सांसद एकनाथ ढकालद्वारा इटाली संसदमा सम्बोधन

रोम, इटाली – सांसद एकनाथ ढकालले अन्तरसंसदीय संघ (IPU) को आयोजनामा इटाली संसद भवनमा सम्पन्न दोस्रो अन्तरआस्थीय संवाद सम्मेलनमा सम्बोधन गरेका छन्। “हाम्रो साझा भविष्यका लागि विश्वास सुदृढ गर्दै र आशालाई अँगाल्दै” भन्ने मूल नारामा सम्पन्न सम्मेलनमा ढकालले मानवता सामना गरिरहेकै प्रमुख चुनौतीहरू समाधान गर्दै शान्ति र समृद्ध भविष्य निर्माण गर्न सांसद तथा धार्मिक अगुवाहरूबीच सहकार्य आवश्यक रहेको बताएका हुन्।

नेपाल प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा कार्यरत सांसद ढकालले आफ्ना विचार राख्दै विविधताभित्र सहिष्णुता, नैतिकता र आस्थाबीचको सम्मान कायम राख्न संसद र धर्मगुरुहरूको भूमिका अतुलनीय हुने उल्लेख गरे। उनले धर्मनिरपेक्षता, धार्मिक स्वतन्त्रता र लोकतान्त्रिक मूल्यहरूको प्रवर्द्धनमा अन्तर्राष्ट्रिय साझा पहल आवश्यक रहेको बताए।

अन्तरसंसदीय वक्ताहरूको सम्मेलन (ISC) का महासचिवको रूपमा सहभागी ढकालले सम्मेलनका अवसरमा IPU अध्यक्ष तुलिया एक्सन, महासचिव मार्टिन चुन्गोङ, साथै बहराइन, युएई, चिली, जिम्बाब्वे, इस्वातिनी लगायतका सभामुखहरूसँग भेटवार्ता तथा छलफलसमेत गरेका थिए।

IPU, इटाली संसद र ‘रिलिजन्स फर पिस’ को संयुक्त आयोजनामा सम्पन्न उक्त सम्मेलनमा विश्वभरका सांसद, धार्मिक अगुवा, संयुक्त राष्ट्रसंघका प्रतिनिधि, नागरिक समाज र शिक्षाविद्हरूको उल्लेखनीय सहभागिता रहेको थियो। सम्मेलनले आस्था, राजनीति र संस्कृतिका विविध पक्षबीच संवाद र सहकार्यको अन्तर्राष्ट्रिय मञ्चका रूपमा सकारात्मक सन्देश दिएको छ।

सिफारिस

मार्की खेलाडीको रूपमा निरुता ठगुन्नालाई मधेश युनाइटेडले दियो निरन्तरता

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL) का लागि टोली मधेश युनाइटेड ले राष्ट्रिय महिला भलिबल टोलीकी प्रमुख स्पाइकर निरुता ठगुन्नालाई पुनः...

नीति शाहलाई मधेश युनाइटेडले गर्‍यो ब्रान्ड एम्बासडर नियुक्त

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL) का लागि सहभागी टोली मधेश युनाइटेड ले चर्चित मोडल तथा अभिनेत्री नीति शाहलाई आफ्नो ब्रान्ड...

नेपालकै सबैभन्दा ठूलो टेनिस बलमा आधारित टी-१० क्रिकेट लागि टिम दर्ता प्रक्रिया सुरु

काठमाडौँ - नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)का लागि टिम दर्ता प्रक्रिया सुरु गरिएको छ। डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुन लागेको यो लिग...

भर्खरै

नीति शाहलाई मधेश युनाइटेडले गर्‍यो ब्रान्ड एम्बासडर नियुक्त

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL)...

नेपालकै सबैभन्दा ठूलो टेनिस बलमा आधारित टी-१० क्रिकेट लागि टिम दर्ता प्रक्रिया सुरु

काठमाडौँ - नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)का लागि टिम...

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एक वर्षः के-के भए काम ?

काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एकवर्षे...

घट्यो पेट्रोल–डिजेलको मूल्य

बुधबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल–डिजेलको भाउ...

सुशील श्रेष्ठको तस्वीर पर्यटन बोर्डको उत्कृष्ट तीनमा, २५ हजार पुरस्कार

काठमाडौं – नेपाल पर्यटन बोर्डद्वारा आयोजना गरिएको मासिक अनलाइन...

बालुुवाटारमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको छलफल

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेकपा...

धेरै पढिएको