सांसद ढकालको माग : बाँकी ११ राष्ट्रसँग पनि कूटनीतिक सम्बन्ध स्थापना गरियोस्

काठमाडौँ – संघीय सांसद एकनाथ ढकालले बाँकी रहेका ११ राष्ट्रसँग समेत कूटनीतिक सम्बन्ध स्थापना गरी संयुक्त राष्ट्रसंघका सम्पूर्ण १९३ सदस्य राष्ट्रहरूसँग नेपालको सम्बन्ध जोड्न सरकारको ध्यानाकर्षण गराएका छन्।

आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ढकालले नेपालले सन् १८१६ मा संयुक्त अधिराज्य (बेलायत)सँग पहिलो कूटनीतिक सम्बन्ध स्थापना गरेको उल्लेख गर्दै अहिलेसम्म १८२ राष्ट्रहरूसँग नेपालले कूटनीतिक सम्बन्ध स्थापित गरिसकेको जानकारी गराए।

उनले भने, “गत वर्ष अधिराज्य टोंगासँग कूटनीतिक सम्बन्ध स्थापनासँगै यो संख्या पुगेको हो। बाँकी ११ राष्ट्रहरूसँग पनि यथाशीघ्र सम्बन्ध स्थापना गरिनु जरुरी छ।”

सांसद ढकालले परराष्ट्र मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराउँदै बाँकी राष्ट्रहरूसँग पनि कूटनीतिक सम्बन्ध विस्तारका लागि पहल गर्न आग्रह गरे।

यस्तै, सांसद ढकालले नेपालका ३० वटा कूटनीतिक नियोग र ४९ जना मानार्थ वाणिज्य दूतहरूको कार्यक्षमताबारे पनि प्रश्न उठाएका छन्। उनले सोधे, “नेपाल र त्यहाँ रहेका नेपालीहरूको हितमा यी वाणिज्य दूतहरूले के–कस्ता काम गरेका छन् ? कति सक्रिय छन् र कति निष्क्रिय ?”

उनले कार्यशैली असन्तोषजनक देखिएका तथा निष्क्रिय मानार्थ वाणिज्य दूतहरूलाई पुनरावलोकन गर्नुपर्नेमा जोड दिए। साथै, नेपालको हित र आर्थिक कूटनीति प्रवर्द्धनमा सक्रिय भूमिका खेल्न सक्ने योग्य व्यक्तिहरूमध्येबाट मानार्थ वाणिज्य दूतहरू नियुक्त गर्नुपर्नेमा उनको माग छ।

ढकालले सभामुखमार्फत परराष्ट्र मन्त्रालय र नेपाल सरकारको ध्यानाकर्षण गराउँदै आवश्यक पहलको आग्रह गरे।

सिफारिस

हात्तिवनमा वृहत् वृक्षारोपण तथा ‘चापा गुँ’ बोर्ड स्थापना

ललितपुर - ललितपुर महानगरपालिकाका वडा नं. २३, २८ र २९ को संयुक्त आयोजनामा हरिसिद्धिस्थित हात्तिवन क्षेत्रमा शनिबार वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। ललितपुर महानगरपालिकाका...

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा फोटो पत्रकारहरूका लागि दुईदिने ‘एआई स्किल फर फोटोजर्नालिस्ट’ तालिम शनिबारदेखि काठमाडौंको सानोभर्याङस्थित स्वस्तिश्री गुरुकुल आईबी...

भर्खरै

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा...

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थीलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं - द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी र...

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णय

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता शुल्क पूर्ण...

क्यान्भासमा जलवायु परिवर्तनको सन्देश ( तस्वीरहरू)

४४औँ बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले बुधवार ललितपुरको...

धेरै पढिएको