टेक एण्ड पे किन हटाइयो? संसदमा प्रधानमन्त्रीले दिए यस्तो जबाफ

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘टेक एण्ड पे’ ले नराम्रो गर्ला जस्तो लागेर हटाइएको बताएका छन्।

मंगलबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री ओलीलाई सांसदहरूले ‘टेक एण्ड पे’ हटाइएको विषयमा प्रश्न सोधेका थिए। माओवादी केन्द्रका सांसद अमनलाल मोदी र गंगा कार्कीले किन हटाइएको? भनेर प्रश्न गरेका थिए।

जबाफमा प्रधानमन्त्री ओलीले ‘राम्रो गर्न ल्याएको तर नराम्रो गर्ला कि जस्तो भयो हटाइएको’ बताए।

बजेटमार्फत् सरकारले निजी क्षेत्रसँग टेक एण्ड पे (लिऊ र तिर) को अवधारणमा विद्युत खरिद गर्ने नीति लिने उल्लेख गरेको थियो। तर ऊर्जा उत्पादकहरूले उक्त व्यवस्थाको विरोध गरेका थिए। त्यस्तै सत्तारूढ नेपाली कांग्रेसले पनि उक्त व्यवस्था हटाउन सुझाव दिएको थियो।

नेपालको विद्युत उत्पादन क्षमता ३६०० मेगावाट पुग्दा निजी क्षेत्रको हिस्सा ८० प्रतिशतभन्दा बढी छ।

बजेटमा निजी क्षेत्रलाई पाखा लगाउने गरी आएको टेक एण्ड पे (लिऊ र तिर) विद्युत खरिद व्यवस्थामा बैंकले लगानी नगर्ने अवस्था उत्पन्न हुन सक्थ्यो। जसका कारण निजी क्षेत्रले अध्ययन गरिरहेका १७ हजार मेगावाटका ३५० बढी आयोजनामा गरिएको ६६ अर्ब बढी लगानी डुब्ने अवस्था उत्पन्न भएको थियो। लगत्तै ऊर्जा उत्पादकहरूको संस्था इप्पानले अर्थमन्त्री, प्रधानमन्त्री र दलका नेताहरूलाई ध्यानाकर्षण गराउँदै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो। विरोधपछि सरकारले उक्त व्यवस्था हटाएको हो।

सिफारिस

सिन्धुलीका पत्रकारलाई खोज, फोटो तथा भिडियो पत्रकारिता तालिम 

सिन्धुली- पत्रकारहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ सिन्धुली शाखाद्वारा आयोजित पाँचदिने खोज पत्रकारिता तथा फोटो–भिडियो पत्रकारिता तालिम सम्पन्न भएको छ। हरिहरपुरगढी गाउँपालिकाको...

कैलाशलाई नजिकबाट नियाल्दा (तस्वीरहरू)

काठमाडौं — तिब्बतमा अवस्थित कैलाश हिमाल विश्वका सबैभन्दा पवित्र र रहस्यमय हिमालमध्ये एक मानिन्छ। हिन्दु, बौद्ध, जैन तथा बोन धर्मावलम्बीहरूका लागि आस्थाको केन्द्रका रूपमा...

उत्कृष्ट कार्यसम्पादन गर्ने ३७ सैनिक सम्मानित (तस्वीरहरू)

काठमाडौं– नेपाली सेनामा उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र तथा कार्यकुशलताका साथ जिम्मेवारी निर्वाह गर्ने ३७ जना सकलदर्जालाई प्रधानसेनापति महारथी अशोक राज सिग्देलले सम्मान गर्नुभएको...

भर्खरै

कैलाशलाई नजिकबाट नियाल्दा (तस्वीरहरू)

काठमाडौं — तिब्बतमा अवस्थित कैलाश हिमाल विश्वका सबैभन्दा पवित्र...

उत्कृष्ट कार्यसम्पादन गर्ने ३७ सैनिक सम्मानित (तस्वीरहरू)

काठमाडौं– नेपाली सेनामा उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र तथा...

राखेप उपाध्यक्षमा विशाल श्रेष्ठ नियुक्त, चार बोर्ड सदस्य पनि मनोनित

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्...

मनसुनसँगै खेतका आलिमा भ्यागुताको ‘ट्वार–ट्वार’ (तस्वीरहरू)

काठमाडौँ — मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानका खेतबारी...

३ वर्षभित्रै जिम्मेवारी हस्तान्तरण गर्छु : मन्त्री महावीर पुन

काठमाडौँ - नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन...

रवि लामिछानेलाई अर्को राहत : कास्कीपछि पर्साले गर्‍यो संगठित अपराधको मुद्दा खारेज

वीरगञ्ज । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

धेरै पढिएको