प्रधानमन्त्री ओलीले गरे खेलकुदका दुईवटा संरचना उद्घाटन (तस्वीरहरू)

ललितपुर – प्रधानमन्त्री केपी शर्मा ओलीले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा नेसनल हाइ पर्फमेन्स सेन्टर र स्पोर्टस साइन्स रिसर्च सेन्टरको‌ आज उद्घाटन गरेका छन्।

नवनिर्मित दुवै संरचना नेपाली खेलकुदमा पहिलो पटक निर्माण गरिएको हो। प्रधानमन्त्री ओलीले उद्घाटन गर्दै दुबै संरचना अवलोकन गर्दै उपकरणबारे जानकारी लिए। साथै उनले आउटडोर स्विमिङ पुल र हिटिङ स्विमिङ पूलको पनि निरीक्षण गरे।

राखेपले स्थापना गरेको हाइ परफमेन्स सेन्टरमा ७ हजार ५ सय ७८ वर्गफिट क्षेत्रफलमा १ सय जनासम्मले एकै पटक प्रशिक्षण लिन सक्ने सुविधा छ।

यो सेन्टरमा ४ हजार ९६ वर्गफिटको जिम हल रहेको छ। जसमा १० वटा बाथरुम, ३० जनासम्मका लागि चेन्जिङ र लकर रुम, कार्यालय कक्ष, भण्डारण कोठा, थेरापी र स्टिम रुमसहित अत्याधुनिक फिटनेस उपकरण ट्रेडमिल, इलिप्टिकल, इन्डोर बाइक, स्क्वाट स्टेन्ड, स्मिथ मेशिन, ओलम्पिक फ्लेट स्टेन्ड आदि जडान गरिएको छ।

त्यस्तै, अनुसन्धान केन्द्रमा खेलाडीको समग्र क्षमता परीक्षण गर्न सकिने प्रविधियुक्त उपकरणहरू जडान गरिएको छ। जसमध्ये पोर्टेबल भीओ टेस्टिङ डिभाइस, ब्लड लेक्टेट एनालाइजर, मोसन ट्र्याकिङ, बायोमेकानिक्स फुल सिस्टम, टाइमिङ गेट, डुएल प्लेट, इलेक्ट्रोनिक ग्रिप स्ट्रेन्थ डाइनोमिटर लगायत छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सीमित स्रोत र साधनका बीच पनि नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै देशको गौरव बढाएको बताए। उनले सेन्टरको सदुपयोग गर्दै खेलाडीलाई अझै व्यवसायिक र प्रतिस्पर्धी बनाउने विश्वास व्यक्त गरे।

साथै प्रधानमन्त्री ओलीले दशरथ रंगशालाको सीमित क्षमताका कारण सूर्यविनायक, भक्तपुरमा २५–५० हजार दर्शक अट्ने नयाँ रंगशाला निर्माण गर्ने योजना रहेको पनि घोषणा गरे।

ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरे ।

उनले ले ‘टिम स्पिरिट’ का साथ एनपिएल आयोजनाको तयारी अगाडि बढाउने काममा ध्यान दिन परिषद्लाई निर्देशन दिए । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आयोजना गर्ने दोस्रो संस्करणको एनपिएल आयोजनामा देखिएको अन्योललाई चिर्दै प्रधानमन्त्री ओलीले खेल क्षेत्रमा कुनै पनि राजनीतिक नगर्न सबैलाई आग्रह गरे । उनले नेपालको खेल क्षेत्र आम्दानी र व्यवसायको क्षेत्र पनि हो भन्ने स्थापित हुने स्थिति बन्दै गएको बताए ।

आफूूले हालै स्पेन भ्रमणका क्रममा रियल म्याड्रिडको स्टेडियम हेरेर आएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले दशरथ रंगलाशाको क्षमता कम भएकाले भक्तपुरको सूूर्यविनायकमा कम्तीमा ५० हजार दर्शक अट्ने रंगशाला बनाउने घोषणा गरे ।

सिफारिस

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर, बर्दिबासमा सञ्चालन भएको चारदिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गत असोज २० गतेदेखि सञ्चालन...

भर्खरै

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

कांग्रेस १५औँ महाधिवेशन : केन्द्रीय सदस्यमा रामकृष्ण चित्रकारको उम्मेदवारी

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका...

धेरै पढिएको