प्रदीपराज वन्त ‘म्युजिक खबर फोटो पत्रकारिता सम्मान २०८१’ बाट सम्मानित

काठमाडौँ — म्युजिक खबर म्युजिक अवार्डको १२औँ संस्करणमा फोटो पत्रकार प्रदीपराज वन्त ‘म्युजिक खबर फोटो पत्रकारिता सम्मान २०८१’ बाट सम्मानित भएका छन्। फोटो पत्रकारितामा उल्लेखनीय योगदान दिँदै आएका वन्त हाल राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत छन् र फोटो पत्रकारहरूको संस्था राष्ट्रिय फोटो पत्रकार समूह (NFPJ) का अध्यक्ष समेत हुन्।

कार्यक्रममा विशिष्ट गीतकार यादव खरेललाई ‘म्युजिक खबर दीर्घ साधना सम्मान–२०८१’ प्रदान गरिएको छ। सयौँ कालजयी गीत लेखेका खरेलका “गैरी खेतको शीरै हान्यो”, “चैतमास खडेरीमा डढेलोले वनै खायो”, “यस्तो पनि हुँदो रैछ”, “नौ सय खोला तरेर जाने”, “उडुँ कि गुडुँ” लगायतका गीतहरू अझै जनप्रिय छन्। उनले नासो, प्रेमपिण्ड, श्रीस्वस्थानी, लोभीपापी, आदिकवि भानुभक्त जस्ता चलचित्रको निर्माण र निर्देशनसमेत गरेका छन्। खरेल चलचित्र विकास बोर्डका प्रथम अध्यक्षसमेत हुन्। उनलाई दीर्घ साधना सम्मान अन्तर्गत नगद रू. ५१,००० समेत प्रदान गरिएको हो।

अन्य सम्मान तथा पुरस्कारहरू
म्युजिक खबर रजत सङ्गीत सम्मान–२०८१: गायक तिलकसिंह पेला

म्युजिक खबर दशक सङ्गीत सम्मान: गायक खुमन अधिकारी र गायिका जुनु रिजाल काफ्ले

म्युजिक खबर युवा सङ्गीत सम्मान: गायिका मीना लामा

सङ्गीत पत्रकारिता पुरस्कार: रंग पत्रकार एमपी सुब्बा र दिपाञ्जली शाह (प्रत्येकलाई नगद रू. ५,५५५ सहित)

बाल प्रतिभा प्रोत्साहन सम्मान: बाल गायिका पूजा देवकोटा

डायस्पोरा सङ्गीत सम्मान: गीतकार डा. रमिल अधिकारी

सङ्गीत व्यवसायी सम्मान: विमल शाह

त्यस्तै अन्य विभिन्न विधागत अवार्डहरू गायक, गायिका, मोडल तथा संगीतकर्मीहरूलाई पनि प्रदान गरियो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित नागरिक उड्डयन तथा पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले सबै सम्मानित व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरे।

अवार्ड कार्यक्रमका निर्देशक वरिष्ठ पत्रकार एवं गीतकार शान्तिप्रियले विगत १२ वर्षदेखि निरन्तर यो अवार्ड आयोजना हुँदै आएको जानकारी गराए। सुमन पण्डितको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चलचित्र कलाकार संघका अध्यक्ष तथा वरिष्ठ निर्देशक मोहन निरौला, संगीतकार नारायण रायमाझी, चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसी, साहित्यकार राधेश्याम लेकाली, गायिका देविका बन्दनालगायतको उपस्थिति थियो।

सिफारिस

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले बेलायती सेनाका उच्च अधिकारीहरूसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ। बेलायती सेनाका...

कांग्रेस १५औँ महाधिवेशन : केन्द्रीय सदस्यमा रामकृष्ण चित्रकारको उम्मेदवारी

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि जनजाति–आदिवासी समूहअन्तर्गत रामकृष्ण चित्रकारले उम्मेदवारी दिनुभएको छ । चित्रकारले लामो राजनीतिक यात्रा, संगठन निर्माणमा...

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापतिमा निर्विरोध निर्वाचित भएका छन्। महाधिवेशनअन्तर्गत मंगलबार साँझ ७ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो। निर्धारित...

भर्खरै

कांग्रेस १५औँ महाधिवेशन : केन्द्रीय सदस्यमा रामकृष्ण चित्रकारको उम्मेदवारी

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका...

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विश्वप्रकाश शर्मा वरिष्ठ...

सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’ लोकार्पण

काठमाडौं - लेखक सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’...

यस वर्षको बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक

काठमाडौं - यस वर्षको बडादशैंको विजया दशमीका दिन टीका...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम शुभारम्भ

बर्दिबास — नेपाली सेना र सञ्चार जगत्बीचको सम्बन्धलाई थप...

कांग्रेस महाधिवेशनमा जितेन्द्र महर्जन ‘पारस’को केन्द्रीय सदस्यमा उम्मेदवारी

ललितपुर - नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ललितपुरका कांग्रेस नेता...

धेरै पढिएको