उपत्यकाव्यापी क्वान स्तरीय खुल्ला जुनियर उसु प्रतियोगिता: इष्टपोल एकेडेमी टिम प्रथम

काठमाडौँ – जोरपाटी उसु क्वानको आयोजना तथा गोकर्णेश्वोर नगरपालिकाको आर्थिक सहयोगमा बैशाख २७ गतेदेखि सुरु भएको चौथो उपत्यकाव्यापी क्वान स्तरीय खुल्ला जुनियर उसु प्रतियोगिता–२०८२ सफलता पूर्वक सम्पन्न भएको छ। तीन दिनसम्म (बैशाख २७–२९) गोकर्णेश्वर नगरपालिकाको आफ्नै हलमा प्रतियोगिता सम्पन्न भएको हो।

समापन समारोहका प्रमुख अतिथि नगर प्रमुख दिपक रिजाल, विशेष अतिथि नगर उपप्रमुख सान्नानी लामा, युवा तथा खेलकुद विकास समिति अध्यक्ष सन्जय लामा, नेपाल उसु महासंघका महासचिव नवराज ढुंगाना विश्वास लगायत अतिथिहरूले विजेता खेलाडीहरूलाई पदक तथा प्रमाणपत्र वितरण गरे।

प्रतियोगितामा इष्टपोल एकेडेमी टिमले १० स्वर्ण, २ रजत र ३ कास्य पदकसहित पहिलो स्थान हासिल गर्‍यो। मनमैजु उसु क्वान टिमले ७ स्वर्ण, ११ रजत र ४ कास्य पदकसहित दोस्रो स्थान प्राप्त गर्‍यो भने आयोजक जोरपाटी उसु क्वान टिमले ६ स्वर्ण र ७ कास्य पदकसहित तेस्रो स्थानमा सन्तोष मान्यो।

जोरपाटी उसु क्वानका अध्यक्ष तथा कार्यक्रम संयोजक नारायण श्रेष्ठले प्रतियोगिताको चौथो संस्करणसम्म आइपुग्दा अत्यधिक र उत्कृष्ट स्तरका जुनियर खेलाडीहरूको सहभागिता भएको जानकारी दिए।

थाओलु विधामा पुरुषतर्फ रिदम गोले र महिलातर्फ बबिता ठाडा मगर उत्कृष्ट खेलाडी घोषित भए। दुवै इष्टपोल एकेडेमीका हुन्।
त्यस्तै सान्दा विधामा पुरुषतर्फ सन्जिब तामाङ (निन्जा उसु क्वान) र महिलातर्फ आरती गोम्बो (मनमैजु उसु क्वान) उत्कृष्ट खेलाडी घोषित भएको प्राविधिक संयोजक शैलेन्द्र श्रेष्ठले जानकारी दिए।

कार्यक्रमको अन्त्यमा श्रेष्ठले सहभागी सम्पूर्ण क्वान, विद्यालय, खेलाडी तथा प्रशिक्षकलाई धन्यवाद दिँदै आगामी वर्ष प्रतियोगितालाई अझ व्यवस्थित र उत्कृष्ट रूपमा आयोजना गर्ने प्रतिबद्धता जनाए।

सिफारिस

आजको मौसम : यी प्रदेशमा भारी वर्षा हुने

हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी...

ऋत एकेडेमीका प्राचार्य आनन्द कुमार यादवलाई थाईल्याण्डको दोस्रो IPA पुरस्कार

 ऋत एकेडेमीका प्राचार्य तथा हिसान बागमती प्रदेशका बरिष्ठ उपाध्यक्ष श्री आनन्द कुमार यादवलाई थाईल्याण्डको Universal Institute of Professional Management (UIPM) द्वारा आयोजित दोस्रो IPA...

एकता, अनुभव र लगानीलाई नेपालको समृद्धिमा रुपान्तरण गरौं : मन्त्री काफ्ले

दक्षिण कोरिया, साउन १० — बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले गैरआवासीय नेपालीबीचको एकता, अनुभव र लगानीलाई नेपालको समृद्धिमा रूपान्तरण गर्न सकिने...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ऋत एकेडेमीका प्राचार्य आनन्द कुमार यादवलाई थाईल्याण्डको दोस्रो IPA पुरस्कार

 ऋत एकेडेमीका प्राचार्य तथा हिसान बागमती प्रदेशका बरिष्ठ उपाध्यक्ष...

एकता, अनुभव र लगानीलाई नेपालको समृद्धिमा रुपान्तरण गरौं : मन्त्री काफ्ले

दक्षिण कोरिया, साउन १० — बागमती प्रदेशका आर्थिक मामिला...

जलवायु परिवर्तन र विपद्लाई साझा रूपमा सम्बोधन गर्नुपर्नेमा जोड

काठमाडौँ - युवालाई उद्यम, हरित अर्थतन्त्र र प्रविधिको साक्षरतासँग...

नेपालकै ठूलो टी–१० टेनिस क्रिकेट प्रतियोगिताका लागि खेलाडी दर्ता प्रक्रिया खुला

काठमाडौँ - डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लिको आयोजनामा...

दिव्य पशुपतिनाथ अभियान सुरू, पर्यटन मन्त्रीबाट वृक्षारोपण गरेर आम्भ

काठमाडौं - विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक पशुपतिनाथ मन्दिर...

साउन महिनामा धार्मिक आस्था र परम्पराप्रतिको समर्पण झनै बढ्दो (तस्वीरहरू)

नेपाली हिन्दू नारीहरूको जीवनशैली र धार्मिक संस्कारमा विशेष स्थान...

धेरै पढिएको