१५औं राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत उसु खेल सम्पन्न, बागमती प्रदेश प्रथम

काठमाडौं – १५औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड–२०८२ अन्तर्गत सम्पन्न उसु खेलकुद प्रतियोगिता समापन भएको छ। प्रतियोगितामा बागमती प्रदेशले उत्कृष्ट प्रदर्शन गर्दै ८ स्वर्ण पदकसहित टिम च्याम्पियन बनेको छ।

सुदूरपश्चिम प्रदेशले ३ स्वर्ण पदक जित्दै दोस्रो स्थान प्राप्त गर्दा लुम्बिनी प्रदेशले १ स्वर्ण पदकसहित तेस्रो स्थानमा चित्त बुझाएको छ ।

समापन समारोहमा नेपाल उसु महासंघका महासचिव नवराज ढुंगाना बिश्वास, उपमहासचिव राजिव महर्जन, राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य दिपेन्द्र बिष्ट, मुख्य प्रशिक्षक फत्त बहादुर लामा लगायत अन्य अतिथि तथा प्रशिक्षकहरूको उपस्थितिमा पदक तथा प्रमाणपत्र वितरण गरिएको थियो।

प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने खेलाडीहरूले क्रमशः रु ५,०००/-, रु ३,०००/-, र रु २,०००/- नगद पुरस्कार प्राप्त गरे।

नेपाल उसु महासंघले प्रतियोगितामा सहभागिता जनाउने सम्पूर्ण प्रदेशका टिम, खेलाडी, प्रशिक्षक तथा निर्णायकहरूलाई धन्यवाद ज्ञापन गर्दै प्रतियोगिताको सफल सम्पन्नताप्रति खुसी व्यक्त गरेको छ।

सिफारिस

फोटो पत्रकारलाई एआई सीपमा दक्ष बनाउन एनएफपिजेको दुईदिने कार्यशाला सम्पन्न

काठमाडौं- राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका लागि कृत्रिम बौद्धिकता सीप: व्यावसायिक क्षमता अभिवृद्धि’ विषयक दुईदिने कार्यशाला सम्पन्न भएको छ। कार्यशालामा एआई...

हात्तिवनमा वृहत् वृक्षारोपण तथा ‘चापा गुँ’ बोर्ड स्थापना

ललितपुर - ललितपुर महानगरपालिकाका वडा नं. २३, २८ र २९ को संयुक्त आयोजनामा हरिसिद्धिस्थित हात्तिवन क्षेत्रमा शनिबार वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। ललितपुर महानगरपालिकाका...

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा फोटो पत्रकारहरूका लागि दुईदिने ‘एआई स्किल फर फोटोजर्नालिस्ट’ तालिम शनिबारदेखि काठमाडौंको सानोभर्याङस्थित स्वस्तिश्री गुरुकुल आईबी...

भर्खरै

हात्तिवनमा वृहत् वृक्षारोपण तथा ‘चापा गुँ’ बोर्ड स्थापना

ललितपुर - ललितपुर महानगरपालिकाका वडा नं. २३, २८ र...

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा...

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थीलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं - द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी र...

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णय

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता शुल्क पूर्ण...

धेरै पढिएको