सांसद एकनाथ ढकालद्वारा इटाली संसदमा सम्बोधन

रोम, इटाली – सांसद एकनाथ ढकालले अन्तरसंसदीय संघ (IPU) को आयोजनामा इटाली संसद भवनमा सम्पन्न दोस्रो अन्तरआस्थीय संवाद सम्मेलनमा सम्बोधन गरेका छन्। “हाम्रो साझा भविष्यका लागि विश्वास सुदृढ गर्दै र आशालाई अँगाल्दै” भन्ने मूल नारामा सम्पन्न सम्मेलनमा ढकालले मानवता सामना गरिरहेकै प्रमुख चुनौतीहरू समाधान गर्दै शान्ति र समृद्ध भविष्य निर्माण गर्न सांसद तथा धार्मिक अगुवाहरूबीच सहकार्य आवश्यक रहेको बताएका हुन्।

नेपाल प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा कार्यरत सांसद ढकालले आफ्ना विचार राख्दै विविधताभित्र सहिष्णुता, नैतिकता र आस्थाबीचको सम्मान कायम राख्न संसद र धर्मगुरुहरूको भूमिका अतुलनीय हुने उल्लेख गरे। उनले धर्मनिरपेक्षता, धार्मिक स्वतन्त्रता र लोकतान्त्रिक मूल्यहरूको प्रवर्द्धनमा अन्तर्राष्ट्रिय साझा पहल आवश्यक रहेको बताए।

अन्तरसंसदीय वक्ताहरूको सम्मेलन (ISC) का महासचिवको रूपमा सहभागी ढकालले सम्मेलनका अवसरमा IPU अध्यक्ष तुलिया एक्सन, महासचिव मार्टिन चुन्गोङ, साथै बहराइन, युएई, चिली, जिम्बाब्वे, इस्वातिनी लगायतका सभामुखहरूसँग भेटवार्ता तथा छलफलसमेत गरेका थिए।

IPU, इटाली संसद र ‘रिलिजन्स फर पिस’ को संयुक्त आयोजनामा सम्पन्न उक्त सम्मेलनमा विश्वभरका सांसद, धार्मिक अगुवा, संयुक्त राष्ट्रसंघका प्रतिनिधि, नागरिक समाज र शिक्षाविद्हरूको उल्लेखनीय सहभागिता रहेको थियो। सम्मेलनले आस्था, राजनीति र संस्कृतिका विविध पक्षबीच संवाद र सहकार्यको अन्तर्राष्ट्रिय मञ्चका रूपमा सकारात्मक सन्देश दिएको छ।

सिफारिस

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन सकिने...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

भर्खरै

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

धेरै पढिएको