छाउपडीको पीडा र संसदको गरिमा: सांसद तारा लामा तामाङको मार्मिक आग्रह

काठमाडौं – प्रतिनिधिसभाको विशेष समयमा प्रतिनिधिसभा सदस्य तारा लामा तामाङले समाजको गहिरो पीडा र संसदको गरिमामाथि गम्भीर प्रश्न उठाउँदै सरकार र सांसदहरूप्रति तथ्यपरक र जिम्मेवार भूमिकाको आग्रह गर्नुभएको छ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीमा २८ वर्षीया कमला आउजीको छाउगोठमा सर्पदंशबाट मृत्यु भएको घटनालाई स्मरण गर्दै सांसद तामाङले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै उनका परिवारलाई तत्काल राहत र आर्थिक सहयोग उपलब्ध गराउन सरकारसँग माग गर्नुभयो। उहाँले २१औँ शताब्दीको नेपालमा पनि छाउपडीजस्ता अमानवीय प्रथा जीवित रहनु लज्जास्पद मात्र नभई मानव अधिकारको गम्भीर उल्लंघन भएको बताउनुभयो। ‘‘छाउपडी उन्मूलनका लागि प्रभावकारी सचेतनामूलक कार्यक्रम र कानुनको पूर्ण कार्यान्वयन आवश्यक छ,’’ उहाँको जोड थियो।

त्यसैगरी सांसद तामाङले पछिल्ला दिनमा संसदमा प्रयोग भएका केही असंयमित र तथ्यहीन अभिव्यक्तिहरूले लोकतान्त्रिक संस्थाको विश्वसनीयता र सम्मानमा गम्भीर आघात पुर्‍याइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो। संसद राष्ट्रको सर्वोच्च मंच भएको उल्लेख गर्दै उहाँले बोलेका शब्दहरू तत्कालीन चर्चाको मात्र विषय नभई भावी पुस्ताका लागि अभिलेख र इतिहास बन्ने भएकाले संयमता र गहिरो आत्मपरीक्षण अपरिहार्य रहेको बताउनुभयो।

“संसदलाई विवादको थलो होइन — समाधानको मञ्च बनाऔं,” भन्दै तामाङले तथ्यमा आधारित, मर्यादित र जनमुखी अभिव्यक्तिबाट मात्र लोकतन्त्र बलियो हुने धारणा राख्नुभयो। उहाँले संसदभित्र असंयमित अभिव्यक्तिहरूप्रति नियमावलीअनुसार स्पष्ट कार्यवाही हुनुपर्ने माग गर्दै, “झुटो भाषणले होइन, सत्य र संयमताले संसदको शिर उँचो हुन्छ,” भन्ने सन्देश पनि दिनुभयो।

सांसद तामाङले विशेष समयको अन्त्यतिर संसदले जनताको पीडा र प्रश्नलाई सम्बोधन गर्ने थलो बन्नुपर्ने र क्षणिक राजनीतिक लाभका लागि भ्रम र घृणा फैलाउने भाषणभन्दा माथि उठ्न आग्रह गर्नुभयो। साथै वर्षायामका कारण कञ्चनपुरको दोदा, चौधर र महाकाली नदीलगायत देशका नदीहरूमा आउने संभावित बाढी र पहिरोबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरणका लागि उच्च सतर्कता अपनाउन पनि सरकारलाई अनुरोध गर्नुभयो।

सिफारिस

चिनियाँ अधिकारीद्वारा दोलखामा चीन–नेपाल सांस्कृतिक कार्यक्रम तथा शैक्षिक सामग्री वितरण

दोलखा – अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा दोलखाको तामाकोशी–५ जलविद्युत् आयोजनास्थल नजिक रहेको श्री गौरीशंकर माध्यमिक विद्यालयमा चीन–नेपाल सांस्कृतिक आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। चीन ग्रामीण...

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति राजेश राय यादवलाई निलम्बन गरेको छ। गत फागुन २१ गते सम्पन्न चुनावमा पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति स्थापना मिसनमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। नेपाली सेनाका अनुसार, लिवियास्थित संयुक्त राष्ट्र सङ्घीय...

भर्खरै

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति...

भारतीय प्रधानमन्त्रीसँग रविको भेट, के- के भयो कुराकानी ?

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...

राणा शासन ढल्यो, राजतन्त्र ढल्यो, अब अराजकतन्त्रको पालो : ओली

काठमाडौं - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले...

काठमाडौं र दिल्ली दुवैतिरका ‘गड्याङगुडुङ’ प्रिय छैनन् : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी...

‘हिट एक्सन डे २०२६’ : अत्यधिक गर्मीको जोखिमबारे सचेतना बढाउन आग्रह

काठमाडौं - अत्यधिक गर्मीका कारण मानव स्वास्थ्य, जीविकोपार्जन तथा...

धेरै पढिएको