सहायक हवल्दारलाई सडकमै कुटपिट गर्ने ट्राफिक प्रहरी प्रभाग, नागढुंगाका इन्सपेक्टर जितेन्द्र साहको सरुवा गरिएको छ। उनलाई जिम्मेवारीबाट हटाएर छानविन थालिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रवक्ता एसएसपी शेखर खनालले बताए।
केही दिनअघि इन्सपेक्टर साहले नागढुंगा चेकपोष्टमा एक सहायक हवल्दारलाई कुटपिट गरेका थिए। त्यससम्बन्धि भिडियो सामाजिक सञ्जालमा बुधबार सार्वजनिक भएपछि प्रहरीको आलोचना भइरहेको छ । सामान्य विवादमा इन्सपेक्टरले कुटपिट गरेका हुन्।