स्पेनका व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह : नेपाल लगानीमैत्री देशमध्ये एक हो, अपार अवसर छन् 

म्याड्रिड, स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई दक्षिण एशियामै लगानीका लागि सबैभन्दा अनुकूल वातावरण भएको देशमध्ये एक भएको बताएका छन् ।

स्पेनको म्याड्रिड स्थीत नेपाली दूतावासद्धारा आयोजित स्पेनी र नेपाली व्यावसायिक समुदायसँगको अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले स्पेनी व्यवसायीहरूलाई नेपालमा लगानी गर्न आह्वान गरेका हुन् ।

उनले राजनीतिक स्थायित्व, खुला बजार नीतिहरू, प्रतिस्पर्धी श्रमशक्ति र लगानी सुरक्षाका विधेयकहरूले नेपाललाई अन्तर्राष्ट्रिय लगानीकर्ताहरूका लागि आकर्षक गन्तव्य बनाएको उल्लेख गरे।

नेपालले समावेशी आर्थिक रूपान्तरणलाई प्राथमिकता दिएको र निजी क्षेत्रलाई आर्थिक वृद्धिको प्रमुख इञ्जिनका रूपमा स्वीकार गरेको प्रधानमन्त्री ओलीको भनाई थियो ।

उनले कानुनी, संस्थागत र प्रक्रियागत सुधारहरूलाई थप प्रभावकारी बनाउँदै लगानी मैत्री वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।

“नेपालमा स्थायित्व, सम्भावना र सुधारको स्पष्ट मार्ग छ,” प्रधानमन्त्री ओलीले भने, “नवीकरणीय ऊर्जा, कृषि, सूचना प्रविधि, पर्यटन, स्वास्थ्य र शिक्षा क्षेत्रमा अपार अवसर छन्।”

कार्यक्रममा स्पेनका लागि नेपालका राजदूत सनिल नेपालले प्रधानमन्त्री सहितको नेपाली प्रतिनिधि मण्डललाई स्वागत गर्दै यो भ्रमणले नेपाल र स्पेनबीचका धेरै ढोका खोलेको उल्लेख गरे ।

उनले दुई देशबीच लगानी, व्यापार, शिक्षा, सिप, रोजगारी, पर्यटन, कला, संस्कृति लगायतका क्षेत्रमा सहकार्यका लागि आफुले धेरै प्रयत्नहरु गरिरहेको पनि जानकारी दिएका थिए ।

कार्यक्रममा नेपालका परराष्ट्र सचिव अमृतबहादुर राई, उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल लगायतले पनि दुई देशबीचमा सहकार्यका संभावनाहरुका बारेमा चर्चा गरेका थिए ।

चौथो अन्तर्राष्ट्रिय वित्तीय सहयोग सम्मेलनमा सहभागीताका लागि स्पेन आएका प्रधानमन्त्री ओली सम्मेलनबाट फर्किएपछि दूतावासले विषेश कार्यक्रम आयोजना गरेको हो ।

गत शनिबार नेपालबाट स्पेन प्रस्थान गरेको ओली नेतृत्वको नेपाली प्रतिनिधि मण्डल आज स्पेनबाट स्वदेश फर्किने कार्यक्रम छ ।

सिफारिस

मार्की खेलाडीको रूपमा निरुता ठगुन्नालाई मधेश युनाइटेडले दियो निरन्तरता

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL) का लागि टोली मधेश युनाइटेड ले राष्ट्रिय महिला भलिबल टोलीकी प्रमुख स्पाइकर निरुता ठगुन्नालाई पुनः...

नीति शाहलाई मधेश युनाइटेडले गर्‍यो ब्रान्ड एम्बासडर नियुक्त

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL) का लागि सहभागी टोली मधेश युनाइटेड ले चर्चित मोडल तथा अभिनेत्री नीति शाहलाई आफ्नो ब्रान्ड...

नेपालकै सबैभन्दा ठूलो टेनिस बलमा आधारित टी-१० क्रिकेट लागि टिम दर्ता प्रक्रिया सुरु

काठमाडौँ - नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)का लागि टिम दर्ता प्रक्रिया सुरु गरिएको छ। डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुन लागेको यो लिग...

भर्खरै

नीति शाहलाई मधेश युनाइटेडले गर्‍यो ब्रान्ड एम्बासडर नियुक्त

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL)...

नेपालकै सबैभन्दा ठूलो टेनिस बलमा आधारित टी-१० क्रिकेट लागि टिम दर्ता प्रक्रिया सुरु

काठमाडौँ - नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)का लागि टिम...

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एक वर्षः के-के भए काम ?

काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एकवर्षे...

घट्यो पेट्रोल–डिजेलको मूल्य

बुधबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल–डिजेलको भाउ...

सुशील श्रेष्ठको तस्वीर पर्यटन बोर्डको उत्कृष्ट तीनमा, २५ हजार पुरस्कार

काठमाडौं – नेपाल पर्यटन बोर्डद्वारा आयोजना गरिएको मासिक अनलाइन...

बालुुवाटारमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको छलफल

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेकपा...

धेरै पढिएको