रातको १२ बजेसम्म होटल सञ्चालनको अनुमति दिन माग गर्दै सीडीओलाई व्यवसायीको ज्ञापनपत्र

काठमाडौँ – राजधानीका होटल व्यवसायीले प्रहरीले राती होटल १० बजेपछि होटल, रेष्टुरेन्ट तथा मनोरञ्जन स्थल जबरजस्ती बन्द गराउँदै हिँडेको भन्दै प्रमुख जिल्ला अधिकारीसँग गुनासो गरेका छन् ।

जिल्ला होटल व्यवसायी सङ्घ काठमाडौँ र उद्योग वाणिज्य सङ्घ काठमाडौँले संयुक्त रूपमा जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलाई संयुक्त ज्ञापनपत्र यस्तो गुनासो गरेका हुन् ।

अहिले ठमेल, सुन्धारा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र, बसपार्क र कलंकीजस्ता क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल प्रायः रातको समयमा हुने गर्छ । ठमेल बाहेकका अधिकांश क्षेत्रमा अहिले पनि प्रहरीले १० बजेपछि होटल रेस्टुरेन्ट र पसलहरू बन्द गराउँदै आएको छ ।

होटल व्यवसायी सङ्घ काठमाडौँका अध्यक्ष सुरेश बराल प्रहरीको यो व्यवहारले पर्यटन प्रवद्र्धन गर्ने नभइ व्यवसायी नै धराशायी हुने भन्दै प्रमुख जिम्मला अधिकारीसँग निर्वाध चल्ने वातावरण बनाउन माग गरिएको बताउँछन् ।

अधिकांश अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानहरू बेलुका ढिलो वा राती हुने हुँदा पाहुना यही समयमा राजधानी आइपुग्छन्,’ बराल भन्छन्, ‘होटल प्रवेश गर्नासाथ सिटी बजाउँदै प्रहरी होटल, रेष्टुरेन्ट बन्द गराइरहेको दृश्यले विदेशी पाहुना चकित र निराश हुने गरेका छन् ।’

बराल २०/२५ वर्ष अघिजस्तो काठमाडौँ सुनसान नरहेको भन्दै अब रात परेपछि हाेटल बन्द गर्नुको औचित्य नभएको बताउँछन् । ‘अहिले यहाँ उज्यालो सडक छन्, नियमित विद्युत् आपूर्ति छ, सीसीटीभी निगरानी छ, र व्यस्त सहरको गति छ । यस्तो अवस्थामा सुरक्षा देखाएर होटल व्यवसाय बन्द गराउनु आफैँमा लाजमर्दो सोच हो’ उनले भने ।

ज्ञापनपत्र बुझाउँदै व्यवसायीले होटल रातभर खोल्न दिनुपर्ने र त्यसो गर्न नसके समय १२ बजेसम्म भने पनि पुर्‍याउनुपर्ने माग गरेका थिए । होटल क्षेत्रले लाखौँको लगानी बोकेको छ, हजारौँलाई रोजगारी दिएको छ, र विदेशी मुद्रा आम्दानीको स्थायी स्रोत बनेको छ भन्दै यसलाई धराशायी बन्न नदिन उनीहरूको आग्रह थियो ।

पटक–पटक जिल्ला प्रशासन कार्यालय, पर्यटन मन्त्रालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालयमा प्रहरी प्रमुखलगायत सरोकारवाला निकायहरूमा गुनासो राखिँदासमेत सुनुवाइ नहुनु आफूहरूका लागि थप पीडादायक बनेको व्यवसायीहरूले दुखेसो पोखेका थिए ।

महामारीपछि बल्ल उठ्न खोजेको पर्यटन व्यवसायको मुख्य आधार होटेल व्यवसाय छायामा पर्दा देशको अर्थतन्त्रमा समेत असर पर्ने व्यवसायीहरूको ठहर छ, यसर्थ रात्री १० बजे प्रहरीले सायरन बजाएर होटेल बन्द गराउने काम बन्द हुनु पर्ने माग होटेल व्यवसायीहरूको रहेको छ।

ज्ञापनपत्रको जवाफमा सीडीओ तिवारीले व्यवसायीको मागको सम्बन्धमा सुरक्षा निकायसँग आवश्यक छलफल गर्ने बताएका थिए ।

काठमाडौँका होटलहरू चाँडै बन्द हुने कुराले यहाँबाट फर्किने भारतीय पर्यटकहरूले भारतमा नकारात्मक सन्देश पुर्‍याउने सम्भावना रहन्छ। यस्तो अवस्थाले नेपालको पर्यटन क्षेत्रलाई प्रतिकूल असर पर्न सक्छ, त्यसैले होटल तथा व्यवसायहरूले पर्यटकमैत्री सेवा र समय व्यवस्थापनमा विशेष ध्यान दिन आवश्यक छ।

सिफारिस

फोटो पत्रकार सुशील श्रेष्ठका तीन तस्बिर ग्रीसमा हुने अन्तर्राष्ट्रिय फोटो महोत्सवका लागि छनोट

काठमाडौं — नेपाली फोटो पत्रकार सुशील श्रेष्ठका तीन तस्बिर ग्रीसको एथेन्समा आयोजना हुने अन्तर्राष्ट्रिय ‘मोमेन्ट्स कलेक्टिभ–पालायो फालिरो एथेन्स रिभिएरा फोटो फेस्टिभल–२०२६’ का लागि छनोट...

सांसदहरूको स्वकीय ब्युँताउने निर्णयमा सर्वोच्चले के भन्यो ?

काठमाडौं - सर्वोच्च अदालतले संघीय संसद्का पदाधिकारी तथा सांसदका स्वकीय सचिव (पीए) को पारिश्रमिक तथा सुविधा पुनः लागू गर्ने सरकारको निर्णयविरुद्ध दायर रिटमा अन्तरिम...

सात वर्षको प्रतीक्षापछि सञ्चालनमा आयो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं। काठमाडौं र धादिङलाई जोड्ने नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक रूपमा उद्घाटन गरिएको छ। करिब २९ अर्ब रुपैयाँ लागतमा निर्माण भएको यो नेपालकै पहिलो व्यवस्थित...

भर्खरै

सांसदहरूको स्वकीय ब्युँताउने निर्णयमा सर्वोच्चले के भन्यो ?

काठमाडौं - सर्वोच्च अदालतले संघीय संसद्का पदाधिकारी तथा सांसदका...

सात वर्षको प्रतीक्षापछि सञ्चालनमा आयो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं। काठमाडौं र धादिङलाई जोड्ने नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक...

आजदेखि सञ्चालनमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं- नेपालको पहिलो व्यवस्थित सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज...

फोटो पत्रकारलाई एआई सीपमा दक्ष बनाउन एनएफपिजेको दुईदिने कार्यशाला सम्पन्न

काठमाडौं- राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो...

हात्तिवनमा वृहत् वृक्षारोपण तथा ‘चापा गुँ’ बोर्ड स्थापना

ललितपुर - ललितपुर महानगरपालिकाका वडा नं. २३, २८ र...

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा...

धेरै पढिएको