स्वास्थ्य क्षेत्रमा माफियाको हस्तक्षेप: टेन्डर लुट्न मिडियाको दुरुपयोग

काठमाडौं – नेपालको स्वास्थ्य प्रणाली सुधारको प्रयास भइरहेका बेला यस क्षेत्रमै केही माफियातत्त्वहरू सक्रिय भएर टेन्डर प्रक्रियालाई आफ्नो पक्षमा पार्न खोजिरहेका छन्। यस्ता समूहरूले मिडिया र सञ्जालको आडमा स्वास्थ्य क्षेत्र कब्जा गर्ने रणनीति अपनाएको खुलासा भएको छ।

टेन्डर प्रक्रियामा हस्तक्षेप, धम्की र प्रलोभन

विश्वसनीय स्रोतहरूका अनुसार, केही मेडिकल सप्लायर्सले अस्पताल र मन्त्रालयका कर्मचारीहरूलाई दबाब, धम्की वा लोभ देखाएर टेन्डर प्रक्रिया प्रभावित पार्ने काम गरिरहेका छन्। प्रतिस्पर्धी कम्पनीलाई पाखा लगाउन मुद्दा हाल्ने, प्राविधिक विवरण आफूपक्षीय बनाउने, खरिद प्रक्रिया अवरुद्ध गर्ने जस्ता कार्यहरू सामान्य हुँदै गएका छन्।

गेटा मेडिकल कलेजमा विवादास्पद DR सिस्टम टेन्डर

गेटा मेडिकल कलेजमा भएको डिजिटल रेडियोग्राफी (DR) सिस्टम खरिद टेन्डर अहिले विवादमा तानिएको छ। करिब १ करोड ६० लाख मूल्यको यो टेन्डर तत्कालीन निर्देशक डा. विप्लव सापकोटाको कार्यकालमा सम्पन्न भएको हो।
यसमा मेडइक्विप्स नेपाल प्रा.लि. का निर्देशक केशव पाण्डेको संलग्नता रहेको आरोप लागिरहेको छ। स्रोतहरूका अनुसार, टेन्डरको प्राविधिक विवरण यति सीमित बनाइएको थियो कि केवल फेयर ट्रेड प्रा.लि. जस्ता केही कम्पनीले मात्र प्रतिस्पर्धा गर्न सक्ने अवस्था बनाइएको थियो।

जापानी कम्पनीसँगको सम्बन्ध र मिडिया सञ्जाल

पाण्डेले जापानी ब्रान्ड कोनिका माइनोल्टाका प्रतिनिधिसँग भेट गरेको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक भइसकेको छ। यसले उनको पहुँच र स्वार्थको संकेत गर्छ।

अर्कोतर्फ, उनले सञ्चालित पाथसीड नेपाल प्रा.लि. मार्फत सञ्चालित ‘उकेरा’ अनलाइन पोर्टलमा पत्नी गरिमा पौडेलको उल्लेख्य सेयर रहेको पाइएको छ। यस पोर्टलमार्फत सरकारका निर्णयहरू प्रभावित पार्ने रणनीति अपनाइएको आरोप लाग्दै आएको छ।

संवेदनशील क्षेत्रलाई माफियाको नियन्त्रण

स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा निजी स्वार्थका लागि मिडियाको प्रयोग भईरहेको सन्दर्भमा पत्रकारिता पेशामाथि नै प्रश्न उठ्न थालेको छ। श्रमजीवी पत्रकार न्यून तलबमा काम गरिरहेकै बेला मिडियालाई प्रभावको हतियार बनाउने यस्ता अभ्यासले स्वास्थ्य प्रणालीको विश्वसनीयता गम्भीर संकटमा पार्न सक्छ।

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको