नेपाल परिवार दलको केन्द्रिय कार्यसम्पादन समिति बैठक: के- के गर्यो निर्णय ?

काठमाडौँ – नेपाल परिवार दलको केन्द्रिय कार्यसम्पादन समितिको बैठक आज काठमाडौँमा सम्पन्न गरेको छ । अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालको अध्यक्षतामा बसेको बैठकले ढकाललाई हालै दक्षिण कोरियाको सिउलमा सम्पन्न Inter-Parliamentary Speakers’ Conference (ISC) बाट महासचिव जस्तो गरिमामय अन्तर्राष्ट्रिय पदमा मनोनयन भएकोमा बधाई दिंदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको हो ।

बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेटबारे समेत गम्भीर छलफल गरिएको थियो। बजेटलाई जिम्मेवार र यथार्थपरक भन्दै बैठकले स्वागत गरेको छ। आर्थिक अनुशासन कायम गर्ने, व्यवसायीलाई प्रोत्साहित गर्ने र कार्यान्वयन प्रभावकारी भएमा सुशासन तथा विकासमा टेवा पुग्ने विश्वास पनि बैठकले व्यक्त गर्‍यो।

साथै, वर्षायामसँगै देखिने बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राख्दै पूर्वतयारीको खाँचो औँल्याइएको छ। कृषकलाई मलबिउको सहज आपूर्ति, यातायात सेवामा यात्रुको सुविधा, सरकारी काममा ढिलासुस्ती अन्त्य तथा समग्र सुशासन प्रवर्धनका लागि सरकारलाई गम्भीर ध्यानाकर्षण गराउने निर्णय समेत बैठकले गरेको छ।

बैठकले मुस्लिम धर्मावलम्बीहरूको पर्व बकर इद (इद उल अज्हा) को अवसरमा नेपाल तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम समुदायलाई सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेको छ।

पार्टीका महासचिव सन्तोष कुमार पौडेलद्वारा जारी विज्ञप्तिअनुसार सबै निर्णयहरू सर्वसम्मत रूपमा पारित गरिएको जनाइएको छ।

सिफारिस

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को उपाधि शनिबार जितेको छ । केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष...

भर्खरै

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

धेरै पढिएको