सांसद भगवती चौधरी र फोटो पत्रकार रमिता छुँजु दुबईमा सम्मानित

दुबई- अन्तर्राष्ट्रिय संसदीय दिवसको अवसरमा दुबईमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय महिला संसद सम्मेलन तथा आइकोनिक महिला पुरस्कार २०२५  सम्पन्न भएको छ। नेपालकी नमिता घिमिरेद्वारा स्थापना गरिएको अन्तर्राष्ट्रिय महिला संसद संस्था (International Women Parliament) को आयोजनामा सम्पन्न यो सम्मेलनमा Project100 नामक अन्तर्राष्ट्रिय महिला सशक्तिकरण अभियानको औपचारिक सुरुवात समेत गरिएको छ।

कार्यक्रममा विभिन्न देशका महिलाहरूलाई उनीहरूको विशिष्ट योगदानको आधारमा आइकोनिक महिला पुरस्कार २०२५ प्रदान गरिएको थियो।

नेपालबाट पूर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा सांसद भगवती चौधरीलाई नेतृत्व तथा शासन विधामा र राष्ट्रिय फोटो पत्रकार समूह नेपालकी केन्द्रीय सदस्य रमिता छुँजुलाई फोटोग्राफी विधामा सम्मानित भएका छन् ।

कार्यक्रममा भारत, बङ्गलादेश, श्रीलंका, अमेरिका, इथियोपिया, केन्या, बेलायत, मलेसिया, कोसोभो लगायतका विभिन्न देशहरूबाट आएका महिलाहरूलाई शिक्षा, प्रविधि, स्वास्थ्य, कर्पोरेट, कृषि, उद्यमशीलता, राजनीतिजस्ता क्षेत्रहरूमा योगदान पुर्‍याएकोमा सम्मान गरिएको थियो ।

कार्यक्रममा विभिन्न देशबाट प्रतिष्ठित अतिथिहरूको उपस्थिति थियो । मुख्य अतिथिहरुमा मालावीका पूर्व अमेरिकी राजदूत जर्ज मकोंडिवा, भारतका लागि उच्चायुक्त तथा अफ्रिका क्याबिनेट सरकार सञ्जालका उपाध्यक्ष हुनुहुन्थ्यो भने विशेष अतिथिहरू विश्वप्रसिद्ध प्रविधि उद्यमी सैयद मोहम्मद सियाम अल हुसेनी, इन्भेस्टमेन्ट म्यानेजमेन्ट एसएफका सीईओ र मेनकोर एआई संस्थापक शेख माना सहभागी रहेका थिए ।

सिफारिस

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को उपाधि शनिबार जितेको छ । केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष...

भर्खरै

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

धेरै पढिएको