एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सञ्जीव ढकालको बलियो दावेदारी

काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आगामी २०२५–२०२७ कार्यकालका लागि अध्यक्ष पदमा सञ्जीव ढकाल ‘गोर्खाली’ले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ।

ढकालले सामाजिक सञ्जालमार्फत औपचारिक रूपमा उम्मेदवारी घोषणा गर्दै आफ्नो अभियान केवल नेतृत्व प्राप्तिको लागि नभई स्पष्ट कार्यदिशा, जवाफदेहिता, पारदर्शिता र सहभागितामूलक समुदाय निर्माणका लागि केन्द्रित हुने उल्लेख गर्नुभएको छ।

उहाँले एनआरएनएको सदस्य संरचनामा व्यापक सुधारको खाका सार्वजनिक गर्दै स्वतन्त्र च्यारिटेबल संस्था रूपमा संस्थामा आबद्ध सम्पूर्ण विद्यार्थीहरूलाई पुनः सहायक सदस्यका रूपमा समावेश गर्ने योजना प्रस्तुत गर्नुभएको छ। साथै, नेपालसँग नाता राख्ने वा नेपाली मूल भएका सबै व्यक्तिलाई एनआरएनएको सदस्यता दिन कानुनीरूपमा व्यवस्था मिलाइने उहाँको भनाइ छ।

“हामी वाचा मात्रै गर्दैनौं, काम गरेर देखाउँछौं,” ढकालले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “छिट्टै विस्तृत एजेन्डा र सेवा कार्ययोजनासहित पुनः उपस्थित हुनेछु।”

हाल ढकाल एनआरएनए अष्ट्रेलियाको उपाध्यक्ष हुनुहुन्छ भने नर्दन टेरिटोरी राज्यका संयोजकको रूपमा समेत सक्रिय रहनुभएको छ।

एनआरएनए अष्ट्रेलियाको निर्वाचन सन् २०२५ जुलाई २६ तारिखका दिन हुने कार्यक्रम तय भएको छ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको