स्पेनका व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह : नेपाल लगानीमैत्री देशमध्ये एक हो, अपार अवसर छन् 

म्याड्रिड, स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई दक्षिण एशियामै लगानीका लागि सबैभन्दा अनुकूल वातावरण भएको देशमध्ये एक भएको बताएका छन् ।

स्पेनको म्याड्रिड स्थीत नेपाली दूतावासद्धारा आयोजित स्पेनी र नेपाली व्यावसायिक समुदायसँगको अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले स्पेनी व्यवसायीहरूलाई नेपालमा लगानी गर्न आह्वान गरेका हुन् ।

उनले राजनीतिक स्थायित्व, खुला बजार नीतिहरू, प्रतिस्पर्धी श्रमशक्ति र लगानी सुरक्षाका विधेयकहरूले नेपाललाई अन्तर्राष्ट्रिय लगानीकर्ताहरूका लागि आकर्षक गन्तव्य बनाएको उल्लेख गरे।

नेपालले समावेशी आर्थिक रूपान्तरणलाई प्राथमिकता दिएको र निजी क्षेत्रलाई आर्थिक वृद्धिको प्रमुख इञ्जिनका रूपमा स्वीकार गरेको प्रधानमन्त्री ओलीको भनाई थियो ।

उनले कानुनी, संस्थागत र प्रक्रियागत सुधारहरूलाई थप प्रभावकारी बनाउँदै लगानी मैत्री वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।

“नेपालमा स्थायित्व, सम्भावना र सुधारको स्पष्ट मार्ग छ,” प्रधानमन्त्री ओलीले भने, “नवीकरणीय ऊर्जा, कृषि, सूचना प्रविधि, पर्यटन, स्वास्थ्य र शिक्षा क्षेत्रमा अपार अवसर छन्।”

कार्यक्रममा स्पेनका लागि नेपालका राजदूत सनिल नेपालले प्रधानमन्त्री सहितको नेपाली प्रतिनिधि मण्डललाई स्वागत गर्दै यो भ्रमणले नेपाल र स्पेनबीचका धेरै ढोका खोलेको उल्लेख गरे ।

उनले दुई देशबीच लगानी, व्यापार, शिक्षा, सिप, रोजगारी, पर्यटन, कला, संस्कृति लगायतका क्षेत्रमा सहकार्यका लागि आफुले धेरै प्रयत्नहरु गरिरहेको पनि जानकारी दिएका थिए ।

कार्यक्रममा नेपालका परराष्ट्र सचिव अमृतबहादुर राई, उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल लगायतले पनि दुई देशबीचमा सहकार्यका संभावनाहरुका बारेमा चर्चा गरेका थिए ।

चौथो अन्तर्राष्ट्रिय वित्तीय सहयोग सम्मेलनमा सहभागीताका लागि स्पेन आएका प्रधानमन्त्री ओली सम्मेलनबाट फर्किएपछि दूतावासले विषेश कार्यक्रम आयोजना गरेको हो ।

गत शनिबार नेपालबाट स्पेन प्रस्थान गरेको ओली नेतृत्वको नेपाली प्रतिनिधि मण्डल आज स्पेनबाट स्वदेश फर्किने कार्यक्रम छ ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको