि जितेर अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाएकोमा खुशी व्यक्त गर्नुभयो।

यस प्रतियोगितामा १३औं दक्षिण एशियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता काजल श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेकी थिइन्। उनले अघिल्लो २०औं संस्करणमा पनि निर्णायकको भूमिका सम्हालेकी थिइन्।

सिफारिस

टि२० विश्वकप छनोट: नेपालद्वारा जापान ५ विकेटले पराजित

टि२० विश्वकप छनोट अन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा जापानलाई ५ विकेटले पराजित गर्दै सुपर सिक्समा २ अंक जोडेको छ । यस हारले जापान...

एकनाथ ढकालले फिर्ता गरे कूटनीतिक राहदानी

काठमाडौँ - संघीय संसद्—प्रतिनिधि सभाका पूर्व सदस्य एकनाथ ढकालले आफ्नो सांसदकालमा प्राप्त कूटनीतिक राहदानी फिर्ता गरेका छन्। बिहीबार राहदानी विभाग पुगेर ढकालका स्वकीय सचिव जितेन्द्र...

कहीँ नभएको जात्रा हाँडी गाउँमा (तस्वीरहरू)

काठमाडौं - कार्तिक कृष्ण प्रतिपदाको अवसरमा आज हाडीगाउँका स्थानीयले परम्परागत चोक्ते नारायणको जात्रा मनाएका छन्। उल्टो रथमा देवतालाई राखेर परिक्रमा गराउने अनौठो चलनका कारण...

3 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

एकनाथ ढकालले फिर्ता गरे कूटनीतिक राहदानी

काठमाडौँ - संघीय संसद्—प्रतिनिधि सभाका पूर्व सदस्य एकनाथ ढकालले...

कहीँ नभएको जात्रा हाँडी गाउँमा (तस्वीरहरू)

काठमाडौं - कार्तिक कृष्ण प्रतिपदाको अवसरमा आज हाडीगाउँका स्थानीयले...

आइयूसीएनको रिजनल काउन्सिलरमा नेपालकी रोशनी पाठकको एकल उम्मेदवारी

काठमाडौँ - अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (IUCN) को साउथ...

बलराम पुडासैनीको वर पिपलु बोलको गीत सार्वजनिक

हेटौंडा - गायक एवम् पत्रकार बलराम पुडासैनीको वर पिपलु...

कहाँ गए यी १८ प्रहरी जवान ? ७ दिनभित्र हाजिर नभए जागिर चैट

काठमाडौँ - प्रहरी प्रधान कार्यालय नक्सालले सम्पर्क बाहिर रहेका...

स्वम्भूबाट देखिएको काठमाडौं (तस्वीरहरू)

शुक्रबार र शनिबारको अविरल वर्षापछि आज(सोमबार)काठमाडौंको मौसम खुलेको छ...

धेरै पढिएको