‘बन्दीपुरको पर्यटन प्रवर्द्धनमा फोटो पत्रकारको भूमिका’ विषयक अन्तरक्रिया सम्पन्न

बन्दीपुर (तनहुँ), – राष्ट्रिय फोटो पत्रकार समूह, नेपालले तनहुँको प्रमुख पर्यटकीय गन्तव्य बन्दीपुरमा ‘बन्दीपुरको पर्यटन प्रवर्द्धनमा फोटो पत्रकारको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।

शनिबार आयोजितमा सहभागिता जनाएका फोटो पत्रकारहरूले बन्दीपुरको मौलिकता, संस्कृति र प्राकृतिक सौन्दर्यलाई तस्बिर र भिडियोमार्फत देश तथा विदेशमा प्रवर्द्धन गर्न सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

राष्ट्रिय फोटो पत्रकार समूहका केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तले बन्दीपुरजस्तो ऐतिहासिक र मौलिक सहरको सौन्दर्य सञ्चार माध्यममा विशेष स्थान पाउने भएकाले यहाँ निरन्तर ताजा तस्बिर संकलन आवश्यक रहेको बताए। उनले पत्रकारहरूलाई बन्दीपुर भ्रमणमा सहभागी भई यसको विविध पक्ष क्यामेरामा कैद गर्न आग्रह गरे।

कास्की शाखाका अध्यक्ष योगेन्द्र श्रेष्ठले सञ्चारकर्मीहरूको सक्रियताले बन्दीपुर भ्रमण वर्ष २०२५ लाई सफल बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे। उनले फोटो पत्रकारको योगदान बन्दीपुरको सौन्दर्य प्रचारमा निर्णायक हुने उल्लेख गरे।

बन्दीपुर भ्रमण वर्ष २०२५ का संयोजक वैंशबहादुर गुरुङले तस्बिरले भावना बोलाउने बताए। उनले फोटो पत्रकारको अभियानले भ्रमण वर्षमा ऊर्जा थप्ने र बन्दीपुरको मौलिकता विश्वसामु पुर्‍याउने विश्वास व्यक्त गरे।

कार्यक्रमका प्रमुख अतिथि तथा बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले फोटो तथा भिडियोको प्रकाशन र प्रसारणले पर्यटकलाई आकर्षित गर्ने भएकाले प्रचारप्रसार अझ प्रभावकारी बनाउनु पर्ने आवश्यकता औंल्याए।

नेपाल फोटो पत्रकार समूह तनहुँका अध्यक्ष विष्णु गौतमका अनुसार अन्तरक्रिया कार्यक्रममा तनहुँ र कास्की जिल्लाबाट २८ जना फोटो पत्रकारको सहभागिता रहेको थियो। उनले यो अभियानले स्थानीय पर्यटन विकासमा थप टेवा पुर्‍याउने विश्वास व्यक्त गरे।

कार्यक्रममा कास्की शाखाले प्रकाशन गरेको क्यालेण्डर पनि बिमोचन गरिएको थियो।

सिफारिस

ऊर्जामन्त्री खड्कासँग विश्व बैंक क्षेत्रीय निर्देशक गुप्ताको भेट, के-के भयो छलफल ?

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग विश्व बैंक दक्षिण एशियाका क्षेत्रीय निर्देशक पंकज गुप्ताले बिहीबार सिंहदरबारमा भेटवार्ता गरेका छन् । भेटमा १,०६३...

स्पेनलाई हराउँदै पोर्चुगल जित्यो युईएफए नेसन्स लिगको उपाधि

काठमाडौं- आइतबार म्युनिखमा भएको फाइनल खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ५-३ गोलअन्तरले हराउँदै पोर्चुगलले युईएफए नेसन्स लिगको उपाधि जितेको छ । अतिरिक्त समयमा २-२ गोलको बराबरीमा...

अब ठूलो आन्दोलन हुँदैन : राप्रपा अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्षा लागिसकेकाले अब ठूलो आन्दोलन नहुने भएकाले उपयुक्त समयमा पार्टीले आन्दोलन गर्ने बताएका छन्। झापाको हल्दिबारीमा शनिबार सञ्चारकर्मीसँग कुरा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

स्पेनलाई हराउँदै पोर्चुगल जित्यो युईएफए नेसन्स लिगको उपाधि

काठमाडौं- आइतबार म्युनिखमा भएको फाइनल खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा...

अब ठूलो आन्दोलन हुँदैन : राप्रपा अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्षा लागिसकेकाले अब...

लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’ लोकार्पण

काठमाडौँ - लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’...

नेपाल परिवार दलको केन्द्रिय कार्यसम्पादन समिति बैठक: के- के गर्यो निर्णय ?

काठमाडौँ - नेपाल परिवार दलको केन्द्रिय कार्यसम्पादन समितिको बैठक...

प्रदीपराज वन्त ‘म्युजिक खबर फोटो पत्रकारिता सम्मान २०८१’ बाट सम्मानित

काठमाडौँ — म्युजिक खबर म्युजिक अवार्डको १२औँ संस्करणमा फोटो...

नेपालका पर्यटन पेशाकर्मीलाई चिनियाँ भाषा प्रशिक्षण सुरु

काठमाडौं — नेपालका पर्यटन पेशाकर्मीहरूलाई लक्षित गरी चिनियाँ भाषा प्रशिक्षण...

धेरै पढिएको