एमसीसीको पूर्ण कार्यान्वयन हुन्छ : अमेरिकी दूतावास

संयुक्त राज्य अमेरिकाको अनुदानसम्बन्धी सम्झौता ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ कार्यान्वयनले निरन्तरता पाउने भएको छ।

नेपालस्थित अमेरिकी दूतावासका अनुसार नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसनसँग गरेको अनुदान सम्झौतालाई अमेरिकी सरकारले निरन्तरता दिन र पूर्ण कार्यान्वयन गर्न भनेको हो।

‘यद्यपि अमेरिकी विदेशी सहायतामाथिको समीक्षा निरन्तर चलिरहेको छ, सन् २०२५ फेब्रुअरीमा स्टेट सेक्रेटरीले अमेरिकाको विदेशी सहायता ९० दिनलाई स्थगित गर्ने निर्णयमा एमसीसी नेपाल कम्प्याक्टका लागि भने विशेष छुट दिने प्रस्तावलाई स्वीकृत गर्नुभएको थियो। सोही छुटअनुसार एमसीसी नेपाल कम्प्याक्टलाई पूर्ण कार्यान्वयनसहित निरन्तर रहने अधिकारप्राप्त भएको छ।’

एमसीसी र नेपालस्थित अमेरिकी नियोगले समीक्षाको रचनात्मक समर्थनमा सरोकारवालासँग निरन्तर छलफल गरिरहेको पनि उल्लेख गरिएको छ।

यस सम्झौताका सम्भावित नयाँ प्रावधानहरुसहित यसअन्तर्गत भइरहेका कार्यहरु अमेरिका र नेपाल सरकारको प्राथमिकतासँग मिल्दोजुल्दो छन् भनी सुनिश्चित गर्न र पारदर्शिता, सुदृढ शासन, प्रभावकारी वितरण र विवेकपूर्ण जोखिम व्यवस्थापन सुनिश्चित गर्न एमसीसीले अर्थ मन्त्रालय र एमसीए नेपालसँग निकटमा रहेर काम गरिरहेको दूतावासले जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘संयुक्त राज्य अमेरिका समृद्धिको प्रवर्द्धन र दीर्घकालीन आर्थिक दिगोपनाबाट नेपाली जनतालाई सहयोग गर्न र आफ्नो नेपालसँगको द्विपक्षीय सम्बन्धप्रति प्रतिबद्ध छ।’

सिफारिस

मार्की खेलाडीको रूपमा निरुता ठगुन्नालाई मधेश युनाइटेडले दियो निरन्तरता

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL) का लागि टोली मधेश युनाइटेड ले राष्ट्रिय महिला भलिबल टोलीकी प्रमुख स्पाइकर निरुता ठगुन्नालाई पुनः...

नीति शाहलाई मधेश युनाइटेडले गर्‍यो ब्रान्ड एम्बासडर नियुक्त

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL) का लागि सहभागी टोली मधेश युनाइटेड ले चर्चित मोडल तथा अभिनेत्री नीति शाहलाई आफ्नो ब्रान्ड...

नेपालकै सबैभन्दा ठूलो टेनिस बलमा आधारित टी-१० क्रिकेट लागि टिम दर्ता प्रक्रिया सुरु

काठमाडौँ - नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)का लागि टिम दर्ता प्रक्रिया सुरु गरिएको छ। डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुन लागेको यो लिग...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

नीति शाहलाई मधेश युनाइटेडले गर्‍यो ब्रान्ड एम्बासडर नियुक्त

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL)...

नेपालकै सबैभन्दा ठूलो टेनिस बलमा आधारित टी-१० क्रिकेट लागि टिम दर्ता प्रक्रिया सुरु

काठमाडौँ - नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)का लागि टिम...

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एक वर्षः के-के भए काम ?

काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एकवर्षे...

घट्यो पेट्रोल–डिजेलको मूल्य

बुधबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल–डिजेलको भाउ...

सुशील श्रेष्ठको तस्वीर पर्यटन बोर्डको उत्कृष्ट तीनमा, २५ हजार पुरस्कार

काठमाडौं – नेपाल पर्यटन बोर्डद्वारा आयोजना गरिएको मासिक अनलाइन...

बालुुवाटारमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको छलफल

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेकपा...

धेरै पढिएको