ऊर्जामन्त्री खड्कासँग विश्व बैंक क्षेत्रीय निर्देशक गुप्ताको भेट, के-के भयो छलफल ?

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग विश्व बैंक दक्षिण एशियाका क्षेत्रीय निर्देशक पंकज गुप्ताले बिहीबार सिंहदरबारमा भेटवार्ता गरेका छन् । भेटमा १,०६३ मेगावाट क्षमताको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजना प्रमुख विषयका रूपमा छलफल थियो।

विश्व बैंकका क्षेत्रीय निर्देशक गुप्ताले भारतीय पक्षले उठाएका केही प्राविधिक समस्या समाधान भएपछि आयोजना अघि बढाउन कुनै अवरोध नरहेको स्पष्ट पारे। मन्त्री खड्काले आयोजनाको वित्तीय व्यवस्थापन प्रक्रिया छिटो टुंग्याउन आग्रह गरे ।

 

भेटमा गुप्ताले भारतसँगको सहमति बिना अगाडि बढ्दा विवाद उत्पन्न हुन सक्ने भन्दै विश्व बैंक सहमतिमै प्रक्रिया अघि बढाउन चाहेको बताए । भारतीय पक्षले तल्लो तटीय क्षेत्रमा भारतीय कम्पनीद्वारा निर्माणाधीन आयोजनामा असर नपर्ने गरी माथिल्लो अरुणको ड्याम १०० मिटर माथि सार्नुपर्ने माग राखेको छ।

विश्व बैंकले एडीबी, जाईका लगायत साझेदारहरूलाई समेटेर करिब २ अर्ब अमेरिकी डलर बराबरको लगानी संरचना तयार गरिसकेको जनाएको छ। परियोजनाको पहुँच मार्गको निर्माण एडीबीको सहयोगमा सुरु हुन लागेको छ। नेपाल विद्युत प्राधिकरणले पनि करिब ६५ अर्ब रुपैयाँको स्वदेशी लगानी जुटाउनुपर्ने छ, तर त्यसबारे ठोस निर्णय भएको छैन।

अनुमानित लागत करिब २ खर्ब १४ अर्ब रुपैयाँ रहेको माथिल्लो अरुण आयोजनाको वित्तीय मोडालिटीमा ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटी रहनेछ। अन्तिम ऋण सम्झौता प्राविधिक विवाद समाधानसँगै हुने सम्भावना रहेको छ।

भेटमा ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्य, सहसचिवद्वय चिरञ्जीवी चटौत र सागरराज गौतम, साथै विश्व बैंक नेपालका देशीय निर्देशक डेभिड सिस्लेन पनि सहभागी थिए।

सिफारिस

आजको मौसम : यी प्रदेशमा भारी वर्षा हुने

हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी...

ऋत एकेडेमीका प्राचार्य आनन्द कुमार यादवलाई थाईल्याण्डको दोस्रो IPA पुरस्कार

 ऋत एकेडेमीका प्राचार्य तथा हिसान बागमती प्रदेशका बरिष्ठ उपाध्यक्ष श्री आनन्द कुमार यादवलाई थाईल्याण्डको Universal Institute of Professional Management (UIPM) द्वारा आयोजित दोस्रो IPA...

एकता, अनुभव र लगानीलाई नेपालको समृद्धिमा रुपान्तरण गरौं : मन्त्री काफ्ले

दक्षिण कोरिया, साउन १० — बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले गैरआवासीय नेपालीबीचको एकता, अनुभव र लगानीलाई नेपालको समृद्धिमा रूपान्तरण गर्न सकिने...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ऋत एकेडेमीका प्राचार्य आनन्द कुमार यादवलाई थाईल्याण्डको दोस्रो IPA पुरस्कार

 ऋत एकेडेमीका प्राचार्य तथा हिसान बागमती प्रदेशका बरिष्ठ उपाध्यक्ष...

एकता, अनुभव र लगानीलाई नेपालको समृद्धिमा रुपान्तरण गरौं : मन्त्री काफ्ले

दक्षिण कोरिया, साउन १० — बागमती प्रदेशका आर्थिक मामिला...

जलवायु परिवर्तन र विपद्लाई साझा रूपमा सम्बोधन गर्नुपर्नेमा जोड

काठमाडौँ - युवालाई उद्यम, हरित अर्थतन्त्र र प्रविधिको साक्षरतासँग...

नेपालकै ठूलो टी–१० टेनिस क्रिकेट प्रतियोगिताका लागि खेलाडी दर्ता प्रक्रिया खुला

काठमाडौँ - डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लिको आयोजनामा...

दिव्य पशुपतिनाथ अभियान सुरू, पर्यटन मन्त्रीबाट वृक्षारोपण गरेर आम्भ

काठमाडौं - विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक पशुपतिनाथ मन्दिर...

साउन महिनामा धार्मिक आस्था र परम्पराप्रतिको समर्पण झनै बढ्दो (तस्वीरहरू)

नेपाली हिन्दू नारीहरूको जीवनशैली र धार्मिक संस्कारमा विशेष स्थान...

धेरै पढिएको