‘बन्दीपुरको पर्यटन प्रवर्द्धनमा फोटो पत्रकारको भूमिका’ विषयक अन्तरक्रिया सम्पन्न

बन्दीपुर (तनहुँ), – राष्ट्रिय फोटो पत्रकार समूह, नेपालले तनहुँको प्रमुख पर्यटकीय गन्तव्य बन्दीपुरमा ‘बन्दीपुरको पर्यटन प्रवर्द्धनमा फोटो पत्रकारको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।

शनिबार आयोजितमा सहभागिता जनाएका फोटो पत्रकारहरूले बन्दीपुरको मौलिकता, संस्कृति र प्राकृतिक सौन्दर्यलाई तस्बिर र भिडियोमार्फत देश तथा विदेशमा प्रवर्द्धन गर्न सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

राष्ट्रिय फोटो पत्रकार समूहका केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तले बन्दीपुरजस्तो ऐतिहासिक र मौलिक सहरको सौन्दर्य सञ्चार माध्यममा विशेष स्थान पाउने भएकाले यहाँ निरन्तर ताजा तस्बिर संकलन आवश्यक रहेको बताए। उनले पत्रकारहरूलाई बन्दीपुर भ्रमणमा सहभागी भई यसको विविध पक्ष क्यामेरामा कैद गर्न आग्रह गरे।

कास्की शाखाका अध्यक्ष योगेन्द्र श्रेष्ठले सञ्चारकर्मीहरूको सक्रियताले बन्दीपुर भ्रमण वर्ष २०२५ लाई सफल बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे। उनले फोटो पत्रकारको योगदान बन्दीपुरको सौन्दर्य प्रचारमा निर्णायक हुने उल्लेख गरे।

बन्दीपुर भ्रमण वर्ष २०२५ का संयोजक वैंशबहादुर गुरुङले तस्बिरले भावना बोलाउने बताए। उनले फोटो पत्रकारको अभियानले भ्रमण वर्षमा ऊर्जा थप्ने र बन्दीपुरको मौलिकता विश्वसामु पुर्‍याउने विश्वास व्यक्त गरे।

कार्यक्रमका प्रमुख अतिथि तथा बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले फोटो तथा भिडियोको प्रकाशन र प्रसारणले पर्यटकलाई आकर्षित गर्ने भएकाले प्रचारप्रसार अझ प्रभावकारी बनाउनु पर्ने आवश्यकता औंल्याए।

नेपाल फोटो पत्रकार समूह तनहुँका अध्यक्ष विष्णु गौतमका अनुसार अन्तरक्रिया कार्यक्रममा तनहुँ र कास्की जिल्लाबाट २८ जना फोटो पत्रकारको सहभागिता रहेको थियो। उनले यो अभियानले स्थानीय पर्यटन विकासमा थप टेवा पुर्‍याउने विश्वास व्यक्त गरे।

कार्यक्रममा कास्की शाखाले प्रकाशन गरेको क्यालेण्डर पनि बिमोचन गरिएको थियो।

सिफारिस

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको छ । इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको...

संखुवासभाका ८० प्रतिशत प्रतिनिधि नियमित महाधिवेशनकै पक्षमा, सभापतिलाई लेखे यस्तो पत्र

काठमाडौं - नेपाली कांग्रेसको १५ औँ महाधिवेशन विशेष नभई नियमित महाधिवेशनमार्फत सम्पन्न गर्न माग गर्दै संखुवासभा जिल्लाका ८० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पार्टी केन्द्रीय समितिलाई...

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा तरुल तथा कन्दमूल किन्ने उपभोक्ताको चहलपहल बढेको छ । पर्वलाई लक्षित गर्दै विभिन्न किसिमका तरुलहरू...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा...

कांग्रेसका २९ केन्द्रीय सदस्यको अपिल : विवाद तत्काल अन्त्यगरी निर्वाचनमा जाने वातावरण बनाइयोस

काठमाडौं - नेपाली कांग्रेसका २९ जना केन्द्रीय नेताहरूले पार्टीभित्र...

विशेष महाधिवेशन माग्नु पार्टी फुटाउने प्रयास होइन : गगन थापा

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको...

मन्त्री पदबाट राजीनामा दिएँ, अब राजनीतिक यात्रामा होमिन्छु : कुलमान घिसिङ

काठमाडौं - जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा ऊर्जा, जलस्रोत...

कुलमान घिसिङले दिएको राजीनामा पत्रमा के छ ?

काठमाडाैँ - कुलमान घिसिङले प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएका...

धेरै पढिएको