प्रदीपराज वन्त ‘म्युजिक खबर फोटो पत्रकारिता सम्मान २०८१’ बाट सम्मानित

काठमाडौँ — म्युजिक खबर म्युजिक अवार्डको १२औँ संस्करणमा फोटो पत्रकार प्रदीपराज वन्त ‘म्युजिक खबर फोटो पत्रकारिता सम्मान २०८१’ बाट सम्मानित भएका छन्। फोटो पत्रकारितामा उल्लेखनीय योगदान दिँदै आएका वन्त हाल राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत छन् र फोटो पत्रकारहरूको संस्था राष्ट्रिय फोटो पत्रकार समूह (NFPJ) का अध्यक्ष समेत हुन्।

कार्यक्रममा विशिष्ट गीतकार यादव खरेललाई ‘म्युजिक खबर दीर्घ साधना सम्मान–२०८१’ प्रदान गरिएको छ। सयौँ कालजयी गीत लेखेका खरेलका “गैरी खेतको शीरै हान्यो”, “चैतमास खडेरीमा डढेलोले वनै खायो”, “यस्तो पनि हुँदो रैछ”, “नौ सय खोला तरेर जाने”, “उडुँ कि गुडुँ” लगायतका गीतहरू अझै जनप्रिय छन्। उनले नासो, प्रेमपिण्ड, श्रीस्वस्थानी, लोभीपापी, आदिकवि भानुभक्त जस्ता चलचित्रको निर्माण र निर्देशनसमेत गरेका छन्। खरेल चलचित्र विकास बोर्डका प्रथम अध्यक्षसमेत हुन्। उनलाई दीर्घ साधना सम्मान अन्तर्गत नगद रू. ५१,००० समेत प्रदान गरिएको हो।

अन्य सम्मान तथा पुरस्कारहरू
म्युजिक खबर रजत सङ्गीत सम्मान–२०८१: गायक तिलकसिंह पेला

म्युजिक खबर दशक सङ्गीत सम्मान: गायक खुमन अधिकारी र गायिका जुनु रिजाल काफ्ले

म्युजिक खबर युवा सङ्गीत सम्मान: गायिका मीना लामा

सङ्गीत पत्रकारिता पुरस्कार: रंग पत्रकार एमपी सुब्बा र दिपाञ्जली शाह (प्रत्येकलाई नगद रू. ५,५५५ सहित)

बाल प्रतिभा प्रोत्साहन सम्मान: बाल गायिका पूजा देवकोटा

डायस्पोरा सङ्गीत सम्मान: गीतकार डा. रमिल अधिकारी

सङ्गीत व्यवसायी सम्मान: विमल शाह

त्यस्तै अन्य विभिन्न विधागत अवार्डहरू गायक, गायिका, मोडल तथा संगीतकर्मीहरूलाई पनि प्रदान गरियो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित नागरिक उड्डयन तथा पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले सबै सम्मानित व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरे।

अवार्ड कार्यक्रमका निर्देशक वरिष्ठ पत्रकार एवं गीतकार शान्तिप्रियले विगत १२ वर्षदेखि निरन्तर यो अवार्ड आयोजना हुँदै आएको जानकारी गराए। सुमन पण्डितको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चलचित्र कलाकार संघका अध्यक्ष तथा वरिष्ठ निर्देशक मोहन निरौला, संगीतकार नारायण रायमाझी, चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसी, साहित्यकार राधेश्याम लेकाली, गायिका देविका बन्दनालगायतको उपस्थिति थियो।

सिफारिस

मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि (तस्विरहरू)

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। उनका बुवा रामनारायण शाहको सोमबार मध्याह्न निधन भएको थियो। बिरामी रहेका ७७ वर्षीय...

यस्तो छ कांग्रेस महाधिवेशन कार्यतालिका

नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशको कार्यतालिका सार्वजनिक गरेको छ। सोमबारको केन्द्रीय समितिमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पेस गरेको पुस २६-२८ गते महाधिवेशन गर्ने तालिका...

प्रधानमन्त्रीद्वारा जङ्गी अड्‍डाको निरीक्षण भ्रमण, सेनालाई दिइन् यस्तो निर्देशन

काठमाडौँ - प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्तिसुरक्षा बहाल गराई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन सफलतापूर्वक सम्पन गर्ने काममा नेपाली सेनाको महत्वपूर्ण...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

यस्तो छ कांग्रेस महाधिवेशन कार्यतालिका

नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशको कार्यतालिका सार्वजनिक गरेको छ।...

प्रधानमन्त्रीद्वारा जङ्गी अड्‍डाको निरीक्षण भ्रमण, सेनालाई दिइन् यस्तो निर्देशन

काठमाडौँ - प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्तिसुरक्षा बहाल गराई...

काठमाडौँद्वारा चितवन ५३ रनले पराजित (तस्वीरहरू)

चितवन राइनोजलाई पराजित गर्दै काठमाडौँ गोर्खाजले सिद्धार्थ बैंक नेपाल...

चितवनसामु काठमाडौंको १ सय ४३ रनको लक्ष्य (तस्वीरहरू)

काठमाडौ गोर्खाजले सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) मा...

नेपाल उसु महासंघले वैधानिकताबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं — नेपाल उसु महासंघले पछिल्लो समय विभिन्न माध्यममा...

उपरथीमा विशेष बढुवा भएका भण्डारीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं - नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार उपरथी पदमा विशेष...

धेरै पढिएको