यातायात व्यवसायी सरोज सिटौला कांग्रेस प्रवेश

काठमाडौँ – नेपालका चर्चित यातायात व्यवसायी सरोज सिटौला नेपाली काँग्रेस प्रवेश गरेका छन् ।

तीन दशकभन्दा लामो समय नेपालको यातायात क्षेत्रमा क्रियाशिल सिटौला आइतबार कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा कांग्रेस प्रवेश गरेका हुन् । सिटौला यातायात क्षेत्रका चर्चित नेता हुन् ।

सिटौलालाई कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा, पूर्व उपसभापति गोपालमान श्रेष्ठलगायतका नेताले पार्टी प्रवेश गराएका हुन् ।

कांग्रेस परिवारको पृष्ठभूमीको जन्मेका सिटौला राजनीति भन्दापनि यातायात व्यवसायीको हक, हित र अधिकारको वकालत गर्दै आएका थिए । उनी हाल नेपाल यातायात व्यवसायी महासङ्घको वरिष्ठ उपाध्यक्ष छन् ।

कांग्रेस प्रवेशपछि सिटौलाले आफू लोकतान्त्रिक परिवारको सदस्य भएपनि राजनीतिक विचार फरक रहँदाका बखतपनि आफूले लोकतान्त्रिक मूल्य मान्यतालाई आत्मसाथ गर्दै यातायात क्षेत्रको मुद्दालाई निरन्तर उठाँउदै आएको बताए ।

सिटौला आइतबार आमाबुबाको आर्शिवाद लिएर कांग्रेस प्रवेश गरेका हुन् । सिटौलाका बुबाआमा पुराना कांग्रेस हुन् ।

“मलाई मेरो कार्यशैलीका कारण धेरै साथीहरुले तपाईँ नेपाली काँग्रेसको नेता हुनुपर्ने भनी जिज्ञासा राख्ने गर्नुहुन्थ्यो, जुन आज सफल भएको छ, आगामी दिनमा मेरो तनमन नेपाली कांग्रेस र कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक यातायात व्यवसायीको संघको संगठन विस्तारमा लाग्नेछु,”– सिटौलाले भने ।

सिटौलाले आगामी दिनमा राष्ट्रियता, लोकतन्त्र र समाजवाद पार्टीको मुल सिद्धान्तलाई आत्मासाथ गर्दै अगाडि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

सिफारिस

मार्की खेलाडीको रूपमा निरुता ठगुन्नालाई मधेश युनाइटेडले दियो निरन्तरता

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL) का लागि टोली मधेश युनाइटेड ले राष्ट्रिय महिला भलिबल टोलीकी प्रमुख स्पाइकर निरुता ठगुन्नालाई पुनः...

नीति शाहलाई मधेश युनाइटेडले गर्‍यो ब्रान्ड एम्बासडर नियुक्त

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL) का लागि सहभागी टोली मधेश युनाइटेड ले चर्चित मोडल तथा अभिनेत्री नीति शाहलाई आफ्नो ब्रान्ड...

नेपालकै सबैभन्दा ठूलो टेनिस बलमा आधारित टी-१० क्रिकेट लागि टिम दर्ता प्रक्रिया सुरु

काठमाडौँ - नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)का लागि टिम दर्ता प्रक्रिया सुरु गरिएको छ। डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुन लागेको यो लिग...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

नीति शाहलाई मधेश युनाइटेडले गर्‍यो ब्रान्ड एम्बासडर नियुक्त

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL)...

नेपालकै सबैभन्दा ठूलो टेनिस बलमा आधारित टी-१० क्रिकेट लागि टिम दर्ता प्रक्रिया सुरु

काठमाडौँ - नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)का लागि टिम...

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एक वर्षः के-के भए काम ?

काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एकवर्षे...

घट्यो पेट्रोल–डिजेलको मूल्य

बुधबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल–डिजेलको भाउ...

सुशील श्रेष्ठको तस्वीर पर्यटन बोर्डको उत्कृष्ट तीनमा, २५ हजार पुरस्कार

काठमाडौं – नेपाल पर्यटन बोर्डद्वारा आयोजना गरिएको मासिक अनलाइन...

बालुुवाटारमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको छलफल

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेकपा...

धेरै पढिएको