नेपालका पर्यटन पेशाकर्मीलाई चिनियाँ भाषा प्रशिक्षण सुरु

काठमाडौं — नेपालका पर्यटन पेशाकर्मीहरूलाई लक्षित गरी चिनियाँ भाषा प्रशिक्षण कार्यक्रमको सातौं व्याच सुरु गरिएको छ। नेपाल पर्यटन बोर्ड र नेपालस्थित चिनियाँ दूतावासको संयुक्त आयोजनामा शुक्रबार एक कार्यक्रमकाबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले कार्यक्रमको औपचारिक उद्घाटन गरेका हुन्।

उद्घाटन समारोहमा मन्तव्य दिँदै मन्त्री पाण्डेले चिनियाँ भाषाको ज्ञानले नेपाल–चीन सम्बन्धलाई अझ प्रगाढ बनाउने र पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। “चिनियाँ भाषाको ज्ञानले सम्बन्धमा सेतुको काम गर्छ, र यसले पर्यटन प्रवर्द्धनमा टेवा पुग्छ,” मन्त्री पाण्डेले भने।

उनले थपे, “भाषिक ज्ञान भनेको सम्पत्ति हो। जति धेरै भाषा सिकिन्छ, त्यति नै दक्षता र योग्यता वृद्धि हुन्छ। भाषा व्यक्ति र संस्कृति बीचको पुल हो, जसले आपसी समझदारी र सञ्जाल विस्तार गर्न मद्दत गर्छ।”

मन्त्री पाण्डेले चिनियाँ भाषा सिक्नेहरू सांस्कृतिक दूतको भूमिकामा रहने र यसले स्वरोजगारका अवसर पनि सिर्जना गर्ने उल्लेख गरे। साथै, उनले नेपाल भ्रमण गर्न चिनियाँ नागरिकहरूलाई आमन्त्रण गर्दै भने, “नेपाल जति हेरे पनि पुग्दैन, हेरिरहुँ लाग्छ।”

सोही अवसरमा नेपालका लागि चिनियाँ राजदूत छेन सोङले नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७५औं वर्षगाँठको अवसरमा भाषा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बताए। “नेपाल आउने चिनियाँ पर्यटकहरूलाई मातृभाषामा संवाद गर्न सक्ने वातावरण आवश्यक छ,” उनले भने, “यस कार्यक्रमले सेवा गुणस्तर अभिवृद्धि गर्न सहयोग पुर्‍याउनेछ।”

राजदूत सोङले चिनियाँ भाषाको ज्ञानले नेपाली पर्यटन व्यवसायीलाई विश्वकै ठूलो पर्यटन बजारसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउने उल्लेख गरे।

नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मत सिंह ऐरले कार्यक्रममा बोलेका थिए। उनले भने, “यो कार्यक्रम भाषा शिक्षामात्र होइन, नेपाल–चीन सम्बन्धमा सेतु मजबुत बनाउने पहल पनि हो।” उनले पर्यटन व्यवसायीहरूको सीप र क्षमता अभिवृद्धिमा कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे।

सन् २०१६ देखि सुरु भएको चिनियाँ भाषा प्रशिक्षण कार्यक्रमअन्तर्गत अहिलेसम्म ६ वटा व्याचमार्फत २४० जना पर्यटन पेशाकर्मी प्रशिक्षण प्राप्त गरिसकेका छन्। कार्यक्रमको सुरुवात तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणपछि गरिएको सहमतिअनुसार गरिएको हो।

समारोहमा नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषद्का अध्यक्ष डा. हरिशचन्द्र शाहको पनि उपस्थिति रहेको थियो।

सिफारिस

सांसद एकनाथ ढकालद्वारा इटाली संसदमा सम्बोधन

रोम, इटाली - सांसद एकनाथ ढकालले अन्तरसंसदीय संघ (IPU) को आयोजनामा इटाली संसद भवनमा सम्पन्न दोस्रो अन्तरआस्थीय संवाद सम्मेलनमा सम्बोधन गरेका छन्। “हाम्रो साझा...

स्थानीय अर्ग्यानिक आँप प्रवर्द्धन गर्न ‘म्याङ्‍गो राइड’ सुरु

काठमाडौँ — स्थानीय अर्ग्यानिक उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुँदै आएको ‘म्याङ्गो राइड’ शुक्रबारदेखि सुरु भएको छ। ललितपुरको जाउलाखेलबाट सुरु भएको राइडको उद्घाटन नेपाल...

भिडियो र फोटोमा हेर्नुस् उद्घाटनअघि यस्तो देखियो ग्वार्कोको ‘ओभरपास’

काठमाडौं - काठमाडौं उपत्यकाको निकै व्यस्त सडक ललितपुरस्थित ग्वार्को चोकमा बनेको ‘ओभरपास’ को आज उद्घाटन हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

स्थानीय अर्ग्यानिक आँप प्रवर्द्धन गर्न ‘म्याङ्‍गो राइड’ सुरु

काठमाडौँ — स्थानीय अर्ग्यानिक उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना...

भिडियो र फोटोमा हेर्नुस् उद्घाटनअघि यस्तो देखियो ग्वार्कोको ‘ओभरपास’

काठमाडौं - काठमाडौं उपत्यकाको निकै व्यस्त सडक ललितपुरस्थित ग्वार्को...

बालुवाटारमा सत्तारुढ दुई दलका ८ नेता छलफलमा

सत्तारुढ दुई दल नेपाली कांग्रेस र एमालेका ८ नेता...

एमसीसीको पूर्ण कार्यान्वयन हुन्छ : अमेरिकी दूतावास

संयुक्त राज्य अमेरिकाको अनुदानसम्बन्धी सम्झौता ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ कार्यान्वयनले...

यसकारण उच्च अदालतले नगर प्रहरी प्रमुख राजु पाण्डेको पक्षमा दियो आदेश

उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकाको नगर प्रहरी प्रमुख राजुनाथ...

बाढीबाट हुने जाेखिम न्यूनिकरणका लागि उपप्रधानमन्त्री सिंहकाे चासाे, गरे धाेबिखाेला अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले...

धेरै पढिएको