सांसद भगवती चौधरी र फोटो पत्रकार रमिता छुँजु दुबईमा सम्मानित

दुबई- अन्तर्राष्ट्रिय संसदीय दिवसको अवसरमा दुबईमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय महिला संसद सम्मेलन तथा आइकोनिक महिला पुरस्कार २०२५  सम्पन्न भएको छ। नेपालकी नमिता घिमिरेद्वारा स्थापना गरिएको अन्तर्राष्ट्रिय महिला संसद संस्था (International Women Parliament) को आयोजनामा सम्पन्न यो सम्मेलनमा Project100 नामक अन्तर्राष्ट्रिय महिला सशक्तिकरण अभियानको औपचारिक सुरुवात समेत गरिएको छ।

कार्यक्रममा विभिन्न देशका महिलाहरूलाई उनीहरूको विशिष्ट योगदानको आधारमा आइकोनिक महिला पुरस्कार २०२५ प्रदान गरिएको थियो।

नेपालबाट पूर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा सांसद भगवती चौधरीलाई नेतृत्व तथा शासन विधामा र राष्ट्रिय फोटो पत्रकार समूह नेपालकी केन्द्रीय सदस्य रमिता छुँजुलाई फोटोग्राफी विधामा सम्मानित भएका छन् ।

कार्यक्रममा भारत, बङ्गलादेश, श्रीलंका, अमेरिका, इथियोपिया, केन्या, बेलायत, मलेसिया, कोसोभो लगायतका विभिन्न देशहरूबाट आएका महिलाहरूलाई शिक्षा, प्रविधि, स्वास्थ्य, कर्पोरेट, कृषि, उद्यमशीलता, राजनीतिजस्ता क्षेत्रहरूमा योगदान पुर्‍याएकोमा सम्मान गरिएको थियो ।

कार्यक्रममा विभिन्न देशबाट प्रतिष्ठित अतिथिहरूको उपस्थिति थियो । मुख्य अतिथिहरुमा मालावीका पूर्व अमेरिकी राजदूत जर्ज मकोंडिवा, भारतका लागि उच्चायुक्त तथा अफ्रिका क्याबिनेट सरकार सञ्जालका उपाध्यक्ष हुनुहुन्थ्यो भने विशेष अतिथिहरू विश्वप्रसिद्ध प्रविधि उद्यमी सैयद मोहम्मद सियाम अल हुसेनी, इन्भेस्टमेन्ट म्यानेजमेन्ट एसएफका सीईओ र मेनकोर एआई संस्थापक शेख माना सहभागी रहेका थिए ।

सिफारिस

मार्की खेलाडीको रूपमा निरुता ठगुन्नालाई मधेश युनाइटेडले दियो निरन्तरता

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL) का लागि टोली मधेश युनाइटेड ले राष्ट्रिय महिला भलिबल टोलीकी प्रमुख स्पाइकर निरुता ठगुन्नालाई पुनः...

नीति शाहलाई मधेश युनाइटेडले गर्‍यो ब्रान्ड एम्बासडर नियुक्त

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL) का लागि सहभागी टोली मधेश युनाइटेड ले चर्चित मोडल तथा अभिनेत्री नीति शाहलाई आफ्नो ब्रान्ड...

नेपालकै सबैभन्दा ठूलो टेनिस बलमा आधारित टी-१० क्रिकेट लागि टिम दर्ता प्रक्रिया सुरु

काठमाडौँ - नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)का लागि टिम दर्ता प्रक्रिया सुरु गरिएको छ। डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुन लागेको यो लिग...

भर्खरै

नीति शाहलाई मधेश युनाइटेडले गर्‍यो ब्रान्ड एम्बासडर नियुक्त

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL)...

नेपालकै सबैभन्दा ठूलो टेनिस बलमा आधारित टी-१० क्रिकेट लागि टिम दर्ता प्रक्रिया सुरु

काठमाडौँ - नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)का लागि टिम...

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एक वर्षः के-के भए काम ?

काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एकवर्षे...

घट्यो पेट्रोल–डिजेलको मूल्य

बुधबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल–डिजेलको भाउ...

सुशील श्रेष्ठको तस्वीर पर्यटन बोर्डको उत्कृष्ट तीनमा, २५ हजार पुरस्कार

काठमाडौं – नेपाल पर्यटन बोर्डद्वारा आयोजना गरिएको मासिक अनलाइन...

बालुुवाटारमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको छलफल

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेकपा...

धेरै पढिएको