रामेछापको मन्थलीमा स्ववियुद्वारा एकैदिन दुई कार्यक्रम 

रामेछाप — मन्थलीस्थित शहिद स्मृति बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले असार १५ गते राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिनको अवसरमा एकैदिन दुई कार्यक्रम सम्पन्न गरेको छ।

स्ववियु सभापति सुशील थापाका अनुसार, स्ववियुको आयोजनामा र क्याम्पसको समन्वयमा भएको कार्यक्रममा दही चिउरा खाने कार्यक्रमसँगै व्यवस्थापन संकाय चौथो वर्षका विद्यार्थीहरूको बिदाइ समारोह पनि गरिएको थियो।

स्ववियु सभापति थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा क्याम्पस प्रमुख डा. भरत कुमार श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा सहायक क्याम्पस प्रमुख रिता दाहाल, जिल्ला बाल संगठन रामेछापका अध्यक्ष सुन्दर घिमिरे लगायत अन्य व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागिहरूले राष्ट्रिय धान दिवसको महत्त्वबारे चर्चा गर्दै कृषि, शिक्षा र संस्कृतिको संगमका रूपमा यस्ता कार्यक्रमले विद्यार्थीहरूमा सकारात्मक ऊर्जा उत्पन्न गर्ने विश्वास व्यक्त गरे।

सिफारिस

चीन भ्रमण उपलब्धिमूलक रह्यो : मन्त्री खड्का

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले चीनको एक हप्ते औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्। मन्त्री खड्काले भ्रमणलाई “उपलब्धिमूलक र...

रसुवाको कालिका गाउँपालिकामा भिटोफ-नेपालको रोपाइँ महोत्सव (तस्वीरहरू)

रसुवा — स्थानीय संस्कृति र परम्पराको प्रवर्द्धन गर्ने उद्देश्यले गाउँ पर्यटन प्रवर्द्धन मञ्च-नेपाल (भिटोफ-नेपाल) र कालिका गाउँपालिका, रसुवाले संयुक्त रूपमा रोपाइँ महोत्सव–२०८२ भव्य रूपमा...

संघीय निजामती सेवा विधेयक पारित, घट्यो मुख्यसचिव र सचिवको पदावधि

संघीय निजामती सेवा विधेयक-२०८२ प्रतिनिधिसभाबाट पारित भएको छ। आइतबारको बैठकमा सभामुख देवराज घिमिरेले विधेयक बहुमतिले पारित भएको घोषणा गरेका हुन्। त्यसअघि बैठकमा संघीय मामिला...

भर्खरै

रसुवाको कालिका गाउँपालिकामा भिटोफ-नेपालको रोपाइँ महोत्सव (तस्वीरहरू)

रसुवा — स्थानीय संस्कृति र परम्पराको प्रवर्द्धन गर्ने उद्देश्यले...

संघीय निजामती सेवा विधेयक पारित, घट्यो मुख्यसचिव र सचिवको पदावधि

संघीय निजामती सेवा विधेयक-२०८२ प्रतिनिधिसभाबाट पारित भएको छ। आइतबारको...

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सञ्जीव ढकालको बलियो दावेदारी

काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आगामी २०२५–२०२७ कार्यकालका...

पूर्व उपप्रधान पञ्च योगेन्द्र प्रसाद साहको निधन, नेपाली काँग्रेसद्वारा श्रद्धाञ्जली

राहुल गुप्ता – बारा, परवानीपुर - बारा जिल्लाको परवानीपुर...

ऊर्जामन्त्री खड्का र चीनका ऊर्जा प्रशासक वाङबीच भेट, के- के भयो छलफल ?

चीन भ्रमणमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले...

धेरै पढिएको