बङ्गलादेशमा विद्युत बेच्न सुरु, पाँच महिनामा डेढ अर्ब आम्दानी हुने

काठमाडौँ – नेपाल सरकारले यस वर्ष नेपालबाट भारतीय प्रसारण लाईन हुँदै ४० मेगावाट विद्युत बङ्गलादेश विद्युत निर्यात सुरु गरेको छ ।

गत वर्ष कात्तिक ३० मा पहिलोपटक १२ घण्टाका लागि भारतीय प्रसारण लाईन हुँदै बङ्गलादेश विद्युत निर्यात गरेको प्राधिकरणले यसवर्ष असार १ (जुन १५) अर्थात् आज राती १२ बजेदेखि पुनः ४० मेगावाट विद्युत निर्यात सुरु गरेको हो ।

गतवर्षको असोज १७ गते नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटीपीसी विद्युत् व्यापार निगम लिमिटेड भारतबिच विद्युत विक्रि सम्झौतामा हस्ताक्षर भएसँगै अघिल्लो सिजनको अन्तिम दिन अर्थात् कात्तिक ३० गते दिउँसो १२ बजेदेखि राती १२ बजेसम्म करिब १२ घण्टामात्र विद्युत निर्यात भएको थियो ।

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले वर्षायाममा नेपाललाई बढी भएको विद्युत छिमेकी मुलुक भारतसँगै बङ्गलादेशमा निर्यात गर्न पाउनु खुशीको खबर भएको बताउनुभयो । “बङ्गलादेशमा विद्युत निर्यात हुनु यस क्षेत्रमा लाग्ने समग्र व्यवसायी र नेपालको समृद्धिका लागि खुशीको कुरा हो,”– मन्त्री खड्काले भन्नुभयो ।

नेपालले हरेक वर्ष पाँच महिना बर्षाद्को समयमा बढी भएको बिजुली छिमेकी मुलुक भारतलाई निर्यात गर्दै आएको छ । गत वर्ष बङ्गलादेशसँग विद्युत निर्यात सम्झौता गरेको नेपालले त्यसवेला जम्मा १२ घण्टामात्र विद्युत निर्यात गर्न पाएको थियो । यो वर्षभने आजदेखि पाँच महिना निरन्तर बङ्गलादेशमा विद्युत निर्यात गर्नेछ ।

उर्जामन्त्री खड्काले हाम्रो उत्पादन निर्यात गरेर आयत घटाउनसक्ने प्रमुख क्षेत्र भनेको विद्युत क्षेत्र भएको बताउनुभयो । नेपाल विद्युत प्राधिकरणले त्रिशुली जलविद्युत केन्द्रबाट उत्पादित १८ दशमलव ६० मेगावाट र चिलिमे जलविद्युत आयोजनाबाट उत्पादित २१ दशमलव ४० मेगावाट विद्युत निर्यात गर्न नेपाल, भारत र बङ्गलादेशबीच गतवर्ष सम्झौता भएको थियो ।

आजदेखि बङ्गलादेश निर्यात सुरु गरिएको विद्युत आगामी नोभेम्बर १५ सम्म निर्यात हुनेछ । पाँच महिनाको अवधिमा १४ करोड ६८ लाख ८० हजार युनिट विद्युत निर्यात हुने नेपाल विद्युत प्राधिकरणका विद्युत प्रणाली नियन्त्रण विभागका उप–प्रबन्धक सुवर्ण सापकोटाले जानकारी दिनुभयो ।

उक्त विद्युत विक्रिवापत नेपाल सरकारले पाँच महिनामा ९४ लाख अमेरिकी डलर अर्थात् रु एक अर्ब २९ करोड नेपाली रुपैँया आम्दानी गर्नेछ । उक्त सम्झौता बमोजिम निर्यात हुने विद्युतको बिक्रि दर ६.४० अमेरिकी सेन्ट प्रति युनिट रहेको छ । उक्त विद्युत नेपालको ४०० केभी ढल्केबर सबस्टेशनबाट भारतको मुजफरपुर, बेहरामपुर हुदै बङ्गलादेशको भेरमारा सबस्टेशनसम्म पुग्नेछ ।

उर्जा क्षेत्रमा निकै दिर्घकालिन महत्व राख्ने विद्युत निर्यातले नेपालको उर्जा सन्तुलन, नेपालको जलविद्युतको अधिकतम उत्पादन र उपयोग तथा देशको अर्थतन्त्र उकास्न योगदान दिने अपेक्षा गरिएको छ ।
नेपाल सरकारको उर्जा विकास मार्गचित्र–२०८१ को अवधारणा अनुसार सन् २०३५ भित्र २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गरी १५ हजार मेगावाट विद्युत निर्यात गर्ने लक्ष्य लिएको छ ।

भारतमा पनि विद्युत निर्यात निरन्तरता

नेपाल विद्युत प्राधिकरणले छिमेकी मुलुक भारतमा पनि विद्युत निर्यातलाई निरन्तरता दिएको छ । प्राधिकरणले यसवर्ष भारतको हरियाणा राज्यमा पनि विद्युत निर्यात सुरु गरिसकेको छ ।

जेठ १८ (जुन १) बाट १८५ मेगावाट विद्युत निर्यात गर्दै आएको प्राधिकरणले हिजो शनिबारदेखि सोही स्थानका लागि २०० मेगावाट विद्युत निर्यात सुरु गरेको हो । नेपाल र भारत बीच भएको द्विपक्षीय सम्झौता बमोजिम यो विद्युत निर्यात को बिक्रि दर ५.२५ भारतीय रुपैया प्रति युनिट रहेको छ ।

त्यस्तै, प्राधिकरणले आज राती १२ बजेदेखि नै भारतको बिहार राज्यमा पनि ८० मेगावाट विद्युत निर्यात सुरु गरेको छ । यसबाहेक ढल्केबर–मुजफरपुर ४०० केभी र १३२ केभी प्रशारण लाइनबाट समेत भारतीय बजारमा थप विद्युत खरिद बिक्रि भैरहेको छ ।

वर्षायाम लागेसँगै नेपालमा विद्युतको उत्पादन बढेकाले नेपालको आन्तरिक माग पुरा भएपछि बाँकी रहेको विद्युत भारत र बङ्गलादेशमा निर्यात गर्न लागिएको हो ।

सिफारिस

टि२० विश्वकप छनोट: नेपालद्वारा जापान ५ विकेटले पराजित

टि२० विश्वकप छनोट अन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा जापानलाई ५ विकेटले पराजित गर्दै सुपर सिक्समा २ अंक जोडेको छ । यस हारले जापान...

एकनाथ ढकालले फिर्ता गरे कूटनीतिक राहदानी

काठमाडौँ - संघीय संसद्—प्रतिनिधि सभाका पूर्व सदस्य एकनाथ ढकालले आफ्नो सांसदकालमा प्राप्त कूटनीतिक राहदानी फिर्ता गरेका छन्। बिहीबार राहदानी विभाग पुगेर ढकालका स्वकीय सचिव जितेन्द्र...

कहीँ नभएको जात्रा हाँडी गाउँमा (तस्वीरहरू)

काठमाडौं - कार्तिक कृष्ण प्रतिपदाको अवसरमा आज हाडीगाउँका स्थानीयले परम्परागत चोक्ते नारायणको जात्रा मनाएका छन्। उल्टो रथमा देवतालाई राखेर परिक्रमा गराउने अनौठो चलनका कारण...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

एकनाथ ढकालले फिर्ता गरे कूटनीतिक राहदानी

काठमाडौँ - संघीय संसद्—प्रतिनिधि सभाका पूर्व सदस्य एकनाथ ढकालले...

कहीँ नभएको जात्रा हाँडी गाउँमा (तस्वीरहरू)

काठमाडौं - कार्तिक कृष्ण प्रतिपदाको अवसरमा आज हाडीगाउँका स्थानीयले...

आइयूसीएनको रिजनल काउन्सिलरमा नेपालकी रोशनी पाठकको एकल उम्मेदवारी

काठमाडौँ - अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (IUCN) को साउथ...

बलराम पुडासैनीको वर पिपलु बोलको गीत सार्वजनिक

हेटौंडा - गायक एवम् पत्रकार बलराम पुडासैनीको वर पिपलु...

कहाँ गए यी १८ प्रहरी जवान ? ७ दिनभित्र हाजिर नभए जागिर चैट

काठमाडौँ - प्रहरी प्रधान कार्यालय नक्सालले सम्पर्क बाहिर रहेका...

स्वम्भूबाट देखिएको काठमाडौं (तस्वीरहरू)

शुक्रबार र शनिबारको अविरल वर्षापछि आज(सोमबार)काठमाडौंको मौसम खुलेको छ...

धेरै पढिएको