आज यी स्थानमा हुनेछ भारीदेखि धेरै भारी वर्षा

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।

सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा तथा बाँकी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना पनि छ।

साथै कोशी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ। सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ।

महाशाखाका अनुसार आज राति कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ।

कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी केही स्थानमा र बाँकी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

त्यस्तै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा राति पनि भारी वर्षा हुने पूर्वानुमान छ।

सबै प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सिफारिस

ड्रोनबाट देखिएको धुम्म काठमाडौं (तस्वीरहरू)

पछिल्लो केही दिनयता बढेको प्रदूषणका कारण काठमाडौं उपत्यकामा धुम्म भइरहेको छ । तुँवालो अर्थात वायु प्रदूषणले वातावरण विग्रिएको छ । तस्बिर : टार्जन लिम्बु,नेपाल...

उसु र आर्चरीका ६ सदस्यीय टोली चीनको कुन्मिङ प्रान्त प्रस्थान

नेपाल र मित्र राष्ट्र चीनबीचको खेलकुद तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ 'चीन–नेपाल मार्सल आर्ट तथा सांस्कृतिक आदानप्रदान' कार्यक्रममा सहभागी हुन नेपालको...

प्राविधिक उपसेनानीलाई दर्ज्यानी चिन्ह प्रदान (तस्वीरहरू)

काठमाडौं - प्राविधिक अधिकृत आधार तालिम सफलतापूर्वक सम्पन्न गरेका ९६ जना प्राविधिक उपसेनानीलाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। जङ्गी अड्डामा आयोजित एक कार्यक्रममा...

भर्खरै

उसु र आर्चरीका ६ सदस्यीय टोली चीनको कुन्मिङ प्रान्त प्रस्थान

नेपाल र मित्र राष्ट्र चीनबीचको खेलकुद तथा सांस्कृतिक सम्बन्धलाई...

प्राविधिक उपसेनानीलाई दर्ज्यानी चिन्ह प्रदान (तस्वीरहरू)

काठमाडौं - प्राविधिक अधिकृत आधार तालिम सफलतापूर्वक सम्पन्न गरेका...

जेनजी आन्दोलन घटनाबारे जाँचबुझ आयोगले सरकारलाई बुझायो प्रतिवेदन (तस्वीरहरू)

जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न गौरीबहादुर कार्कीको...

निर्वाचित भएपछिको बालेनको मुस्कान (तस्वीरहरू)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले झापा...

प्रतिनिधिसभा निर्वाचन : उपत्यकामा शान्तिपूर्ण रूपमा मतदान प्रक्रिया जारी (तस्वीरहरू)

आज देशभर प्रतिनिधिसभा सदस्यका लागि मतदान जारी छ। काठमाडौँ...

मतदानका लागि यसरी तयार गरिँदैछ बुथ (तस्वीरहरू)

काठमाडौं - भोलि हुने निर्वाचनको लागि मतदान केन्द्र बुथहरु...

धेरै पढिएको