नेपालका पर्यटन पेशाकर्मीलाई चिनियाँ भाषा प्रशिक्षण सुरु

काठमाडौं — नेपालका पर्यटन पेशाकर्मीहरूलाई लक्षित गरी चिनियाँ भाषा प्रशिक्षण कार्यक्रमको सातौं व्याच सुरु गरिएको छ। नेपाल पर्यटन बोर्ड र नेपालस्थित चिनियाँ दूतावासको संयुक्त आयोजनामा शुक्रबार एक कार्यक्रमकाबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले कार्यक्रमको औपचारिक उद्घाटन गरेका हुन्।

उद्घाटन समारोहमा मन्तव्य दिँदै मन्त्री पाण्डेले चिनियाँ भाषाको ज्ञानले नेपाल–चीन सम्बन्धलाई अझ प्रगाढ बनाउने र पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। “चिनियाँ भाषाको ज्ञानले सम्बन्धमा सेतुको काम गर्छ, र यसले पर्यटन प्रवर्द्धनमा टेवा पुग्छ,” मन्त्री पाण्डेले भने।

उनले थपे, “भाषिक ज्ञान भनेको सम्पत्ति हो। जति धेरै भाषा सिकिन्छ, त्यति नै दक्षता र योग्यता वृद्धि हुन्छ। भाषा व्यक्ति र संस्कृति बीचको पुल हो, जसले आपसी समझदारी र सञ्जाल विस्तार गर्न मद्दत गर्छ।”

मन्त्री पाण्डेले चिनियाँ भाषा सिक्नेहरू सांस्कृतिक दूतको भूमिकामा रहने र यसले स्वरोजगारका अवसर पनि सिर्जना गर्ने उल्लेख गरे। साथै, उनले नेपाल भ्रमण गर्न चिनियाँ नागरिकहरूलाई आमन्त्रण गर्दै भने, “नेपाल जति हेरे पनि पुग्दैन, हेरिरहुँ लाग्छ।”

सोही अवसरमा नेपालका लागि चिनियाँ राजदूत छेन सोङले नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७५औं वर्षगाँठको अवसरमा भाषा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बताए। “नेपाल आउने चिनियाँ पर्यटकहरूलाई मातृभाषामा संवाद गर्न सक्ने वातावरण आवश्यक छ,” उनले भने, “यस कार्यक्रमले सेवा गुणस्तर अभिवृद्धि गर्न सहयोग पुर्‍याउनेछ।”

राजदूत सोङले चिनियाँ भाषाको ज्ञानले नेपाली पर्यटन व्यवसायीलाई विश्वकै ठूलो पर्यटन बजारसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउने उल्लेख गरे।

नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मत सिंह ऐरले कार्यक्रममा बोलेका थिए। उनले भने, “यो कार्यक्रम भाषा शिक्षामात्र होइन, नेपाल–चीन सम्बन्धमा सेतु मजबुत बनाउने पहल पनि हो।” उनले पर्यटन व्यवसायीहरूको सीप र क्षमता अभिवृद्धिमा कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे।

सन् २०१६ देखि सुरु भएको चिनियाँ भाषा प्रशिक्षण कार्यक्रमअन्तर्गत अहिलेसम्म ६ वटा व्याचमार्फत २४० जना पर्यटन पेशाकर्मी प्रशिक्षण प्राप्त गरिसकेका छन्। कार्यक्रमको सुरुवात तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणपछि गरिएको सहमतिअनुसार गरिएको हो।

समारोहमा नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषद्का अध्यक्ष डा. हरिशचन्द्र शाहको पनि उपस्थिति रहेको थियो।

सिफारिस

टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, सुबिशु, आईसिएफसी फाइनान्सको जित

टेक्सपायर कर्पोरेट टी-१० लिग को दोस्रो दिन को पहिलो खेलमा क्लाउड फ्याक्ट्रीले एनसेल लाई २ रनले हराउँदै रोमाञ्चक जित दर्ता गरेको छ। टस जितेर...

मनै लोभ्याउने दक्षिण ललितपुरका यी तीन महत्वपूर्ण पर्यटकीय क्षेत्र (तस्वीरहरू)

ललितपुर - जिल्ला समन्वय समिति ललितपुरको समन्वय तथा आयोजनामा दक्षिण ललितपुरका पर्यटकीय सम्भावनाहरू उजागर गर्ने उद्देश्यले सञ्चालन गरिएको ग्रामीण पर्यटन प्रवर्द्धन कार्यक्रम  आयोजना गरेको...

राष्ट्रिय फोटो पत्रकारिता दिवस: एनएफपिजेद्वारा अन्तर्राष्ट्रिय फोटो सम्मेलन गर्ने घोषणा (तस्वीरहरू)

काठमाडौँ : राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे)द्वारा आयोजना गरिएको ९९औँ राष्ट्रिय फोटोपत्रकारिता दिवस २०८३ को विविध कार्यक्रमहरू आयोजना गर्दै सम्पन्न गरेको छ । दिवसका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मनै लोभ्याउने दक्षिण ललितपुरका यी तीन महत्वपूर्ण पर्यटकीय क्षेत्र (तस्वीरहरू)

ललितपुर - जिल्ला समन्वय समिति ललितपुरको समन्वय तथा आयोजनामा...

राष्ट्रिय फोटो पत्रकारिता दिवस: एनएफपिजेद्वारा अन्तर्राष्ट्रिय फोटो सम्मेलन गर्ने घोषणा (तस्वीरहरू)

काठमाडौँ : राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे)द्वारा आयोजना गरिएको...

कर्पोरेट टी–१० लिग प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

काठमाडौँ : काठमाडौँ स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लि.द्वारा आयोजना हुन...

डोजर चलेपछि यस्तो देखियो गैरीगाउँ सुकुम्बासी बस्ती (तस्वीरहरू)

काठमाडौं - महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुम्बासी बस्तीमा शनिबार डोजर...

सिनामंगल सुकुम्बासी बस्तीमा डोजर चलेपछि … (तस्वीरहरू)

काठमाडौं - थापाथलीपछि सरकारले शनिबार सिनामंगलस्थित सुकुम्बासी बस्तीमा पनि...

पुस्तक दिवस : पुस्तकको संसारमा डुबेका पाठकहरू (तस्वीरहरू)

शहरको व्यस्त दिनचर्याबीच पुस्तकालयको शान्त वातावरणमा आफ्नै संसारमा हराएका...

धेरै पढिएको