टी–२० शृंखला : नेपालसँग स्कटल्यान्ड पराजित

काठमाडौँ — नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टि२० अन्तर्राष्ट्रिय (T20I) सिरिजमा पहिलो जित दर्ता गरेको छ। मंगलबार डन्डीस्थित टिटवुड मैदानमा भएको तेस्रो खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डलाई २ विकेटले पराजित गर्दै सिरिजमा पुनरागमन गरेको हो।

स्कटल्याण्डले दिएको ९८ रनको लक्ष्य नेपालले १९.५ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्‍यो। नेपाल, स्कटल्याण्ड र नेदरल्यान्ड्स तीनै टोलीको २–२ अंक भए पनि रन रेटका आधारमा नेपाल दोस्रो स्थानमा उक्लिएको छ।

ओपनर कुशल भुर्तेलले नेपालका लागि सर्वाधिक ३० रन बनाए। तर लक्ष्य सानो भए पनि नेपालका ब्याटरहरु निरन्तर आउट हुँदा खेल रोमाञ्चक बनेको थियो।

कुशलले ३५ बलमा ४ चौका प्रहार गर्दै योगदान दिए। कप्तान रोहित पौडेलले ७ रन जोडे। दीपेन्द्र सिंह ऐरीले १४ रन बनाउँदै नेपाललाई सम्हाल्ने प्रयास गरे।

तर १८औं ओभरसम्म आइपुग्दा नेपाल ९७ रनको लक्ष्य नजिक पुगिसकेको भए पनि अन्तिम क्षणमा लगातार विकेट गुमाउँदै दवावमा परेको थियो।

३ बल बाँकी हुँदा १ रन आवश्यक रहेको अवस्थामा किरण ठगुन्ना छक्का प्रहार गर्न खोज्दा क्याच आउट भए।

अन्ततः सन्दीप लामिछानेले पहिलो बलमै सिंगल लिएर नेपाललाई जित दिलाए।

यसअघि, टस जितेर ब्याटिङ गरेको स्कटल्याण्ड १९.४ ओभरमा ९७ रनमै अलआउट भएको थियो। सन्दीप लामिछानेले ४ ओभरमा १ मेडनसहित मात्र ११ रन खर्चेर १ विकेट लिए।

दीपेन्द्र सिंह ऐरी, करण केसी, र ललित राजवंशीले पनि राम्रो बलिङ गरे। माइकल लिस्कले स्कटल्याण्डका लागि सबैभन्दा राम्रो प्रदर्शन गर्दै ४४ रन बनाए। तर अन्य ब्याटरले खास योगदान दिन नसक्दा स्कटल्याण्ड सस्तोमा समेटियो।

सिफारिस

कर्णालीलाई चितवनले ४ विकेटले हरायो (तस्वीरहरू)

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा कर्णाली याक्सलाई चितवन राइनोजले ४ विकेटले पराजित गरेको छ । टस हारेर पहिला व्याटिङ गरेको कर्णालीले...

एनपिएल: आज पनि र्कीतिपुरमा खेल हेर्नको भिड (तस्वीरहरू)

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज दुई खेल भइरहेका छन्। चारवटै टोलीमा विदेशी खेलाडीको सहभागिताले र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदानभित्र...

फ्लड लाइटको उज्यालोमा एनपीएल हेर्न झुम्मिएका दर्शक (तस्वीरहरू)

मौसम चिसिदै गएको मंसिरको प्रारम्भमा सुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करण खेल हेर्न उद्घाटन खेलमा दर्शकहरुको उल्लेख्य उपस्थिति छ । उद्घाटन खेलको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

एनपिएल: आज पनि र्कीतिपुरमा खेल हेर्नको भिड (तस्वीरहरू)

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज...

फ्लड लाइटको उज्यालोमा एनपीएल हेर्न झुम्मिएका दर्शक (तस्वीरहरू)

मौसम चिसिदै गएको मंसिरको प्रारम्भमा सुरु भएको नेपाल प्रिमियर...

 एनपिएल : उद्घाटन खेलमा जनकपुरविरुद काठमाडौंको जित

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा...

सुदूरपश्चिबाट एनपीएल खेल्ने क्रिस लिन नेपाल आइपुगे

काठमाडौँ - सुदूरपश्चिम रोयल्सबाट दोस्रो संस्करणको नेपाल प्रिमियर लिग...

फ्लड लाइटमा यस्तो देखियो त्रिवि क्रिकेट रंगाशाला (तस्वीरहरू)

काठमाडौँ - सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निमार्ण...

एनपीएल विजेताले कति पाउँछन् पुरस्कार रकम ?

काठमाडौँ - नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रो संस्करणको...

धेरै पढिएको