स्वास्थ्य क्षेत्रमा माफियाको हस्तक्षेप: टेन्डर लुट्न मिडियाको दुरुपयोग

काठमाडौं – नेपालको स्वास्थ्य प्रणाली सुधारको प्रयास भइरहेका बेला यस क्षेत्रमै केही माफियातत्त्वहरू सक्रिय भएर टेन्डर प्रक्रियालाई आफ्नो पक्षमा पार्न खोजिरहेका छन्। यस्ता समूहरूले मिडिया र सञ्जालको आडमा स्वास्थ्य क्षेत्र कब्जा गर्ने रणनीति अपनाएको खुलासा भएको छ।

टेन्डर प्रक्रियामा हस्तक्षेप, धम्की र प्रलोभन

विश्वसनीय स्रोतहरूका अनुसार, केही मेडिकल सप्लायर्सले अस्पताल र मन्त्रालयका कर्मचारीहरूलाई दबाब, धम्की वा लोभ देखाएर टेन्डर प्रक्रिया प्रभावित पार्ने काम गरिरहेका छन्। प्रतिस्पर्धी कम्पनीलाई पाखा लगाउन मुद्दा हाल्ने, प्राविधिक विवरण आफूपक्षीय बनाउने, खरिद प्रक्रिया अवरुद्ध गर्ने जस्ता कार्यहरू सामान्य हुँदै गएका छन्।

गेटा मेडिकल कलेजमा विवादास्पद DR सिस्टम टेन्डर

गेटा मेडिकल कलेजमा भएको डिजिटल रेडियोग्राफी (DR) सिस्टम खरिद टेन्डर अहिले विवादमा तानिएको छ। करिब १ करोड ६० लाख मूल्यको यो टेन्डर तत्कालीन निर्देशक डा. विप्लव सापकोटाको कार्यकालमा सम्पन्न भएको हो।
यसमा मेडइक्विप्स नेपाल प्रा.लि. का निर्देशक केशव पाण्डेको संलग्नता रहेको आरोप लागिरहेको छ। स्रोतहरूका अनुसार, टेन्डरको प्राविधिक विवरण यति सीमित बनाइएको थियो कि केवल फेयर ट्रेड प्रा.लि. जस्ता केही कम्पनीले मात्र प्रतिस्पर्धा गर्न सक्ने अवस्था बनाइएको थियो।

जापानी कम्पनीसँगको सम्बन्ध र मिडिया सञ्जाल

पाण्डेले जापानी ब्रान्ड कोनिका माइनोल्टाका प्रतिनिधिसँग भेट गरेको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक भइसकेको छ। यसले उनको पहुँच र स्वार्थको संकेत गर्छ।

अर्कोतर्फ, उनले सञ्चालित पाथसीड नेपाल प्रा.लि. मार्फत सञ्चालित ‘उकेरा’ अनलाइन पोर्टलमा पत्नी गरिमा पौडेलको उल्लेख्य सेयर रहेको पाइएको छ। यस पोर्टलमार्फत सरकारका निर्णयहरू प्रभावित पार्ने रणनीति अपनाइएको आरोप लाग्दै आएको छ।

संवेदनशील क्षेत्रलाई माफियाको नियन्त्रण

स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा निजी स्वार्थका लागि मिडियाको प्रयोग भईरहेको सन्दर्भमा पत्रकारिता पेशामाथि नै प्रश्न उठ्न थालेको छ। श्रमजीवी पत्रकार न्यून तलबमा काम गरिरहेकै बेला मिडियालाई प्रभावको हतियार बनाउने यस्ता अभ्यासले स्वास्थ्य प्रणालीको विश्वसनीयता गम्भीर संकटमा पार्न सक्छ।

सिफारिस

मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि (तस्विरहरू)

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। उनका बुवा रामनारायण शाहको सोमबार मध्याह्न निधन भएको थियो। बिरामी रहेका ७७ वर्षीय...

यस्तो छ कांग्रेस महाधिवेशन कार्यतालिका

नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशको कार्यतालिका सार्वजनिक गरेको छ। सोमबारको केन्द्रीय समितिमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पेस गरेको पुस २६-२८ गते महाधिवेशन गर्ने तालिका...

प्रधानमन्त्रीद्वारा जङ्गी अड्‍डाको निरीक्षण भ्रमण, सेनालाई दिइन् यस्तो निर्देशन

काठमाडौँ - प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्तिसुरक्षा बहाल गराई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन सफलतापूर्वक सम्पन गर्ने काममा नेपाली सेनाको महत्वपूर्ण...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

यस्तो छ कांग्रेस महाधिवेशन कार्यतालिका

नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशको कार्यतालिका सार्वजनिक गरेको छ।...

प्रधानमन्त्रीद्वारा जङ्गी अड्‍डाको निरीक्षण भ्रमण, सेनालाई दिइन् यस्तो निर्देशन

काठमाडौँ - प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्तिसुरक्षा बहाल गराई...

काठमाडौँद्वारा चितवन ५३ रनले पराजित (तस्वीरहरू)

चितवन राइनोजलाई पराजित गर्दै काठमाडौँ गोर्खाजले सिद्धार्थ बैंक नेपाल...

चितवनसामु काठमाडौंको १ सय ४३ रनको लक्ष्य (तस्वीरहरू)

काठमाडौ गोर्खाजले सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) मा...

नेपाल उसु महासंघले वैधानिकताबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं — नेपाल उसु महासंघले पछिल्लो समय विभिन्न माध्यममा...

उपरथीमा विशेष बढुवा भएका भण्डारीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं - नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार उपरथी पदमा विशेष...

धेरै पढिएको