सांसद ढकालको माग : बाँकी ११ राष्ट्रसँग पनि कूटनीतिक सम्बन्ध स्थापना गरियोस्

काठमाडौँ – संघीय सांसद एकनाथ ढकालले बाँकी रहेका ११ राष्ट्रसँग समेत कूटनीतिक सम्बन्ध स्थापना गरी संयुक्त राष्ट्रसंघका सम्पूर्ण १९३ सदस्य राष्ट्रहरूसँग नेपालको सम्बन्ध जोड्न सरकारको ध्यानाकर्षण गराएका छन्।

आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ढकालले नेपालले सन् १८१६ मा संयुक्त अधिराज्य (बेलायत)सँग पहिलो कूटनीतिक सम्बन्ध स्थापना गरेको उल्लेख गर्दै अहिलेसम्म १८२ राष्ट्रहरूसँग नेपालले कूटनीतिक सम्बन्ध स्थापित गरिसकेको जानकारी गराए।

उनले भने, “गत वर्ष अधिराज्य टोंगासँग कूटनीतिक सम्बन्ध स्थापनासँगै यो संख्या पुगेको हो। बाँकी ११ राष्ट्रहरूसँग पनि यथाशीघ्र सम्बन्ध स्थापना गरिनु जरुरी छ।”

सांसद ढकालले परराष्ट्र मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराउँदै बाँकी राष्ट्रहरूसँग पनि कूटनीतिक सम्बन्ध विस्तारका लागि पहल गर्न आग्रह गरे।

यस्तै, सांसद ढकालले नेपालका ३० वटा कूटनीतिक नियोग र ४९ जना मानार्थ वाणिज्य दूतहरूको कार्यक्षमताबारे पनि प्रश्न उठाएका छन्। उनले सोधे, “नेपाल र त्यहाँ रहेका नेपालीहरूको हितमा यी वाणिज्य दूतहरूले के–कस्ता काम गरेका छन् ? कति सक्रिय छन् र कति निष्क्रिय ?”

उनले कार्यशैली असन्तोषजनक देखिएका तथा निष्क्रिय मानार्थ वाणिज्य दूतहरूलाई पुनरावलोकन गर्नुपर्नेमा जोड दिए। साथै, नेपालको हित र आर्थिक कूटनीति प्रवर्द्धनमा सक्रिय भूमिका खेल्न सक्ने योग्य व्यक्तिहरूमध्येबाट मानार्थ वाणिज्य दूतहरू नियुक्त गर्नुपर्नेमा उनको माग छ।

ढकालले सभामुखमार्फत परराष्ट्र मन्त्रालय र नेपाल सरकारको ध्यानाकर्षण गराउँदै आवश्यक पहलको आग्रह गरे।

सिफारिस

आजको मौसम : यी प्रदेशमा भारी वर्षा हुने

हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी...

ऋत एकेडेमीका प्राचार्य आनन्द कुमार यादवलाई थाईल्याण्डको दोस्रो IPA पुरस्कार

 ऋत एकेडेमीका प्राचार्य तथा हिसान बागमती प्रदेशका बरिष्ठ उपाध्यक्ष श्री आनन्द कुमार यादवलाई थाईल्याण्डको Universal Institute of Professional Management (UIPM) द्वारा आयोजित दोस्रो IPA...

एकता, अनुभव र लगानीलाई नेपालको समृद्धिमा रुपान्तरण गरौं : मन्त्री काफ्ले

दक्षिण कोरिया, साउन १० — बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले गैरआवासीय नेपालीबीचको एकता, अनुभव र लगानीलाई नेपालको समृद्धिमा रूपान्तरण गर्न सकिने...

भर्खरै

ऋत एकेडेमीका प्राचार्य आनन्द कुमार यादवलाई थाईल्याण्डको दोस्रो IPA पुरस्कार

 ऋत एकेडेमीका प्राचार्य तथा हिसान बागमती प्रदेशका बरिष्ठ उपाध्यक्ष...

एकता, अनुभव र लगानीलाई नेपालको समृद्धिमा रुपान्तरण गरौं : मन्त्री काफ्ले

दक्षिण कोरिया, साउन १० — बागमती प्रदेशका आर्थिक मामिला...

जलवायु परिवर्तन र विपद्लाई साझा रूपमा सम्बोधन गर्नुपर्नेमा जोड

काठमाडौँ - युवालाई उद्यम, हरित अर्थतन्त्र र प्रविधिको साक्षरतासँग...

नेपालकै ठूलो टी–१० टेनिस क्रिकेट प्रतियोगिताका लागि खेलाडी दर्ता प्रक्रिया खुला

काठमाडौँ - डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लिको आयोजनामा...

दिव्य पशुपतिनाथ अभियान सुरू, पर्यटन मन्त्रीबाट वृक्षारोपण गरेर आम्भ

काठमाडौं - विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक पशुपतिनाथ मन्दिर...

साउन महिनामा धार्मिक आस्था र परम्पराप्रतिको समर्पण झनै बढ्दो (तस्वीरहरू)

नेपाली हिन्दू नारीहरूको जीवनशैली र धार्मिक संस्कारमा विशेष स्थान...

धेरै पढिएको