ऊर्जामन्त्री खड्कासँग विश्व बैंक क्षेत्रीय निर्देशक गुप्ताको भेट, के-के भयो छलफल ?

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग विश्व बैंक दक्षिण एशियाका क्षेत्रीय निर्देशक पंकज गुप्ताले बिहीबार सिंहदरबारमा भेटवार्ता गरेका छन् । भेटमा १,०६३ मेगावाट क्षमताको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजना प्रमुख विषयका रूपमा छलफल थियो।

विश्व बैंकका क्षेत्रीय निर्देशक गुप्ताले भारतीय पक्षले उठाएका केही प्राविधिक समस्या समाधान भएपछि आयोजना अघि बढाउन कुनै अवरोध नरहेको स्पष्ट पारे। मन्त्री खड्काले आयोजनाको वित्तीय व्यवस्थापन प्रक्रिया छिटो टुंग्याउन आग्रह गरे ।

 

भेटमा गुप्ताले भारतसँगको सहमति बिना अगाडि बढ्दा विवाद उत्पन्न हुन सक्ने भन्दै विश्व बैंक सहमतिमै प्रक्रिया अघि बढाउन चाहेको बताए । भारतीय पक्षले तल्लो तटीय क्षेत्रमा भारतीय कम्पनीद्वारा निर्माणाधीन आयोजनामा असर नपर्ने गरी माथिल्लो अरुणको ड्याम १०० मिटर माथि सार्नुपर्ने माग राखेको छ।

विश्व बैंकले एडीबी, जाईका लगायत साझेदारहरूलाई समेटेर करिब २ अर्ब अमेरिकी डलर बराबरको लगानी संरचना तयार गरिसकेको जनाएको छ। परियोजनाको पहुँच मार्गको निर्माण एडीबीको सहयोगमा सुरु हुन लागेको छ। नेपाल विद्युत प्राधिकरणले पनि करिब ६५ अर्ब रुपैयाँको स्वदेशी लगानी जुटाउनुपर्ने छ, तर त्यसबारे ठोस निर्णय भएको छैन।

अनुमानित लागत करिब २ खर्ब १४ अर्ब रुपैयाँ रहेको माथिल्लो अरुण आयोजनाको वित्तीय मोडालिटीमा ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटी रहनेछ। अन्तिम ऋण सम्झौता प्राविधिक विवाद समाधानसँगै हुने सम्भावना रहेको छ।

भेटमा ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्य, सहसचिवद्वय चिरञ्जीवी चटौत र सागरराज गौतम, साथै विश्व बैंक नेपालका देशीय निर्देशक डेभिड सिस्लेन पनि सहभागी थिए।

सिफारिस

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन सकिने...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

भर्खरै

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

धेरै पढिएको