यातायात व्यवसायी सरोज सिटौला कांग्रेस प्रवेश

काठमाडौँ – नेपालका चर्चित यातायात व्यवसायी सरोज सिटौला नेपाली काँग्रेस प्रवेश गरेका छन् ।

तीन दशकभन्दा लामो समय नेपालको यातायात क्षेत्रमा क्रियाशिल सिटौला आइतबार कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा कांग्रेस प्रवेश गरेका हुन् । सिटौला यातायात क्षेत्रका चर्चित नेता हुन् ।

सिटौलालाई कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा, पूर्व उपसभापति गोपालमान श्रेष्ठलगायतका नेताले पार्टी प्रवेश गराएका हुन् ।

कांग्रेस परिवारको पृष्ठभूमीको जन्मेका सिटौला राजनीति भन्दापनि यातायात व्यवसायीको हक, हित र अधिकारको वकालत गर्दै आएका थिए । उनी हाल नेपाल यातायात व्यवसायी महासङ्घको वरिष्ठ उपाध्यक्ष छन् ।

कांग्रेस प्रवेशपछि सिटौलाले आफू लोकतान्त्रिक परिवारको सदस्य भएपनि राजनीतिक विचार फरक रहँदाका बखतपनि आफूले लोकतान्त्रिक मूल्य मान्यतालाई आत्मसाथ गर्दै यातायात क्षेत्रको मुद्दालाई निरन्तर उठाँउदै आएको बताए ।

सिटौला आइतबार आमाबुबाको आर्शिवाद लिएर कांग्रेस प्रवेश गरेका हुन् । सिटौलाका बुबाआमा पुराना कांग्रेस हुन् ।

“मलाई मेरो कार्यशैलीका कारण धेरै साथीहरुले तपाईँ नेपाली काँग्रेसको नेता हुनुपर्ने भनी जिज्ञासा राख्ने गर्नुहुन्थ्यो, जुन आज सफल भएको छ, आगामी दिनमा मेरो तनमन नेपाली कांग्रेस र कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक यातायात व्यवसायीको संघको संगठन विस्तारमा लाग्नेछु,”– सिटौलाले भने ।

सिटौलाले आगामी दिनमा राष्ट्रियता, लोकतन्त्र र समाजवाद पार्टीको मुल सिद्धान्तलाई आत्मासाथ गर्दै अगाडि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

सिफारिस

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय निर्धारण गरिएको छ । आज मंगलबार जिल्ला अदालत...

भर्खरै

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ...

धेरै पढिएको