प्रधानमन्त्री ओलीले गरे खेलकुदका दुईवटा संरचना उद्घाटन (तस्वीरहरू)

ललितपुर – प्रधानमन्त्री केपी शर्मा ओलीले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा नेसनल हाइ पर्फमेन्स सेन्टर र स्पोर्टस साइन्स रिसर्च सेन्टरको‌ आज उद्घाटन गरेका छन्।

नवनिर्मित दुवै संरचना नेपाली खेलकुदमा पहिलो पटक निर्माण गरिएको हो। प्रधानमन्त्री ओलीले उद्घाटन गर्दै दुबै संरचना अवलोकन गर्दै उपकरणबारे जानकारी लिए। साथै उनले आउटडोर स्विमिङ पुल र हिटिङ स्विमिङ पूलको पनि निरीक्षण गरे।

राखेपले स्थापना गरेको हाइ परफमेन्स सेन्टरमा ७ हजार ५ सय ७८ वर्गफिट क्षेत्रफलमा १ सय जनासम्मले एकै पटक प्रशिक्षण लिन सक्ने सुविधा छ।

यो सेन्टरमा ४ हजार ९६ वर्गफिटको जिम हल रहेको छ। जसमा १० वटा बाथरुम, ३० जनासम्मका लागि चेन्जिङ र लकर रुम, कार्यालय कक्ष, भण्डारण कोठा, थेरापी र स्टिम रुमसहित अत्याधुनिक फिटनेस उपकरण ट्रेडमिल, इलिप्टिकल, इन्डोर बाइक, स्क्वाट स्टेन्ड, स्मिथ मेशिन, ओलम्पिक फ्लेट स्टेन्ड आदि जडान गरिएको छ।

त्यस्तै, अनुसन्धान केन्द्रमा खेलाडीको समग्र क्षमता परीक्षण गर्न सकिने प्रविधियुक्त उपकरणहरू जडान गरिएको छ। जसमध्ये पोर्टेबल भीओ टेस्टिङ डिभाइस, ब्लड लेक्टेट एनालाइजर, मोसन ट्र्याकिङ, बायोमेकानिक्स फुल सिस्टम, टाइमिङ गेट, डुएल प्लेट, इलेक्ट्रोनिक ग्रिप स्ट्रेन्थ डाइनोमिटर लगायत छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सीमित स्रोत र साधनका बीच पनि नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै देशको गौरव बढाएको बताए। उनले सेन्टरको सदुपयोग गर्दै खेलाडीलाई अझै व्यवसायिक र प्रतिस्पर्धी बनाउने विश्वास व्यक्त गरे।

साथै प्रधानमन्त्री ओलीले दशरथ रंगशालाको सीमित क्षमताका कारण सूर्यविनायक, भक्तपुरमा २५–५० हजार दर्शक अट्ने नयाँ रंगशाला निर्माण गर्ने योजना रहेको पनि घोषणा गरे।

ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरे ।

उनले ले ‘टिम स्पिरिट’ का साथ एनपिएल आयोजनाको तयारी अगाडि बढाउने काममा ध्यान दिन परिषद्लाई निर्देशन दिए । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आयोजना गर्ने दोस्रो संस्करणको एनपिएल आयोजनामा देखिएको अन्योललाई चिर्दै प्रधानमन्त्री ओलीले खेल क्षेत्रमा कुनै पनि राजनीतिक नगर्न सबैलाई आग्रह गरे । उनले नेपालको खेल क्षेत्र आम्दानी र व्यवसायको क्षेत्र पनि हो भन्ने स्थापित हुने स्थिति बन्दै गएको बताए ।

आफूूले हालै स्पेन भ्रमणका क्रममा रियल म्याड्रिडको स्टेडियम हेरेर आएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले दशरथ रंगलाशाको क्षमता कम भएकाले भक्तपुरको सूूर्यविनायकमा कम्तीमा ५० हजार दर्शक अट्ने रंगशाला बनाउने घोषणा गरे ।

सिफारिस

पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुलको टोलीलाई राखेपद्वारा बिदाइ

काठमाडौं— राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठले फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुल आईबी...

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त उपसमितिले खानी तथा भूगर्भ विभागमा स्थलगत अनुगमन तथा अन्तरक्रिया गर्दै नेपालको खानी क्षेत्रलाई उत्पादन, उद्योग,...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ संस्करण आगामी असार २६ गते शुक्रबार आयोजना हुने भएको छ। रेडियो कान्तिपुरले मंगलबार काठमाडौंमा पत्रकार...

भर्खरै

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ...

हटाइयो गृहमन्त्रीकै सवारीबाट कालो स्टिकर

काठमाडौं - सवारी साधनमा जडान गरिएका अवैध कालो स्टिकर...

असार १५ मा किन खाइन्छ दही–चिउरा ? (तस्वीरहरू)

काठमाडौं — नेपालमा प्रत्येक वर्ष असार १५ लाई रोपाइँ...

धान खेती: हरितगृह ग्याँस उत्सर्जन तथा जलवायु परिवर्तन

आज असार-१५, अर्थात् राष्ट्रिय धान दिवस । नेपालको खाद्य...

बाली एक, जोखिम अनेक: चपेटामा ग्रामीण धान किसान

किसानले परिवारको पेट मात्रै पाल्दैनन्, सिंगो समाजको खाद्य सुरक्षाको...

धेरै पढिएको